२०७७ मंसिर ११, बिहिबार

छेडागाड नगरपालिकामा १५ शय्याको अस्पताल सञ्चालन

जाजरकाेट। छेडागाड नगरपालिकाले १५ शय्याको स्वास्थ्य संस्था सञ्चालनमा ल्याएको छ।

स्वास्थ्य सेवाको पहुँचमा नआएको पश्चिम जाजरकोटमा यो सेवा सञ्चालनसँगै यहाँका जनसाधारणले स्वास्थ्य सेवा पाउने अपेक्षा लिएका छन्।

सेवा सञ्चालन गर्नका लागि नगरकै तर्फबाट अस्थायीरूपमा संरचना निर्माण गरी कामको सुरुआत गरिएको नगर प्रमुख लालबहादुर महताराले जानकारी दिए। 

संघीय सरकारको एक करोड र थप नगरपालिकाकै लगानीमा अस्पताल निर्माणको काम केही दिनमै सुरू हुने प्रमुख महताराले जानकारी दिए।

केही दिनमै चिकित्सकको विज्ञापन गरी अस्पतालमा सेवा दिइने छ। अहिले सदरमुकामस्थित जिल्ला अस्पतालबाट चिकित्सकलाई ल्याएर सेवा दिन लागिएको छ। एक मेडिकल अधिकृत, दुई  नर्ससहित १५ जना कार्यरत छन्। ल्याब, एक्स-रे सेवासमेत सञ्चालनमा आउने बताएको छ। 

३९६ स्थानीय तहमा स्वास्थ्य संस्था निर्माणका लागि सरकारले घोषणा गरी काम सुरू गरिएको स्वास्थ्य राज्यमन्त्री नवराज रावतले जानकारी दिए। १५ मंसिरमा सबै स्वास्थ्य संस्थाको उद्घाटन एकै पटक गरिने मन्त्री रावतले जानकारी दिए। रासस

स्वास्थ्य

छेडागाड नगरपालिकामा १५ शय्याको अस्पताल सञ्चालन

प्रकाशित: शनिबार, मंसिर ६, २०७७ ०९:०१
सारांशमा :
  • केही दिनमै चिकित्सकको विज्ञापन गरी अस्पतालमा सेवा दिइने।
  • एक मेडिकल अधिकृत, दुई  नर्ससहित १५ जना कार्यरत।
  • ल्याब, एक्स-रे सेवासमेत सञ्चालनमा आउने। 
पूरा पढ्नुहोस्

सिफारिस