२०७७ माघ १०, शनिबार

‘मैले र डोनाल्ड ट्रम्पले भन्ने अमेरिकाको कथा फरकफरक छन्’

अमेरिकाका पूर्वराष्ट्रपति बाराक ओबामा विश्वभर प्रशंसित राजनेता हुन्। उनको संस्मरणको किताब ‘अ प्रमिस्ड ल्यान्ड’ अहिले सर्वत्र चर्चित बनेको छ। नोभेम्बर १७ का दिन सार्वजनिक भएको ७६८ पृष्ठको उक्त किताब पहिलो दिन नै ९ लाख प्रति बिकेको छ। उनी पदबाट बाहिरिएको चार वर्ष भइसकेको छ। उनको लिगेसी के हो? उनी कस्तो अमेरिका देख्न चाहन्छन्?‘दि गार्जियन’ले उनको किताब, भर्खरै सम्पन्न अमेरिकाको राष्ट्रपति निर्वाचन, उनको राजनीति तथा परिवार र उल्लिखित प्रश्नलगायतका सन्दर्भमा लामो कुराकानी प्रकाशित गरेको छ। हामीले सोही कुराकानीको अनुदित तथा सम्पादित अंश यहाँ प्रस्तुत गरेका छौं।

तपाईं एक लेखकबाट राजनेता बन्नुभयो, कि राजनेताबाट लेखक?

एउटा उत्कृष्ट प्रश्न गर्नुभयो। किनकि, सत्यको महत्त्व अधिक छ। लेखनकर्म राजनीति दुवै एकखाले जिम्मेवारी नै हुन्। दुवै कामले धेरैभन्दा धेरै मानिससँग जोडिएका कथा बताउँछन्। मेरो भनाइको अर्थ, डोनाल्ड ट्रम्प र मैले अमेरिकाबारे फरकफरक कथा भनेका छौं। तपाईंले भन्न सक्नुहुन्न कि, हामीमध्ये एकले कथा बताएको छैन।

एक लेखकका रूपमा, तपाईं कुनै राजनेताबाट हुन सक्ने नोक्सानीसँग जोगिनेबारे उच्च सोच राख्न सक्नुहुन्छ। उदाहरणका लागि, राजनीतिमा व्यापक तहमा मतदातासँग कुरा गर्ने विषय हुन सक्छ। श्वेत मतदाता तथा काला मतदाता, डेमोक्रेट तथा रिपब्लिकन, हकी तथा फुटबल आदिआदि। यी विषयले हामीलाई जनताको जीवन बुझाउन (तर, तिनले आफूभित्र खेलिरहेका कुरा नबताउन पनि सक्छन्), तिनका अप्ठेरा र कठिनाइ र विरोधाभास बुझ्न सघाउँछन्। तिमी एक लेखक हौ भने तिमीले ती जनताको भित्री तहको जीवन खोतलेर पाठकसम्म पुर्‍याउन सक्नुपर्छ। मलाई लाग्छ, यही कुरा हामी राजनीतिमा पनि अधिक उपयोग गर्न सक्छौं।

२००८ को निर्वाचनमा तपाईंले आफूलाई अमेरिकाको पहिलो अश्वेत राष्ट्रपतिका रुपमा उभ्याउनुभयो र आफ्नो जितले अमेरिकाको नश्लीय पीडा कम गर्न मद्दत मिल्ने बताउनु भयो, के त्यसो हुन सक्यो?

निश्चित रूपमा, यी कामका लागि हामीले यो देशमा निकै लामो सफर तय गर्नुपर्ने छ। तपाईंले म र मेरा सहयोगीका मुखबाट पनि यो चुनाव (२००८) विभेदकारी समाजपछिको समयका लागि भनिएको सुन्नु भएको छैन होला। तर, जो बच्चा अहिले टेलिभिजन सेट अघिल्तिर बसेर केही हेरिरहेको छ, उसले अमेरिकालाई विविध मानिसको देश भनेर चिन्नुपर्छ। उसले टेलिभिजनमा देखेको देशको राष्ट्रपति ऊजस्तै वा उसको जस्तै अनुहार भएको देख्नुपर्छ। कुनै अफ्रिकी-अमेरिकी बच्चाले मात्र होइन, गोरो अनुहारको बच्चाले पनि यो देख्नुपर्छ। र, बुझ्नुपर्छ कि अनुहारको रङका आधारमा विश्वका कुनै पनि देशको नेतालाई चिनिनु हुँदैन।

