२०७७ माघ ३, शनिबार

चिसोमा संक्रमणको जोखिम उच्च, चिकित्सक भन्छन्- अबको ३ महिना बचौं (भिडिओसहित)

काठमाडौं। अहिले नेपालमा कोरोना भाइरसको संक्रमण दैनिकजसो बढिरहेको छ। विशेषगरी काठमाडौं उपत्यकामा संक्रमण धेरै बढिरहेको छ। 

जाडो मौसम सुरू भइसकेकोले अब झन् संक्रमण बढ्नसक्ने चिकित्सकहरू बताउँछन्। त्यसैले अबको तीन महिना संक्रमणबाट बच्न आवश्यक सतर्कता अपनाउनुपर्नेमा उनीहरूको जोड छ।

शंखरापुर अस्पतालका वरिष्ठ फिजिसियन डा. रमेश ढकाल सबैखाले भाइरस चिसोमा बढी सक्रिय हुने बताउँछन्। त्यस कारण कोरोना भाइरस पनि चिसो मौसममा नै बढी फैलिन सक्ने उनको भनाइ छ। 

युरोपका देशहरू तथा अन्य मुलुकमासमेत चिसो मौसममा कोरोना संक्रमण धेरै फैलिएको उल्लेख गर्दै उनले अबको तीन महिना संक्रमण हुनबाट जोगिनुपर्ने बताए। उनले एसीको प्रयोग हुने ठाउँमा भाइरस फैलने जोखिम बढी हुने बताए। चिसोबाट बच्ने, भीडभाडमा नजाने तथा घामको प्रकाश अनिवार्य भएको डा. ढकालको सुझाव छ।

स्वास्थ्य कोभिड–१९ महामारी

चिसोमा संक्रमणको जोखिम उच्च, चिकित्सक भन्छन्- अबको ३ महिना बचौं (भिडिओसहित)

प्रकाशित: सोमबार, मंसिर ८, २०७७ ०७:२७
सारांशमा :
  • जाडो मौसम सुरू भइसकेकोले अब झन् संक्रमण बढ्नसक्ने चिकित्सकहरू बताउँछन्। 
  • अबको तीन महिना संक्रमणबाट बच्न आवश्यक सतर्कता अपनाउनुपर्नेमा उनीहरूको जोड छ।
पूरा पढ्नुहोस्

सिफारिस