२०७७ मंसिर ९, मंगलबार

जो सीमा पारि पुग्यो, ऊ कहिल्यै फर्किएर आएन : तर प्रतीक्षा सकिएको छैन

काठमाडौं। मेरो छेउमा २००५ मा पाकिस्तान प्रशासित कास्मिरका तत्कालीन मुख्यमन्त्रीलाई लेखिएको एक चिठी छ। यो चिठी एउटी आमाले लेखेकी हुन्, ती आमा विगत तीन वर्षदेखि आफ्नो छोरा फारुकबाट चिठीको जवाफ आउने प्रतीक्षा गरिरहेकी छन्।

उनी लेख्छिन्, ‘‘म आफ्नो सन्तानको रिहाइका लागि कुनै पनि खालको त्याग गर्न तयार छु।’’ उनको चिठीपछि एक स्थानीय संगठनले रेडक्रससँग सम्पर्क गर्‍यो र रेडक्रसका अधिकारीहरूले भारतको राजस्थानको जेलमा रहेका फारुकसँग कुराकानी गरे।

रेडक्रसको दस्तावेजका अनुसार उनीहरूले फारुककी आमालाई उनको छोरा ठीक रहेको बताए। आफ्नो छोरालाई चिठी लेख्ने काम जारी राख्न उनलाई सल्लाह दिए।

त्यसपछि भारत-पाकिस्तानबीच तनाव थप चर्कियो। ती आमा-छोराको हालत के भयो? के फारुक घर फर्किए र आमासँग भेट्न पाए? यी प्रश्नहरूको जवाफ भेटिएको छैन।

बीबीसीसँग रहेका केही चिठीमध्ये एउटाचाहिँ बुढा बाबुका बारेमा छ। यो चिठी पाकिस्तानका पूर्वराष्ट्रपति जनरल परवेज मुसर्रफको भारत भ्रमणअघि लेखिएको थियो।

चिठी लेख्ने व्यक्तिका अनुसार, उनका पिता मोहम्मद सरिफ लाइन अफ कन्ट्रोल (एओसी) नजिकै गाईवस्तु चराइरहेका थिए। सोही बखत उनलाई भारतको बीएसएफले गिरफ्तार गर्‍यो र जम्मुस्थित केन्द्रीय कारागारमा लग्यो। उनी पाँच वर्षदेखि आफ्नो रिहाइको प्रतीक्षा गरिरहेका छन्।

भारत-पाकिस्तानले बाँडेर लिएको कास्मिरमा पछिल्ला दुई दशकमा सरकार परिवर्तन भइरहेको छ र तिनका प्राथमिकता पनि फेरिइरहेका छन्। दुई देशबीच युद्धविराम भयो र एलओसीमा छेकबार पनि लगाइयो। तर, सीमा क्षेत्रका मान्छेका पीडाका कथाको अन्त्य भएन।

शमशाद बेगमको अन्त्यहीन पीडा

१३ वर्षअघि शमवशाद बेगमका पति हराए, उनी अहिलेसम्म पनि आफ्नो पति घर फर्कने बाटो हेरिरहेकी छन्। उनी निलम घाटीको एक गाउँ चकनारकी हुन्। चकनार एलओसीबाट करिब ५० मिटरको दूरीमा पर्छ र त्यहाँ जाने कसैलाई अनुमति छैन।

२००८ को कुरा हो। चकनार गाउँतिर जाने एउटा बाटो भारतीय सैन्य पोस्ट हुँदै फैलिएको छ। शमशादले सुनाएको उनको पतिको कथा अनुसार, उनी पाकिस्तानी सेनाको एक युनिटमा धोबीको काम गर्थे, उनी सरकारी कर्मचारी थिएनन्।
 
शमशाद भन्छिन्, ‘‘एक दिन उनी छुट्टिमा घर आउँदै थिए। बाटोमा गाउँका दुई जनासँग उनको भेट भयो। जब उनीहरू सैन्य पोस्ट नजिक पुगे, तब भारतीय सैनिकले पक्राउ गर्‍यो। साँझसम्म पनि घर नआएको देखेपछि गाउँलेले खोजबिन सुरू गरे। मेरो पतिको सामान, जहाँ मेरा लागि नयाँ कपडा पनि थियो, सैन्य पोस्टको नजिकै भेटियो। तर, आजसम्म मेरा पति घर आएका छैनन्।’’

