२०७७ मंसिर ११, बिहिबार

एन्फा अध्यक्ष शेर्पालाई गणेश थापाको १६ बुँदे चुनौती

काठमाडौं। अखिल नेपाल फुटबल संघ (एन्फा)का पूर्व अध्यक्ष गणेश थापाले वर्तमान अध्यक्ष कर्माछिरिङ शेर्पालाई आफ्नो कार्यकालसँग वर्तमान नदाज्न चेतावनी दिँदै १६ बुँदे चुनौती दिएका छन्।

सामाजिक सञ्जाल फेसबुकमा पछिल्लो समय निक्कै सक्रिय रहेका एसियाली फुटबल महासंघ (एएफसी)का समेत पूर्व उपाध्यक्ष थापाले फिफा, एएफसी र नेपाल सरकारको अनुदानका भरमा शेर्पाले एन्फाका कार्यक्रमहरू चलाइरहेको आरोप लगाएका छन्।

“फिफा, एएफसी र नेपाल सरकारको अनुदानबाटमात्र कार्यक्रम चलाउने भए एन्फामा रहेका पुराना कर्मचारी बीरबहादुरले पनि तपाईले ऐतिहासिक भन्ने गरेका कार्यहरु गर्न सक्दछन्”, एन्फाका कार्यालय सहयोगी बीरबहादुरलाई समेत उल्लेख गरिएको फेसबुका स्ट्याट्समा थापाले शेर्पालाई व्यङ्ग्य गरेका छन्, “त्यसकारण एन्फा अध्यक्षज्युलाई मेरो कार्यकाल र आफ्नो कार्यकालको विभिन्न जिल्लामा गएर तुलना नगर्न अनुरोध गर्न चाहन्छु।”

शेर्पालाई राम्रो कामका लागि आफ्नो सधै शुभकामना रहने भन्दै थापाले सहिद स्मारक लिगको स्तर अहिले घटेको बताएका छन्। उनले आफ्नो कार्यकालका कार्यक्रमलाई निरन्तरता दिन अनुरोध गर्दै उनले ‘सके हिजोभन्दा राम्रो’ गर्न शेर्पालाई चुनौती दिएका छन्।

फुटबलका विषयमा पछिल्लो समय लामालामा विचारहरू फेसबुकमा लेख्दै आएका थापाले शेर्पाको कार्यकालमा फिफा, एएफसी र सरकारबाट अनुदान आएको बाहेक एन्फाको स्रोतबाट एउटै कार्यक्रम गर्न नसकेको आरोप लगाएका छन्। उनले लेखेका छन्, “एन्फाको स्रोतबाट कुनै एउटा कार्यक्रम भएको भए देखाउन अनुरोध गर्न चाहन्छु।”

यसैगरी, आफ्नो कार्यकालमा फिफा एएफसीबाट पाँच लाख डलरमात्र अनुदान आउने गरेकोमा पछिल्लो पाँच वर्षयता वार्षिक ५० लाख डलरभन्दा बढि अनुदान आए पनि त्यसअनुसार काम नभएको थापाले आरोप लगाएका छन्। 

आफूले लिग सञ्चालन गर्दा फिफाबाट वार्षिक २५ लाख पाउने गरेकोमा अहिले १० करोड रुपैयाँ पाउने गरेको तर लिगको स्तर विगतको भन्दा धेरै खस्किएको थापाले बताएका छन्। उनले लेखेका छन्, “हिजोका दिनको लिग र हाल सञ्चालन भएको लिगको बारेमा मैले कुनै चर्चा गरिरहनु नपर्ला। आम फुटबलप्रेमीहरुलाई जानकारी नै छ।”

थापाको कार्यकालमा खेलाडीलाई पुरस्कारस्वरुप दिइँदै आएको कार, अपार्टमेन्ट दिने क्रम पछिल्लो समय बन्द छ। फिफाको अनुदानमा त्यस्ता पुरस्कार दिन नमिल्ने र एन्फाको आफ्नै साधनबाट वर्तमान नेतृत्वले दिन नसकेको थापाको आरोप छ। 

