२०७७ मंसिर ११, बिहिबार

‘पोको एम ३’ को डिजाइन र स्पेसिफिकेसन्स लिक, नोभेम्बर २४ मा लञ्च हुने

काठमाडौं। पोकोको नयाँ स्मार्टफोन ‘पोको एम ३’ नोभेम्बरमै लञ्च हुँदैछ। कम्पनीले सार्वजनिक गरेको टिजरअनुसार यो नयाँ स्मार्टफोन २४ नोभेम्बरमा सार्वजनिक हुनेछ।

यो फोन कस्तो हुनेछ भन्ने पनि यसअघि नै सार्वजनिक भइसकेको छ। ९१ मोबाइल्सले सार्वजनिक गरेको एक रिपोर्टमा ‘पोको एम ३’ को फोटो पोष्ट गरिएको थियो। अन्य पोको फोनको तुलनामा यो फोनको रिअर प्यानलमा केही फरक देखिएको छ।

‘पोको एम ३’ मा वाटर ड्रप स्टाइल दिएको छ भने रिअर क्यामेरा मोड्युल पनि माथिल्लो भागमा बायाँ साइडमा राखिएको छ। त्यसको छेवैमा पोकोको ब्रान्डिङ राखिएको छ।

‘पोको एम ३’को लिक भएको फोटोमा देखिएको डिजाइन डुअल टोन जस्तै देखिन्छ। फोनको रिअर टपमा क्यामेरा सेटअप र कम्पनीको लोगो मिलाएर चारपाटे सेभ बनाइएको छ।

‘पोको एम ३’ को स्पेसिफिकेसन्सको कुरा गर्दा क्वालकम स्नापड्रागन ६६२ प्रोसेसर दिइएको छ। त्यस्तै रिअरमा तीनवटा क्यामेरा राखिएको छ।

रिपोर्टकाअनुसार ‘पोको एम ३’ मा ६.५३ इञ्चको फुल एचडी प्लस डिस्प्ले दिइने छ। फोनको प्राइमरी रिअर क्यामेरा ४८ मेगापिक्सेल र यो स्मार्टफोनमा ६,००० एमएएचको ब्याट्री दिइने छ। यसका साथै १८ वाट फास्ट चार्जिङ सपोर्ट पनि हुनेछ।

‘पोको एम ३’ २४ नोभेम्बरमा ग्लोबल लञ्च हुनेछ भने नेपाललाई पनि आफ्नो बजार बनाइरहेको कम्पनीले छिटै नेपाली बजारमा पनि ल्याउने आशा गर्न सकिन्छ।

अर्थतन्‍त्र प्रविधि

‘पोको एम ३’ को डिजाइन र स्पेसिफिकेसन्स लिक, नोभेम्बर २४ मा लञ्च हुने

प्रकाशित: शनिबार, मंसिर ६, २०७७ १०:३३
सारांशमा :
  • २४ नोभेम्बरमा ‘पोको एम ३’ ग्लोबल लञ्च हुने। ६,००० एमएएच ब्याट्री।
  • ‘पोको एम ३’ को डिजाइन र डिटेल्स लिक, पछिल्लो भेरियन्टभन्दा अलग हुने।
पूरा पढ्नुहोस्

सिफारिस