‘‘म हरेक दिन उनलाई सपनामा देख्थेँ... हरेक दिन। म देख्थेँ कि, उनी जीवित छन्। मलाई अहिले पनि विश्वास छ, उनी बाँचेका छन् र जबसम्म म जिउँदो रहन्छु तबसम्म म उनको प्रतीक्षा गरिरहन्छु। मलाई यो थाहा छ कि, उनी केवल आफ्नो भाग्यमा लेखिएको पीडा भोगिरहेका छन्।’’

कास्मिर संसारकै सबैभन्दा बढी सैनिक तैनाथ गरिएको क्षेत्र हो। सीमा छुट्याउने कतिपय ठाउँमा मानिसहरू झुक्किने सम्भावना अधिक छ। भारत र पाकिस्तान दुवै देशका सैनिक त्यहाँ तैनाथ छन्। दुवै एकअर्कोप्रति कडा ध्यान दिन्छन्।

शमशादले भारत र पाकिस्तान दुवैतर्फका सरकारसँग आफ्नो पतिबारे जानकारी दिन अनुरोध गर्दै आएकी छन्। उनी भन्छिन्, ‘‘मैले थुप्रै पटक, कयौं ठाउँमा हात फैलाएकी छु पतिको जानकारी पाउन। तर, कसैले मेरो अनुरोध सुनेन। आखिरमा मलाई ‘विधवा कार्ड’ थमाइदिएका छन्। मैले मेरा पति मरेको देखेको छैन, कसैले पनि त्यो खबर मलाई दिएका पनि छैनन्।’’ शमशाद बेगमले हाँस्दा पनि आँखामा आँसु टुपुल्किन आइपुग्छ।

उनको पतिसँगै हराएका दुई जनाका पत्नीले दोस्रो विवाह गरे। तर, शमशादले भने पतिको प्रतीक्षा गर्ने निक्र्योल गरिन्। यस्ता अन्य कथा पनि थुप्रै छन्, जसलाई १९९० देखि अहिलेसम्म केवल एलओसी नाघेको आरोपमा भारतीय सेनाले हिरासतमा राखेका छन्।

हिरासतमा परेका मानिसका परिवारको दाबी छ, केहीले एलओसी नाघे पनि कतिपय त आफ्नै सीमाभित्रै रहेका व्यक्तिलाई पनि पक्राउ गरिएको छ। एलओसी भारत र पाकिस्तानबीच विवादित क्षेत्र कास्मिरलाई छुट्याउने एउटा रेखा हो। एलओसीका थुप्रै क्षेत्रमा भारतले बार लगाएको छ भने कतिपय क्षेत्रमा बार लगाइएको छैन। केही ठाउँमा त बस्तीभित्रै छिरेरसमेत बार लगाइएको छ। हरेक वर्ष बाली काट्ने र घाँस काट्ने क्रममा एलओसी पार गरेको घटना बाहिर आउँछ।

एलओसी नाघ्ने व्यक्ति त अर्को देशको जेलमा बन्दी हुन्छ, तर तिनका घरका परिवारको जिन्दगी पनि कुनै जेलको सजायँभन्दा कम हुँदैन। विशेषगरी ती मानिसको जिन्दगी कष्टपूर्ण बन्छ, जसका परिवारका सदस्य पक्राउ परेको र लामो समयसम्म पनि तिनका बारेमा केही थाहा हुँदैन। ती बाँचेका छन् कि मरिसके भन्ने पनि थाहा हुँदैन।

शमशादका छोरा मोहम्मद सिद्दीकले बीबीसीसँग भने, ‘‘मेरा पिता बेपत्ता हुँदा म केवल १० वर्षको थिएँ।’’

त्यो गाउँमा चौथो पटक यस्तो घटना भएको थियो। गाउँ जिरो लाइनमा पर्छ, सोही कारण क्रसबोर्डर फायरिङ भइरहने हुनाले गाउँबासीलाई अन्तै सारिने निर्णय भयो। शमशादका अनुसार चकनार र नजिकैको अर्को गाउँ ढक्की खाली गरियो र तिनलाई निलम घाटीको अस्थायी क्याम्पमा लगेर राखियो। केही समय शमशाद त्यहाँ बसिन्, पछि मुजफ्फराबाद गइन्।

