२०७७ मंसिर ११, बिहिबार

नेकपामा प्रचण्ड सक्रिय, महासचिव पौडेलले भने- परिस्थिति गम्भीर छ

काठमाडौं। सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र महासचिव विष्णुप्रसाद पौडेलका बीचमा केन्द्रीय कार्यालय धुम्बाराहीमा छलफल भएकाे छ।

नेकपाभित्रको गहिरिँदो विवाद भइरहेका बेला कार्यकारी अध्यक्ष प्रचण्ड र महासचिव पौडेलका बीचमा मंसिर १३ गते हुने सचिवालय बैठकलगायतका विषयमा छलफल भए पनि निकास निस्कन भने अझै सकेको छैन।  सो भेटघाटपछि महासचिव पौडेलले छोटो प्रतिक्रिया दिएका छन्, ‘परिस्थिति गम्भीर छ ।’

गत मंसिर ३ गते प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओलीले गत कात्तिक २८ गते लगाएको आरोप पत्रको जवाफ दिने प्रतिबद्धता जनाउँदै आरोप प्रमाणित नभएमा प्रचण्डले राजीनामा दिनु पर्ने शर्त राखेपछि नेकपाभित्रको विवाद थप गहिराइमा पुगेको बेला दुवै नेताका बीचमा भेटघाट भएको हो।

कार्यकारी अध्यक्ष प्रचण्डको आरोप पत्र र प्रधानमन्त्रीले मंसिर १३ गते दिने जवाफको प्रतीक्षा भइरहेको बेला दुई नेता बीच केन्द्रीय कार्यालय धुम्बाराहीमा भएको भेटघाटमा प्रचण्डले प्रधानमन्त्रीले आफूलाई दिने जवाफको बारेमा चासोसमेत व्यक्त गरेका छन्।

राजनीति

नेकपामा प्रचण्ड सक्रिय, महासचिव पौडेलले भने- परिस्थिति गम्भीर छ

प्रकाशित: शुक्रबार, मंसिर ५, २०७७ १३:४७
सारांशमा :
  • मंसिर ३ को सचिवालय बैठकपछि प्रचण्डले महासचिव पौडेलसँग भेटघाट गरेका छन्।
  • प्रधानमन्त्रीको जवाफको बारेमा प्रचण्डले चासो व्यक्त गरेको बुझिएको छ।
पूरा पढ्नुहोस्

सिफारिस