२०७७ माघ १०, शनिबार

परपुरुषसँग लागेकाे शंकामा श्रीमतीकाे हत्या

काठमाडौं। झापामा खुकुरी प्रहार गर्दा एक व्यक्तिले श्रीमतीको हत्या गरेका छन्।

खेतमा धान उठाउन जाँदा ३९ वर्षीया टीकादेवी पौडेललाई उनका श्रीमान ४७ वर्षीय चुडामणि भण्डारीले खुकुरी प्रहार गरेका हुन्।

खुकुरी प्रहारबाट टीकादेवीको आइतबार साढे ५ बजेको समयमा घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएकाे छ। 

धान उठाउन टीकादेवीसँग झापाकै दमक नगरपालिका-३ का ३५ वर्षीय प्रकाशचन्द्र दाहाल पनि गएका थिए।

प्रहरीका अनुसार चुडामणिले खुकुरी प्रहार गर्दा प्रकाश पनि घाइते भएका छन्। उनको एड्भान्स अस्पताल दमकमा उपचार भइरहेको छ। उनीहरू जिल्लाकै कमल गाउँपालिका वडा नम्बर-६ मा खेतबाट धान उठाउन गएका थिए।

इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले चुडामणिलाई पक्राउ गरेको जनाएको छ। 

जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रवक्ता तथा डीएसपी राकेश थापाले प्रारम्भिक अनुसन्धानको क्रममा टीकादेवी र प्रकाशचन्द्रसँगै धान उठाउन जाँदा शंका लागेर खुकुरी प्रहार गरेको देखिन आएको बताए।

घटनाबारे प्रहरीले अनुसन्धान थालेको छ।
 
अपराध

परपुरुषसँग लागेकाे शंकामा श्रीमतीकाे हत्या

प्रकाशित: सोमबार, मंसिर ८, २०७७ ०७:०३
सारांशमा :
  • ३९ वर्षीया टीकादेवी पौडेलको हत्या आरोपमा उनकै श्रीमान ४७ वर्षीय चुडामणि भण्डारी पक्राउ।
  • प्रकाशचन्द्र दाहालसँग खेतमा धान उठाउन जाँदा शंका लागेपछि श्रीमतीको खुकुरी प्रहार गरी हत्या, प्रकाश पनि घाइते।
पूरा पढ्नुहोस्

सिफारिस