उनी त्यो समयलाई सम्झँदै भन्छिन्, ‘‘मैले घर, खेतमा काम गर्न सुरू गर्दा मेरा बच्चाहरू मलाई त्यसो नगर्न भन्थे। ठूलो छोरो केवल १० वर्षको थियो। उसले स्कुल जान छाडिदियो र मुजफ्फराबादमा मजदुरी गर्न थाल्यो। अर्को बच्चाले पनि त्यसै गर्‍यो। बाँच्न हामीलाई निकै गाह्रो थियो। ऋण लिन्थ्यौं र घर चलाउँथ्यौं। यो घरमा हालिएको टिनको छत पनि ऋणमै हो। मेरा श्रीमान् बेपत्ता भएपछि म र बच्चाहरूको हालत एकदम खराब भयो।’’

मुख्यमन्त्रीले नै झुक्किएर नाघे एलओसी

झुक्किएर एलओसी पार गर्नु सामान्य मानिसमा मात्र सीमित छैन। पाकिस्तान प्रशासित कास्मिरका मुख्यमन्त्री राजा फारुक हैदरले पनि झुक्किएर आफूले एलओसी पार गरेको बीबीसीलाई बताए।

उनी भन्छन्, ‘‘म चुनाव प्रचारको क्रममा आफ्नो क्षेत्रमा गएको थिएँ, त्यहाँ वासरूम थिएन। त्यसैले केही पर जानुपर्‍यो। अचानक एक व्यक्तिको आवाज आयो, तिमी यहाँ के गरिरहेका छौ? मैले माथितिर हेर्दा त्यहाँ एकजना भारतीय सैनिक देखेँ। मैले आफूलाई त्यो इलाका भारतको भएको थाहा नभएको बताएँ। म त अब ‘कल अफ नेचर’ एटेन्ड गरेरै जान्छु।’’

हैदर थप्छन्, ‘‘मेरो ठाउँमा कुनै सर्वसाधारण परेको थियो भने उसलाई कि त गिरफ्तार गरिन्थ्यो कि त गोली ठोकेर मारिन्थ्यो।’’

‘‘पहिलापहिला यस्ता घटना निकै हुन्थे। तर, मानिसले के बुझ्नुपर्छ भने यो क्षेत्र कास्मिरी जनताको हो र उनीहरू आफूले चाहेको स्थानमा जान सक्छन्। कतिपय क्षेत्रमा सैनिक पोस्टभन्दा पर पनि बस्ती छ। यस्तो स्थितिमा हामीले निरन्तर चेतावनी दिइरहेका हुन्छौं, त्यतातिर नजानु भनेर। कतिपय ठाउँमा एलओसीको निशाना छैन, त्यसले पनि मानिसहरूलाई अप्ठेरो परेको छ।’’

गाउँमा घाँस काटिरहेका र बाली उठाइरहेका कयौं सर्वसाधारण गिरफ्तार भएका घटना छन्। कहिलेकाहीँ गाईवस्तु चर्दै अलि पर पनि पुग्छन्, त्यस्तो अवस्थामा पनि सैनिकले पक्राउ गर्ने उनीहरूको भनाइ छ।

गिरफ्तार भएपछि बाँच्ने आशा लगभग समाप्त हुन्छ। आँखामा पट्टी बाँधेर जेलमा कोचिन्छ। गाउँले आफूले गल्ती नगरेको बताइरहन्छन्, सैनिकहरू तिनलाई निर्घात कुटिरहन्छन्!

२००५ पछि यस्ता घटनामा निकै कमी आएको पाकिस्तानी सेनाका प्रवक्ताले बीबीसीलाई बताए। उनले भने, ‘‘पहिलापहिला यस्ता घटना निकै हुन्थे। तर, मानिसले के बुझ्नुपर्छ भने यो क्षेत्र कास्मिरी जनताको हो र उनीहरू आफूले चाहेको स्थानमा जान सक्छन्। कतिपय क्षेत्रमा सैनिक पोस्टभन्दा पर पनि बस्ती छ। यस्तो स्थितिमा हामीले निरन्तर चेतावनी दिइरहेका हुन्छौं, त्यतातिर नजानु भनेर। कतिपय ठाउँमा एलओसीको निशाना छैन, त्यसले पनि मानिसहरूलाई अप्ठेरो परेको छ।’’