म राष्ट्रपति हुँदा हरेक पृष्ठभूमिका बच्चाले त्यसका निम्ति र देशलाई अघि बढाउन योगदान गरेका छन्, यसले मलाई गर्व महसुस हुन्छ। यो गर्मीमा नश्लीय अन्यायविरुद्ध सडकमा उत्रिएर लड्ने तिनै बच्चामध्ये एक हुन्। र अहिले, हाम्रो भूमिका परिवर्तन भएको छ, तिनै बच्चामध्ये एकले मेरो टेलिभिजन सेटमा आएर मलाई प्रेरणा दिइरहेको छ।

पुस्तकमा तपाईं आफ्नो जन्म प्रमाणपत्र अनि स्वास्थ्य योजनाबारे बारम्बार ‘सुनियोजित गलत सूचना’ प्रवाह गरिएको उल्लेख गर्नुहुन्छ। अहिले त त्यो ‘कन्स्पिरेसी थ्योरी’ (षड्यन्त्र सिद्धान्त) मूलधार बनिसक्यो, त्यसविरुद्ध लड्न के गर्न सकिएला?

अरू जेसुकै होस्, सत्य भनेको सत्य नै हो। केही मानिस सत्यलाई छोप्न र आफ्ना स्वार्थ पूरा गर्न झुटा कुरा गर्छन्। कहिलेकाहीँ त्यो झुटले काम गर्न सक्छ, विशेषगरी सोसल मिडियामा। त्यहाँ तपाईं आफ्ना साथी, काका वा अन्य कुनै पक्षबाट तपाईंले सुन्न चाहेको कुरा राखिदिएको हुन सक्छ। त्यसको ‘फ्याक्ट चेक’ बन्द गर्नु हुँदैन। ‘इन्फर्मेसन बबल्स’ कहिलेकाहीँ खतरनाक हुन सक्छ, त्यसको आधार र सत्यताबारे जाँच गर्नुपर्छ। यसले लोकतन्त्रलाई नै निरन्तर संकटमा पार्दै लगेको छ।

यसको एउटै मात्र समाधान छैन। यो एक फुकाउन कठिन गाँठो हो, जसलाई खोल्न केही समय त लाग्छ नै। कन्स्पिरेसी थ्योरीबारे नागरिक र मिडियाले राम्ररी बुझ्नुपर्छ र यसबाट आफूलाई टाढा राख्न सक्नुपर्छ। नागरिक, निर्वाचित नेता, प्रविधि कम्पनी, मिडिया, हाम्रो शैक्षिक प्रणाली सबै मिलेर यसविरुद्ध उभिन सक्नुपर्छ।

तपाईं गल्फ र सहयोगीसँग बसेर बास्केटबल पनि खेल्नुहुन्छ, फुर्सदको समयमा आराम गर्नु पर्थ्याे नि! आफूलाई कसरी ऊर्जाशील बनाउनु हुन्छ?

गल्फले मलाई निकै मद्दत गर्छ। म राष्ट्रपति हुँदा ताजा हावाको स्रोत नै त्यही एउटा थियो। साँझपख साढे ६ बजे जब म डिनरका लागि मिसेल, सासा र मेलियासँग बस्छु तब म आफूमा ‘रिचार्ज’ भएको महसुस गर्छु। म हरेक रात आफ्नो परिवारसँग सुखद समय बिताउँछु। कहिलेकाहीँ त डिनरपछि पनि म ताजा भएर काममा फर्कने गर्थें।

वास्तवमा म एक धिमा गतिमा चल्न रुचाउने मानिस हुँ। राजनीतिमा पनि मेरो यो आदत कायम छ।

ओसामा बिन लादेनलाई पक्रने योजना सफल भएपछि तपाईंमाथि एउटा प्रश्न उठेको थियो। सोही विषय तपाईंको किताबको अन्तिम च्याप्टर बनेको छ। त्यो एउटा सामूहिक प्रयास थियो र त्यसबाट एकजना आतंकवादीको अन्त्य गर्नु थियो। तपाईंले जलवायु संकट समाधानमा ध्यान केन्द्रित हुन सकेन भनेर पनि लेख्नुभएको छ। जलवायुका सन्दर्भमा पेरिस सम्मेलनले के दियो र तपाईंले के हासिल गर्नुभयो? त्योभन्दा बढी केही हुन सक्दैनथ्यो?

