२०७७ मंसिर ११, बिहिबार

अब स्थानीय सरकारले नै विद्यालय खोल्न र बन्द गर्न सक्ने

काठमाडौं। गत चैतदेखि बन्द रहेका विद्यालय सञ्चालनका लागि बाटो खुलेको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले बन्द विद्यालय सञ्चालनको बाटो खुला गरेको हो। कोभिड–१९ को जोखिम नभएका र कम हुँदै जाने स्थानीय तहका विद्यालयमा आलोपालो (सिफ्ट) वा उपयुक्त विधि अपनाई पठनपाठन सञ्चालनको बाटो खुलाएको हो ।

यसअघि अर्को सूचना जारी नभएसम्मका लागि विद्यालय सञ्चालनमा रोक लगाइएको थियो। कात्तिक २२ गते बसेको मन्त्रिपरिषद् बैठकले ‘कोभिड–१९ को सन्दर्भमा विद्यालय सञ्चालन सम्बन्धी कार्यढाँचा, २०७७’ स्वीकृत गरेको थियो। लगत्तै शिक्षा मन्त्रालयले कार्यढाँचा वेबसाइटमार्फत सार्वजनिक गरी स्थानीय तहलाई जोखिमको मूल्यांकन गरी विद्यालय खोल्न मार्गदर्शन गरेकोे हो ।

अब संक्रमणको जोखिम मूल्याङ्कन गरी विद्यालय बन्द गरिराख्ने वा सञ्चालन गर्ने भन्ने निर्णय स्थानीय सरकारले नै गर्ने शिक्षा मन्त्रालयका प्रवक्ता दीपक शर्माले जानकारी दिए।  

विद्यालय सञ्चालनको कार्यढाँचामा क्वारेन्टिन, आइसोलेसन केन्द्रका रूपमा रहेका विद्यालय पुनः सञ्चालन पूर्व निर्मलीकरणलगायत जनस्वास्थ्य सुरक्षाका मापदण्डको पालना गर्नुपर्ने उल्लेख गरिएको छ। विद्यार्थी भर्ना, विद्यालय सञ्चालन एवं शिक्षण सिकाइ व्यवस्थापन तथा स्थगित परीक्षा सञ्चालनका सन्दर्भमा गर्नुपर्ने मूलभूत कार्यलाई व्यवस्थित बनाउन समेत आग्रह गरिएको छ।  

स्थानीय तहको निर्णयमा विद्यालय सञ्चालनमा आउनेछन्। त्यसका लागि एकै समयमा सबै कक्षा वा अलग–अलग समयमा अलग–अलग कक्षा सञ्चालन गर्न सक्ने छन्। कक्षा अवधिको समय छोट्याउने र हप्तामा केही दिन वा दिनमा केही घण्टा कक्षा सञ्चालन गर्न सकिनेछ।  

विद्यार्थीलाई सानो समूहमा बोलाएर मात्र कक्षा सञ्चालन गर्नुपर्नेछ। त्यसका लागि स्वास्थ्य सुरक्ष मापदण्डलाई विशेष ध्यान दिनुपर्ने प्रवक्ता शर्माले बताए। 

यसअघि सरकारले परीक्षा सञ्चालनका लागि समेत मार्गदर्शन गरेको थियो। यहि मंसिर ९ गतेदेखि कक्षा १२ को परीक्षा हुँदैछ। गत वर्षको परीक्षाको ४० नम्बर प्राप्ताङ्कका लागि प्रत्यक्ष परीक्षा हुँदैछ।  

संक्रमित शिक्षक र विद्यार्थी विद्यालय जान नपाउने

कोरोना संक्रमित विद्यार्थी वा शिक्षकले भने विद्यालयमा जान पाउने छैन्। संक्रमित शिक्षक, कर्मचारी र विद्यार्थी पूर्णरूपमा निको नहुन्जेलसम्म विद्यालय नआउने वातावरण मिलाउने र सिकाइ निरन्तरताका लागि वैकल्पिक उपाय पहिले नै तय गर्नुपर्नेछ।  

विद्यार्थीको सुरक्षालाई ध्यानमा राखेर कक्षाकोठा, शौचालय लगायतको नियमित सरसफाई गर्नुपर्नेछ भने विद्यालयमा सावुनपानी तथा सेनिटाइजरको व्यवस्था गर्नुका साथै नियमित तापक्रम नाप्ने व्यवस्था गर्नुपर्नेछ। 

विद्यालय खोल्न नसकिए वैकल्पिक व्यवस्थालाई नै निरन्तरता

कुनै विद्यालय खोल्न नसकिएको खण्डमा यसअघि सञ्चालन हुँदै आएको वैकल्पिक शिक्षण अभ्यासलाई नै निरन्तरता दिनुपर्नेछ। प्रवक्ता शर्माले कोरोना महामारीका कारण कुनै विद्यालय सञ्चालनमा आउन नसकेको खण्डमा यस अघिकै विद्यार्थी सिकाई सहजिकरण अनुसार नै पठन पाठन गर्नुपर्ने बताए। 

केही विद्यालयहरूले भने यसअघि नै विद्यार्थीको भौतिक उपस्थितिमा नै पठनपाठन शुरू गरेका छन्।

शिक्षा

अब स्थानीय सरकारले नै विद्यालय खोल्न र बन्द गर्न सक्ने

प्रकाशित: बुधबार, मंसिर ३, २०७७ १४:१७
सारांशमा :
  • विद्यालय सञ्चालनका लागि विभिन्न विकल्प अघि सारिएका छन्। 
  • सबै कक्षा र विद्यार्थीलाई एकै समयमा कक्षा सञ्चालन गर्न सकिनेछ। 
  • अलग–अलग समय (सिफ्ट) मा अलग–अलग कक्षा वा तह सञ्चालन गर्न सकिनेछ। 
  • विद्यालय खुल्ने तथा कक्षा सञ्चालनको अवधि र घन्टी छोट्याउन सकिनेछ। 
पूरा पढ्नुहोस्

सिफारिस