एलओसी क्रस गर्ने क्रम भारत र पाकिस्तान दुवैतर्फ चल्छ। यस्तोमा अञ्जानवश क्रस गर्ने व्यक्तिलाई छाडिदिन आफूले बारम्बार अनुरोध गर्दै आएको सैनिक प्रवक्ताको भनाइ छ। कतिपय घटनामा गिरफ्तार भएका व्यक्तिलाई छोडिएको उनको दाबी छ।

सरकारी आँकडा अनुसार २००५ पछि यस्तो घटनामा कमी आएको र १५ वर्षको अवधिमा केवल ५२ घटना भएको बताइएको छ। तीमध्ये ३३ जनालाई भारतीय सेनाले हिरासतमा लिएको र पछि छाडिदिएको थियो भने ६ जनाको चाहिँ लाश फिर्ता दिएको थियो।

पाकिस्तानी सेनाका अनुसार अहिले पनि भारतीय सेनाको हिरासतमा १३ जना रहेका छन्। ती आफ्नो घर फर्कन याचना गरिरहेका छन्। तर २००५ पछि गिरफ्तारमा परेका कयौं सर्वसाधारणको कुनै रेकर्ड नै नभएको पाकिस्तान प्रशासित कास्मिर सरकार बताउँछ।

बेपत्ता नागरिकका बारेमा खोजबिन गर्दै आएको एक गैरसरकारी संस्थाका अनुसार २००५ पछि गिरफ्तारीमा परेर तिनको अवस्थाबारे कुनै जानकारी नभएको व्यक्तिको संख्या ३०० भन्दा बढी छ। अहिले उक्त संस्थाले त्यहाँ काम गर्न छाडिसकेको छ।

भारत र पाकिस्तानको आ-आफ्नै दाबी

यस्ता घटना नयाँ नभएको र पहिला पनि हुँदै आएको मुख्यमन्त्री हैदर बताउँछन्। उनी भन्छन्, ‘‘पहिलापहिला यदि कोहीले भुलवश एलओसी पार गरेका छन् भने दुवैतर्फका सैनिकले छाडिदिने गरेका थिए। तर, २००५ पछि दुवैतर्फ तनाव वृद्धि भएको छ, उनीहरू (भारतीय सैनिक)ले यस्ता घटनामा प्राय: मारिदिने गरेका छन्। यता कसैलाई मारिँदैन। उनीहरू त गोली हानिहाल्छन्। फिर्ता पठाउँदैनन् र कुनै जानकारी पनि दिँदैनन्। म विदेश मन्त्रालयलाई पत्र लेख्छु र यूएनमा यो विषयमा कुरा उठाउन आग्रह गर्छु, ताकि सर्वसाधारण घर फर्कन पाउन्।’’

उनी थप्छन्, ‘‘तारबार पनि केही त एलओसीभन्दा पछाडि छन्। हाम्रो यहाँका मानिसहरू घाँस काट्न हिँड्छन्, सैनिकहरू तिनैलाई पक्रन्छन् र एलओसी पार गरेको आरोप लगाउँछन्। तर, तिनले तारबार नाघेका हुँदैनन्। यसरी गिरफ्तारीमा पर्ने थुप्रै मानिस छन्।’’

भारतीय पक्षले भने यी सबै आरोपको खण्डन गर्दै आएको छ। भारतीय विदेश मन्त्रालयले पाकिस्तानले एलओसीको पारि चरमपन्थी र हतियार पठाउँदै आएको आरोप लगाएको छ।

यो परिवार पनि कास्मिरलाई विभाजित गर्ने एलओसीपीडित थियो, जो अन्यजस्तै आफ्नो जिन्दगीको डुंगा खियाउँदै अघि बढ्दै थियो। तर, तिनको जिन्दगीमा न त दु:ख कम भएको छ न त बेपत्ता भएका परिवारका सदस्य घर फर्कने आशा नै टुटेको छ!