तपाईं हामी सबैलाई थाहा छ, जब म त्यो कुरा लेख्दै थिएँ तब म राजनीतिमात्र प्रकट गरिरहेको थिइनँ। म राजनीति महसुस गरिरहेको थिएँ, यो कस्तो हुनुपर्छ भनेर। हामीले कुनै र्‍याली निकालेर घरविहीन मानिस र तिनका संकटमोचन गर्नेबारे बच्चालाई शिक्षित गर्न सक्दैनौं? गरिबीका साथै हरितगृह ग्यास उत्सर्जन घटाउनेबारे धीरताका साथ अघि बढ्न सक्दैनौं?

मैले मेरो किताबमा हल्का (जोक) ढंगमा मेरा एकजना स्टाफले यो कार्यलाई युटोपियन (असम्भव कल्पना) सोच भनेको सन्दर्भमा उल्लेख गरेको छु। मलाई थाहा छ, यो काम हामीले अहिले गरिरहेको राजनीतिभन्दा अलि परकै हो। वास्तविकता के हो भने, जलवायु परिवर्तनको मुद्दा सुल्झाउने काम कुनै एउटा दल वा कुनै एक देशले मात्र गर्न सक्दैन।

राष्ट्रपति हुँदा सिकेको पाठ भनेको यो समस्या समाधानका लागि मैले आफ्नो मात्रै ठानेर वा म एक्लैले गर्न सक्ने होइन। यसलाई सकेसम्म अन्तर्राष्ट्रियकरण गर्दै सहकार्यका साथ, लगानीसमेत गरेर अघि बढ्दा समाधानको बाटो भेट्टाउन सकिन्छ। इबोला रोग नियन्त्रणमा हामीले त्यो महामारी घोषित हुनुअघि अँगालेको बाटो स्मरणीय छ।

अब हामीले जलवायु समस्या समाधानका लागि वैकल्पिक इन्धन (क्लिन इनर्जी), क्लिन ट्रान्सपोर्ट र लचिलो कृषिमा अधिक लगानी गर्नु आवश्यक छ। हामीले नयाँ प्रविधिको अनुसन्धानमा ध्यान दिनुपर्छ, जसले रोजगारी सिर्जना गरोस्। म नियमित सोचिरहेको छु र यसैमा हिँडिरहेको पनि छु। तर, जतिसुकै कुरा गरे पनि अन्त्यमा यो समस्या समाधानका निम्ति विश्वभरका नेताहरु एक ठाउँमा उभिनुको विकल्प छैन।

विचार / अन्तर्वार्ता अन्तर्राष्ट्रिय

‘मैले र डोनाल्ड ट्रम्पले भन्ने अमेरिकाको कथा फरकफरक छन्’

तस्वीर: फर्वार्डबाट
प्रकाशित: सोमबार, मंसिर ८, २०७७ ०८:१८
  • लेखनकर्म राजनीति दुवै एकखाले जिम्मेवारी नै हुन्। दुवै कामले धेरैभन्दा धेरै मानिससँग जोडिएका कथा बताउँछन्। मेरो भनाइको अर्थ, डोनाल्ड ट्रम्प र मैले अमेरिकाबारे फरकफरक कथा भनेका छौं।
  • तिमी एक लेखक हौ भने तिमीले ती जनताको भित्री तहको जीवन खोतलेर पाठकसम्म पुर्‍याउन सक्नुपर्छ। मलाई लाग्छ, यही कुरा हामी राजनीतिमा पनि अधिक उपयोग गर्न सक्छौं।
  • वास्तविकता के हो भने, जलवायु परिवर्तनको मुद्दा सुल्झाउने काम कुनै एउटा दल वा कुनै एक देशले मात्र गर्न सक्दैन।

सिफारिस