२०७७ मंसिर ११, बिहिबार

स्टेकहोल्डरले मात्र व्यावसायिक समस्या समाधान गर्नसक्छ : ढकाल

काठमाडौ। नेपाल उद्योग वाणिज्य महासङ्घको वरिष्ठ उपाध्यक्षका उम्मेदवार चन्द्रप्रसाद ढकालले आफ्नो सुरुवाती व्यवसाय नै निर्यात क्षेत्रबाट सुरु गरेको जानकारी दिएका छन्। 

निर्यात व्यवसायी महासङ्घ नेपाल (फीन)ले आज काठमाडौमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले आफू पनि फिनभित्रैकै एक सदस्यको रूपमा रहेको उनले बताएका हुन्। सोही कारण आफू निर्वाचित भएर आएपछि यस क्षेत्रको विकासका लागि काम गर्ने उनले बताएका छन्। 

“चुनावको क्रममा आएर भोट माग्ने र पछि बेवास्ता गर्ने काम आफू र आफ्नो टिमबाट हुँदैन,” उनले भने, “हाम्रो टीम जितेर गएपछि तपाईँहरूले गर्व गर्ने गरी काम गरेर देखाउनेछु।”

साथै व्यावसायिक समस्या पहिचान गरी तत्काल समाधान गर्नका लागि स्टेकहोल्डर चाहिने भन्दै त्यसका लागि पनि आफ्नो टिमलाई जिताउन उनको आग्रह थियो। 

कार्यक्रममा फिनका उपाध्यक्ष एवं सिल्क एशोसिएशनका अध्यक्ष शंकर पाण्डेले महासंघ कमजोर हुँदा सम्पूर्ण निजी क्षेत्र कमजोर हुने भन्दै निजी क्षेत्र एक भएर अघि बढ्नुपर्ने बताए। कार्यक्रममा वस्तुगततर्फका उपाध्यक्षका उम्मेदवार उमेशलाल श्रेष्ठले आफ्नो टिमको विजयीसँगै महासंघले फिनसँग सहकार्य गर्दै निर्यात प्रवर्द्धनमा काम गर्ने बताए।

“देशको कूल ग्राहस्थ्य उत्पादनमा ७० प्रतिशतभन्दा बढी योगदान दिने निजी क्षेत्रलाई सरकारले हेर्ने दृष्टिकोण एकदमै नकारात्मक छ, त्यसलाई परिवर्तन गर्नु जरुरी छ,” उनले भने।

अर्थतन्‍त्र

स्टेकहोल्डरले मात्र व्यावसायिक समस्या समाधान गर्नसक्छ : ढकाल

प्रकाशित: शुक्रबार, मंसिर ५, २०७७ २०:४६

सिफारिस