२०७७ मंसिर ९, मंगलबार

महासंघको निर्वाचनमा लफडाः तीनजनाको उम्मेदवारी रद्द हुनुपर्ने भन्दै निर्वाचन अधिकृतले नै लेखे ‘नोट अफ डिसेन्ट’

काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचन लक्षित नोट अफ डिसेन्ट परेपछि निर्वाचनलाई लिएर लफडा सुरू भएको छ।

महासंघका वस्तुगततर्फका उपाध्यक्षका उम्मेदवार उमेशलाल श्रेष्ठसहित तीनजनाको उम्मेद्‍वारी रद्द गर्न भन्दै महासंघमा ‘नोट अफ डिसेन्ट’ आएको छ।

महासंघका निर्वाचन अधिकृत रमणकुमार कर्णले आसन्न निर्वाचनका उम्मेद्‍वार तीनजनाको उम्मेदवारी विधान सम्मत नभएकाले नोट आफ डिसेन्ट लेखेका हुन्।

उनले देखापढीसँग कुरा गर्दै शुक्रबार महासंघमा नोट अफ डिसेन्ट लेखेको जानकारी दिए।

उनले भने, “महासंघमा एउटै संघबाट दुईजनाले निर्वाचनमा उम्मेद्‍वारी दिन मिल्दैन। तर, औषधि उत्पादक संघबाट उमेशलाल श्रेष्ठ र दीपक दाहालले उम्मेद्‍वारी दिएका छन्। यो विधान सम्मत छैन।”

यसका साथै महासंघको सूचनाअनुसार पनि नमिल्ने उनले बताए।

यस्तै, रामेछाप उद्योग वाणिज्य संघका अध्यक्ष राजकुमार न्यौपानेले पनि उम्मेद्‍वारी दिन अयोग्य भएको उनले दाबी गरे।

उनले भने, “सदस्य संघ तदर्थसँग जुन संघको नेतृत्व गरिन्छ। उक्त संघको एक कार्याकाल पूरा गर्नुपर्ने व्यवस्था छ।”

कर्णका अनुसार विधानको ‘४६(३) उ’मा उद्योग वाणिज्य संघ समूह, वस्तुगत संघ समूह र द्वीराष्ट्रिय संघ समूहबाट आफूले प्रतिनिधित्व गर्ने संघको पदाधिकारी भई एक कार्यकाल पूरा गर्नुपर्ने उल्लेख छ।

तर, न्यौपानेले अर्को संघका एक कार्यकाल नसकी महासंघको निर्वाचनमा केन्द्रीय समितिमा उम्मेदवारी दिएको उनको भनाइ छ।

उम्मेदवारी रद्द हुनुपर्ने भन्दै नोट अफ डिसेन्ट परेकामध्ये उमेशलाल श्रेष्ठ चन्द्र ढकाल प्यानलबाट महासंघको वस्तुगत संघको उपाध्यक्षमा उठेका छन्।

ती बाहेक दाहाल र न्यौपाने केन्द्रीय सदस्यको उम्मेद्‍वार हुन्।

यसअघि प्रदेश २ का अध्यक्ष शिवशंकर शाहले निर्वाचन रोक्न माग गर्दै मंसिर ४ गते जिल्ला प्रशासन कार्यालय काठमाडौंमा निवेदन दिएका थिए।

राजनीति अर्थतन्‍त्र

महासंघको निर्वाचनमा लफडाः तीनजनाको उम्मेदवारी रद्द हुनुपर्ने भन्दै निर्वाचन अधिकृतले नै लेखे ‘नोट अफ डिसेन्ट’

प्रकाशित: शनिबार, मंसिर ६, २०७७ १०:३३
सारांशमा :
  • महासंघको निर्वाचन अधिकृत रमणकुमार कर्णले निर्वाचनमा उम्मेद्‍वार बनेका तीन जनाको उम्मेद्‍वारी खारेज हुनुपर्ने भन्दै 'नोट अफ डिसेन्ट' लेखेपछि नयाँ विवाद सुरु भएको हो।
पूरा पढ्नुहोस्

सिफारिस