२०७७ मंसिर ११, बिहिबार

चलचित्र ‘पठान’को ४५ प्रतिशत नाफा शाहरुखले पाउने

काठमाडौं। बलिउड अभिनेता शाहरुख खान झण्डै साढे दुई वर्षपछि काममा फर्किए।

चलचित्र ‘जिरो’ फ्लप भएपछि उनी कुनै पनि चलचित्रमा देखिएका थिएनन्। अहिले उनी नयाँ चलचित्र  ‘पठान’को छायांकनमा छन्।

यशराज फिल्मस्को ब्यानरमा बन्न लागेको उक्त चलचित्रको ४५ प्रतिशत नाफा रकम शाहरुखले पाउनेछन्।

बलिउड हंगामाका अनुसार उक्त चलचित्रको नाफाको ४५ प्रतिशत शाहरुखले नै पाउने भएका हुन्।

निर्माता आदित्य चोपडा र शाहरुखबीच ४५ प्रतिशत नाफाको डिल भएको थियो। यदि चलचित्रले १०० करोड नाफा कमायो भने शाहरुखले ४५ करोड पाउनेछन्।

यो चलचित्रमा अभिनेता जोन अब्राहमले २० करोड पारिश्रमिक पाउँदैछन्। अभिनेत्री दीपिका पादुकोणले १५ करोड पाउनेछिन्। शाहरुखको भने पारिश्रमिक नतोकिए पनि नाफाको ४५ प्रतिशत पाउनेछन्।

शिद्धार्थ आनन्दको निर्देशनमा बन्न लागेको उक्त चलचित्रको १८ नोभेम्बरबाट छायांकन सुरू गरिएको थियो। दुई महिना मात्रै शाहरुख केन्द्रित भएर चलचित्रको छायांकन हुनेछ। त्यसपछि भने अर्को वर्ष अन्य कलाकारको छायांकन सुरू गरिनेछ। 

सन् २०१८ मा रिलिज भएको चलचित्र ‘हिरो’ फ्लप भएपछि शाहरुख काममा फर्किएका थिएनन्। यो बीचमा उनले ५० भन्दा बढी चलचित्रको स्क्रिप्ट पढे। तर, कुनै पनि चलचित्रको कथा मन परेन।

२०० करोड भारूमा बन्न लागेको ‘पठान’लाई शाहरुखले आफ्नो प्रतिष्ठाको विषय बनाएका छन्।

मनोरञ्‍जन

चलचित्र ‘पठान’को ४५ प्रतिशत नाफा शाहरुखले पाउने

प्रकाशित: शनिबार, मंसिर ६, २०७७ ०८:४९
सारांशमा :
  • दुई महिना मात्रै शाहरुख केन्द्रित भएर चलचित्रको छायांकन हुनेछ।
  • त्यसपछि भने अर्को वर्ष अन्य कलाकारको छायांकन सुरू गरिनेछ। 
पूरा पढ्नुहोस्

सिफारिस