२०७७ मंसिर ९, मंगलबार

गेष्ट हाउसमा बसेकी युवतीको कोठाबाट १० किलो लागूऔषध बरामद

काठमाडौं। बागलुङको ढोरपाटन नगरपालिका–१ बुर्तिबाङ बजारमा रहेको निसी भलकोट सन्दीप गेष्ट हाउसको १ नम्बर कोठाबाट १० किलो लागूऔषध जस्तो देखिने कालो पदार्थ प्रहरीले बरामद गरेको छ। 

इलाका प्रहरी कार्यालय बुर्तिबाङबाट खटिएको प्रहरी टोलीले युवती बस्ने उक्त कोठाको चाबी फुटाई कोठामा खोजतलास गरेको थियो। सो क्रममा लागूऔषध जस्तो देखिने कालो पदार्थ फेला परेको प्रहरीले जनाएको छ। 

कालो पदार्थ फेला परेको कोठामा २८ वर्षीया रमिता घर्तीमगर बस्थिन्। उनी रूकुमको महिकोट गाउँपालिका–२ कि हुन्। 

प्रहरीका अनुसार रमिता फरार छिन्। उनको खोजी कार्य प्रहरीले गरिरहेको छ।

अपराध

प्रतिकात्मक तस्वीर।
प्रकाशित: शुक्रबार, मंसिर ५, २०७७ १४:४७
सारांशमा :
  • निसी भलकोट सन्दीप गेष्ट हाउसको १ नम्बर कोठाबाट करिब १० किलो कालो पदार्थ बरामद।
  • उक्त कोठामा रूकुमको महिकोट गाउँपालिका वडा नम्बर–२ कि २८ वर्षीया रमिता घर्तीमगर बसेको खुलासा, उनी फरार। 
पूरा पढ्नुहोस्

सिफारिस