खेलाडी तथा रेफ्रीलाई पारिश्रमिक दिनका लागि आफूले स्थापना गरेको आठ करोड रुपैयाँको अक्षयकोष तथा एन्फासँग आबद्धहरुको उपचारका लागि आफूले स्थापना गरेको ५० लाख रूपैयाँको अक्षयकोषमा रकम थप्न थापाले शेर्पालाई अनुरोध गरेका छन्। फिफाको रकमबाट त्यसमा थप्न नमिल्ने र एन्फाको आफ्नै स्रोतबाट थप्ने हैसियत आफूले नदेखेको बताउँदै थापाले लेखेका छन्, “यदी थप्न सक्नुभयो भने म निक्कै खुसी हुँदै तपाईलाई धन्यवाद दिन चाहन्छु।”

आफूले सरू गरेका राष्ट्रिय लिगलगायतका नकआउट प्रतियोगिताहरु सञ्चालन गर्न, पाँच वर्षदेखि तलब नबढेका खेलाडी र रेफ्रीको तलब आफैले स्रोत खोजेर बढाउन पनि उनले चुनौती दिएका छन्। “हिजोका दिनमा एन्फाले आफ्नै स्रोतबाट खेलाडी र रेफ्रीलाई तलब दिँदै आएका थियौं”, थापाले लेखेका छन्।

नेपाली राष्ट्रिय यु–१९ टिमले तीन वर्षअघि साफ च्याम्पियनसिप जित्दा घोषणा भएको पुरस्कार अहिलेसम्म पाउन नसक्नुमा वर्तमान एन्फा स्रोतले फिफा तथा एएफसीको रकम चलाउन नपाएको र अन्य स्रोत खोज्न नसकेको थापाले आरोप लगाएका छन्।

विगतमा खेलाडीहरुले क्लबसँग १२ महिनाको सम्झौता गरेर वर्षभरी नै पारिश्रमिक पाउने गरेकोमा अहिले चार महिनामात्र तलब पाउने अवस्था सिर्जना गराएर शेर्पाले खेलाडीमाथि अन्याय गरेको थापाले जिकिर गरेका छन्। थापाले आफू अध्यक्ष हुँदा साफ च्याम्पियनसिप वा साग खेलकुदमा स्वर्ण पदक जिते टिमका सबै खेलाडी तथा प्रशिक्षकलाई अपार्टमेन्ट पुरस्कार दिने घोषणा गरेका थिए। उनले शेर्पालाई पनि त्यस्तै ‘घोषणा गर्ने साहस’ गर्न चुनौती दिएका छन्।

फिफा र एएफसीको पैसाबाट यस्ता काम गर्न नमिल्ने भएकाले शेर्पाले केही गर्न नसकेको थापाको भनाई छ। आफूले आन्तरिक स्रोतबाट एन्फा कम्प्लेक्स बनाएको उल्लेख गर्दै थापाले एन्फाको स्रोतबाट अर्को एन्फा कम्प्लेक्स बनाउन पनि शेर्पालाई चुनौती दिएका छन्।

फिफा तथा एएफसीमा नेपालले यसअघि प्राप्त गरेका पदहरु पुन प्राप्त गर्न, एन्फा एकेडेमी तथा अन्य प्रतियोगिताबाट विगतका जस्तै राम्रा खेलाडी उत्पादन गर्न, लिगमा आफूले पाँच वर्षअघि पहिलो हुनेलाई दिएको पुरस्कार रकम १ करोडलाई दोब्बर पारेर २ करोड पु¥याउन पनि थापाले चुनौती दिएका छन्। 

खेलकुद

एन्फा अध्यक्ष शेर्पालाई गणेश थापाको १६ बुँदे चुनौती

प्रकाशित: शुक्रबार, मंसिर ५, २०७७ १४:२९
सारांशमा :
  • एन्फा अध्यक्षज्युलाई मेरो कार्यकाल र आफ्नो कार्यकालको विभिन्न जिल्लामा गएर तुलना नगर्न अनुरोध गर्न चाहन्छु।
  • फिफा, एएफसी र नेपाल सरकारको अनुदानबाटमात्र कार्यक्रम चलाउने भए एन्फामा रहेका पुराना कर्मचारी बीरबहादुरले पनि तपाईले ऐतिहासिक भन्ने गरेका कार्यहरु गर्न सक्दछन्।
  • फिफा, एएफसी र नेपाल सरकारको अनुदानवाहेक आफैले स्रोत खोजेर कुनै एउटा कार्यक्रम गर्न थापाले शेर्पालाई चुनौती दिएका छन्।
पूरा पढ्नुहोस्

सिफारिस