२०७७ मंसिर ९, मंगलबार

सवारी दुर्घटनामा परी पाँच जनाको मृत्यु

काठमाडौं। देशका विभिन्न स्थानमा भएका छुट्टाछ्ट्टै सवारी दुर्घटनामा परी पाँच जनाकाे मृत्यु भएकाे छ। 

प्युठानकाे गौमुखी गाउँपालिका-७ चौतारा बस्ने रमेश पुरीकी ६ वर्षीया छोरी रजिना पुरीको ट्याक्टरले किचेर शुक्रबार दिउँसो मृत्यु भएको छ। रा १ त ७४७ नम्बरको ट्याक्टरमा सवार रजिनाको झिमरुक गाउँपालिका-८ चैतेबारीमा ट्याक्टरबाट झर्ने क्रममा ट्याक्टरले किच्दा घटनास्थलमै मृत्यु भएको हो। ट्याक्टर नियन्त्रणमा लिई फरार चालकको प्रहरीले खोजी गरिरहेको जनाएकाे छ।

यसैगरी बाराकाे जितपुरसिमरा उपमहानगरपालिका-१६ पैनी टोलमा प्रदेश ३-०२-०१४ प ५२५६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई शुक्रबार साँझ दुर्घटना हुँदा मोटरसाइकलमा सवार सोही ठाउँ बस्ने २३ वर्षीय सुदिप खरेलको मृत्यु भएको छ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको वीरगञ्ज न्यूरो अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएकाे छ।

सर्लाहीकाे हरिवन नगरपालिका-२ बेलचौतरामा ना ६ त ३०९३ नम्बरको ट्याक्टर शुक्रबार राति बाटोबाट करिब ३० फिट तल खसेर दुर्घटना हुँदा ट्याक्टर चालक सोही ठाउँ बस्ने ४१ वर्षीय कामीसिंह घलानको ट्याक्टरमा च्यापिएर घटनास्थलमै मृत्यु भएको छ।

यसैगरी सिन्धुलीकाे दुधौली नगरपालिका-५ सिर्थौली नयाँ टोलमा ना ५ त १९५१ नम्बरको ट्याक्टर शनिबार बिहान दुर्घटना हुँदा सोही नगरपालिका छपाहा बस्ने ट्याक्टर चालक २१ वर्षीय वियसकुमार दनुवारको मृत्यु भएको छ। गम्भीर घाइते भएका उनको प्राथमिक स्वास्थ्य केन्द्र सिर्थौली हुँदै थप उपचारको लागि जिल्ला अस्पताल सिन्धुलीतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो।

तनहुँकाे भानु नगरपालिका-५ पञ्चनगरस्थित डुम्रे चन्द्रावती सडकमा बा ७० प ६९०१ नम्बरको मोटरसाइकलले शनिबार बिहान ठक्कर दिँदा पैदलयात्री सोही ठाउँ बाङ्गेरुवा बस्ने राजु सिम्खडाको छोरा ८ वर्षीय आईज्याक सिम्खडाको मृत्यु भएको छ।

ठक्करबाट गम्भीर घाइते भएका उनको लक्ष्मी अस्पताल डुम्रेमा सामान्य उपचार पश्चात पुरानो मेडिकल कलेज भतरपुर चितवनतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो। मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

घट्नाहरुका सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएकाे छ।

समाज

सवारी दुर्घटनामा परी पाँच जनाको मृत्यु

प्रकाशित: शनिबार, मंसिर ६, २०७७ २०:४०
  • देशका विभिन्न स्थानमा भएका छुट्टाछ्ट्टै सवारी दुर्घटनामा परी पाँच जनाकाे मृत्यु भएकाे छ। 
  • प्युठानकाे गौमुखी गाउँपालिका-७ चौतारा बस्ने रमेश पुरीकी ६ वर्षीया छोरी रजिना पुरीको ट्याक्टरले किचेर शुक्रबार दिउँसो मृत्यु भएको छ

सिफारिस