२०७७ मंसिर ११, बिहिबार

प्रचण्डको प्रस्ताव राजनीतिक दस्तावेज नभएकाले सचिवालयमा छलफल हुँदैन : पोखरेल 

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सचिवालय सदस्य एवं उपप्रधानमन्त्री ईश्वर पोख्रेलले पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सचिवालय पेश गरेको प्रस्ताव राजनीतिक दस्तावेज नभएकाले पार्टी भित्र छलफल नहुने भनाई दोहोर्‍याएका छन्। 

उनले आज नेकपाको केन्द्रीय कार्यालय धुम्बाराहीमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै दाहालको प्रस्ताव राजनीतिक नभएको बताएका हुन्।

“उहाँले प्रस्तुत गर्नुभएको आरोप पत्र हो। राजनीतिक दस्तावेज होइन। अध्यक्ष केपी शर्मा ओलीले त्यसको उचित तरिकाले जवाफ दिनुहुन्छ। प्रचण्डले जवाफ पर्खिएर बस्दा हुन्छ”, पोख्रेलले सञ्चारकर्मीहरूसँग भने। 

दाहालले सचिवालयको बैठकमा प्रस्तुत गरेको प्रस्तावको पोखरेलले सुरू देखि नै विरोध गर्दै आएका छन्। दाहालको प्रस्तावमा नेकपा सचिवालयका अरू चार जना सदस्यहरूले समर्थन रहेको बताएका छन्।  
 
राजनीति

प्रकाशित: शुक्रबार, मंसिर ५, २०७७ १७:०४
सारांशमा :
  • प्रचण्डको प्रस्ताव राजनीतिक दस्तावेज होइन, आरोप पत्र पार्टी भित्र छलफल हुँदैन। 
  • अध्यक्ष ओलीले आरोप पत्रको उचित जवाफ दिनुहुन्छ, प्रचण्डले पर्खेर बस्दा हुन्छ।
पूरा पढ्नुहोस्

सिफारिस