भारतीय विदेश मन्त्रालयका प्रवक्ता भन्छन्, ‘‘पाकिस्तानले सर्वसाधारणलाई प्रयोग गरेर हतियार तथा चरमपन्थीलाई पठाउँदै आएको छ। सीमाक्षेत्रमा हतियारका साथै लागुऔषधसमेतको तस्करीमा पाकिस्तानले मद्दत गरेको हामीले देखेका छौं। त्यहाँ त्यस्ता कामका लागि ड्रोन तथा हेलिकप्टरसमेत प्रयोग गरिँदै आएको छ।’’

पाकिस्तान प्रशासित कास्मिर क्षेत्रबाट बेपत्ता हुने (भारततर्फ) मानिसको संख्या र तिनको रिहाइबारेको प्रश्नमा भारतले कुनै सीधा जवाफ दिने गरेको छैन। प्रवक्ता भन्छन्, ‘‘पाकिस्तानी सेनाले एकतर्फी ढंगमा युद्धविराम उल्लंघन गर्दै आएको छ। मानवबस्ती भएको क्षेत्रमा गरिएको यस्तो उल्लंघनले चरमपन्थीलाई एलओसी नाघ्न सजिलो भएको छ। २००३ मा गरिएको युद्धविराम सम्झौताको खुल्ला उल्लंघन हो यो।’’ यसबारे पाकिस्तानी विदेश मन्त्रालय पनि कुनै जवाफ दिँदैन।

पाकिस्तानी विदेश मन्त्रालय पनि बेपत्ता नागरिकका सम्बन्धमा उल्लेखनीय ढंगमा काम हुनुपर्ने बताउँछ। यसका लागि एउटा यस्तो डेस्कको आवश्यकता छ जहाँ भारतीय अधिकारीसँग बेपत्तालाई फिर्ता ल्याउने सम्बन्धमा जानकारी एकत्रित गर्न सकियोस् र दुवै देश बसेर छलफल गर्न सकियोस्।

तर, यो काम हुन्छ कि हुँदैन र भयो भने पनि कहिले हुन्छ?

यसको जवाफ अहिले कसैसँग छैन।

जसले यो द्वन्द्व सुरू गर्‍यो, उसैले यसको अन्त्य गर्ने हैसियत राख्छ। तर, उसलाई मद्दत गर्ने कोही छैन।

जब हामी शमशाद बेगमलाई भेटेर फर्कंदै थियौं, उनी आफ्नो घरमा भतिजीलाई स्वागत गरिरहेकी थिइन्। भतिजीको विवाह थियो र त्यहाँको संस्कृति अनुरूप एक दिनका लागि उनले भतिजी (दुलही)लाई आफ्नो घरमा राख्न ल्याएकी थिइन्।

शमशादका छोरा सिद्दीक पाहुनाका लागि खाना बनाउँदै थिए।

(बीबीसी) 

अन्तर्राष्ट्रिय

जो सीमा पारि पुग्यो, ऊ कहिल्यै फर्किएर आएन : तर प्रतीक्षा सकिएको छैन

प्रकाशित: शनिबार, मंसिर ६, २०७७ ०८:०७
  • मुख्यमन्त्रीलाई चिठीमा उनी लेख्छिन्- म आफ्नो सन्तानको रिहाइका लागि कुनै पनि खालको त्याग गर्न तयार छु।
  • १३ वर्षअघि शमवशाद बेगमका पति हराए, उनी अहिलेसम्म पनि आफ्नो पति घर फर्कने बाटो हेरिरहेकी छन्। उनी निलम घाटीको एक गाउँ चकनारकी हुन्। चकनार एलओसीबाट करिब ५० मिटरको दूरीमा पर्छ र त्यहाँ जाने कसैलाई अनुमति छैन।
  • झुक्किएर एलओसी पार गर्नु सामान्य मानिसमा मात्र सीमित छैन। पाकिस्तान प्रशासित कास्मिरका मुख्यमन्त्री राजा फारुक हैदरले पनि झुक्किएर आफूले एलओसी पार गरेको बीबीसीलाई बताए।
  • गाउँमा घाँस काटिरहेका र बाली उठाइरहेका कयौं सर्वसाधारण गिरफ्तार भएका घटना छन्। कहिलेकाहीँ गाईवस्तु चर्दै अलि पर पनि पुग्छन्, त्यस्तो अवस्थामा पनि सैनिकले पक्राउ गर्ने उनीहरूको भनाइ छ।
  • शमशादको परिवार पनि कास्मिरलाई विभाजित गर्ने एलओसी पीडित थियो, जो अन्यजस्तै आफ्नो जिन्दगीको डुंगा खियाउँदै अघि बढ्दै थियो। तर, तिनको जिन्दगीमा न त दु:ख कम भएको छ न त बेपत्ता भएका परिवारका सदस्य घर फर्कने आशा नै टुटेको छ!

सिफारिस