२०७७ माघ ३, शनिबार

फोहोरमा ‘मोहोर’को खोजी (फोटोफिचर)

काठमाडौं। भनिन्छ- कुनै पनि काम सानो ठूलो हुँदैन, र कर्म गर्न लाज मान्नु हुँदैन।

हो, यही वास्तविकता थाहा पाउन धेरै टाढा पुग्नु पर्दैन। तपाईं हाम्रो वरपर नै त्यस्ता उदाहरणका पात्रहरूलाई भेट्टाउन सक्छौं। 

काठमाडौंको टेकुलगायतका फोहोर संकलन केन्द्रहरूमा पुग्दा फोहोरको थुप्रो पन्छाउँदै प्लास्टिक, टिनलगायत सामग्री छुट्याउनेहरूलाई देख्न सकिन्छ। झट्ट हेर्दा उनीहरू अरू केही काम नपाएर फोहोरको डंगुरमा कबाडी खोजिरहेको लाग्न सक्छ। तर, उनीहरू त्यही फोहोरभित्रबाट ‘मोहोर’ (पैसा) निकाल्छन्। 

त्यसरी काम गर्ने अधिकांश भारतबाट आएका मानिसहरू छन्। उनीहरू विभिन्न ठाउँबाट संकलन गरेर ल्याएका फोहोरबाट प्लास्टिकका भाँडा, टिनलगायत सामग्री छुट्याउँछन्। त्यसलाई बेचेर राम्रो आम्दानी गरिरहेका छन् उनीहरू। 

महिनामा २०-३० हजार रूपैयाँ कमाउन नेपालीहरू विदेशमा गइरहेका छन्। विदेशमा जोखिमपूर्ण काम गर्दा पनि चाहेजस्तो आम्दानी गर्न नसकेका र दुःखमा फसेका धेरै उदाहरण हामीसँग छन्। तर, नेपालमै फोहोरबाट मोहोर निकालेर भारतीय मजदुरहरूले वार्षिक लाखौं रकम लगिरहेका छन्।

टेकुको फोहोर संकलन केन्द्रका त्यही तस्वीरहरू देखापढीले कैद गरेको छः

अर्थतन्‍त्र फोटो फिचर रोजगार

फोहोरमा ‘मोहोर’को खोजी (फोटोफिचर)

प्रकाशित: सोमबार, मंसिर ८, २०७७ ०८:०८
  • काठमाडौंको टेकुलगायतका फोहोर संकलन केन्द्रहरूमा पुग्दा फोहोरको थुप्रो पन्छाउँदै प्लास्टिक, टिनलगायत सामग्री छुट्याउनेहरूलाई देख्न सकिन्छ।
  • महिनामा २०-३० हजार रूपैयाँ कमाउन नेपालीहरू विदेशमा गइरहेका छन्।
  • तर नेपालमा फोहोरबाट मोहोर निकालेर भारतीय मजदुरहरूले वार्षिक लाखौं रकम लगिरहेका छन्।

सिफारिस