२०७७ मंसिर ९, मंगलबार

ह्वाइट हाउसको रात्रिभोजबाटै ट्रम्पका जेठा छोरालाई पनि कोरोना सङ्क्रमण

वासिङ्टन। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका जेठा छोरा पनि कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन्। उनका व्यक्तिगत प्रवक्ताले जेष्ठ पुत्र डोनाल्ड ट्रम्प जुनियरलाई कोरोना सङ्क्रमण भएको स्थानीय समयअनुसार शुक्रबार पुष्टि गरेका हुन्।

“कोरोनाभाइरसबाट सङ्क्रमित भएको पुष्टि भएपछि उनले स्वास्थ्यकर्मीहरुको सिफारिसअनुसारका सबै मापदण्ड तथा नियमहरूको पालना गरेका छन्,” ती प्रवक्ताले भनेका छन्। 

सङ्क्रमण पुष्टि भएसँगै उनलाई क्वारेन्टाइनमै राखिएको पनि प्रवक्ताले जानकारी दिएका छन्।

यसअघि राष्ट्रपति ट्रम्प पनि निर्वाचनको केहीअघि कोरोनाभाइरसबाट सङ्क्रमित भएका थिए। त्यसैगरी ट्रम्पकी पत्नी तथा प्रथम महिला मेलानिया ट्रम्प, सानो छोरो बोर्न, मुख्य कर्मचारी मार्क मेडोस र अन्य केही सदस्यहरूसमेत केही समय अगाडि कोरोनाभाइरसबाट सङ्क्रमित भएका थिए।

अहिले ट्रम्प जुनियरकी गर्लफ्रेन्ड किमबेर्ली गुइल्फोयले पनि सङ्क्रमित भएको अधिकारीहरूले जानकारी दिएका छन्।

ट्रम्प जुनियर हालै २५० भन्दा बढी अतिथिहरू सहभागी भएको भोजमा सहभागी भएका थिए। राष्ट्रपति कार्यालय ह्वाइट हाउसमै आयोजना गरिएको सो रात्रिभोजमा सहभागी लगभग सबैले मास्क लगाएका थिएनन्।

रासस/एएनआई

अन्तर्राष्ट्रिय कोभिड–१९ महामारी

ह्वाइट हाउसको रात्रिभोजबाटै ट्रम्पका जेठा छोरालाई पनि कोरोना सङ्क्रमण

प्रकाशित: शनिबार, मंसिर ६, २०७७ १४:२७
सारांशमा :
  • अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका जेठा छोरा पनि कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन्।
  • ट्रम्प जुनियरकी गर्लफ्रेन्ड किमबेर्ली गुइल्फोयले पनि सङ्क्रमित भएकी छिन्।
  • ट्रम्प जुनियर हालै २५० भन्दा बढी अतिथिहरू सहभागी भएको भोजमा सहभागी भएका थिए।
  • ह्वाइट हाउसमै आयोजना गरिएको सो रात्रिभोजमा सहभागी लगभग सबैले मास्क लगाएका थिएनन्।
पूरा पढ्नुहोस्

सिफारिस