२०७७ मंसिर ११, बिहिबार

समुद्र सतह नाप्ने भू-उपग्रह तयार, आज राति प्रक्षेपण हुँदै

पृथ्वीको सतहभन्दा ८३० माइलमाथि नेक्स्ट-जेनरेसन भू-उपग्रहले विश्वभरको समुद्री सतह नाप्ने भएको छ। सेन्टिनेल-६ माइकल फ्रेलिच भू-उपग्रहले यसरी अन्तरिक्षबाट विश्वको समुद्री सतहलाई निरन्तर मापन गर्नेछ।

नासा र युरोपियन स्पेस एजेन्सीको संयुक्त प्रयासमा बनेको यो भू-उपग्रह अमेरिकाको क्यालिफोर्नियास्थित भ्यान्डेनबर्ग एयर फोर्स बेसबाट युरोपेली समयअनुसार आज दिउँसो प्रक्षेपण गरिनेछ। काठमाडौँको समयअनुसार उक्त भू-उपग्रह अहिले राति ११ बजे लन्च हुनेछ। 

नासाको आधिकारिक वेभसाइटले उक्त प्रक्षेपणको प्रत्यक्ष प्रसारण गर्ने जनाएको छ। यो भू-उपग्रह स्पेस एक्स फाल्कन ९ रकेटमा प्रक्षेपण हुनेछ। कुनै परिस्थितिका कारण आज यो प्रक्षेपण नभए आगामी दिनमा प्रशस्तै सम्भावना भएको पनि जनाइएको छ। 

अन्तरिक्षमा पुगेपछि यस भू-उपग्रहले पृथ्वीभन्दा ८३० माइलमाथिबाट आगामी साढे ५ वर्षसम्म समुद्री सतह नाप्नेछ। 

गत ३० वर्षदेखि भू-उपग्रहमार्फत् पृथ्वीको समुद्री सतह नापिँदै आएको छ। यस नयाँ भू-उपग्रहले जलवायु परिवर्तनसँग दाँजेर समुद्री सतह नाप्नेछ। साथै यसले मौसम पूर्वानुमान, समुद्री आँधी, वायुमण्डलको तापक्रम र आर्द्रतासमेत सटिक रूपले नाप्न सक्नेछ।

सिएनएनका लागि एस्ली स्ट्रिकल्यान्डको रिपोर्टको अनुवाद

प्रविधि

समुद्र सतह नाप्ने भू-उपग्रह तयार, आज राति प्रक्षेपण हुँदै

प्रकाशित: शनिबार, मंसिर ६, २०७७ १९:१४
सारांशमा :
  • सेन्टिनेल-६ माइकल फ्रेलिच भू-उपग्रहले यसरी अन्तरिक्षबाट विश्वको समुद्री सतहलाई निरन्तर मापन गर्नेछ।
  • काठमाडौँको समयअनुसार उक्त भू-उपग्रह अहिले राति ११ बजे प्रक्षेपण हुनेछ। 
  • नासाको आधिकारिक वेभसाइटले उक्त प्रक्षेपणको प्रत्यक्ष प्रसारण गर्ने जनाएको छ।
पूरा पढ्नुहोस्

सिफारिस