२०७७ माघ ३, शनिबार

आधा शताब्दीदेखि नामाकरण गरिएको रत्नपार्कको नाम बदल्नु अनुचित : राप्रपा

काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले शंखधर साख्वाः देशको मौलिक संस्कृति र सभ्यताको धरोहर व्यक्तित्व र राष्ट्रिय विभूति भएकाले उनीहरूको नामबाट बनेका संरचनाको नाम बदल्न नहुने बताएको छ।

“उनीहरूको नामबाट देशका विभिन्न संस्था, योजना, संरचना र उपलब्धिको नामाकरण हुनु स्वाभाविक हो,” राप्रपाले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “यस क्रममा दशकौँदेखि नामाकरण भएर आएका संरचनाको नाम अचानक बदल्नु उचित होइन।”

नेपाल राष्ट्र निर्माण र नेपालको राष्ट्रिय एकता र राष्ट्रियताको संरक्षणमा पृथ्वीनारायण शाह, राजा महेन्द्र र वि.पि. कोइराला अग्रस्थानमा रहेको राप्रपाले बताएको छ। उनै राजा महेन्द्रको रानीमुमाको नाममा झण्डै आधा शताब्दीदेखि नामाकरण गरिएको रत्नपार्कको नाम बदल्नु अनुचित रहेको उक्त विज्ञप्तिमा भनिएको छ।

तत्कालीन बडामहारानी रत्नप्रति अन्याय हुनुका साथै नयाँ नामाकरण गर्दा नेपालको मौलिक संस्कृतिका एक धरोहरको अवमूल्यन हुने भएकाले नाम परिवर्तन गर्न नहुने निष्कर्ष राप्रपाले निकालेको छ।

शंखधर साख्वाःको योगदानको सम्मान गर्न हाल भइरहेका संरचनाको नाम परिवर्तन गरेर होइन, शंखधरको नाम राखेर नयाँ र भब्य संरचना बनाउनुपर्ने विज्ञप्तिमा उल्लेख छ।

त्यस कारण महानगरपालिकाको रत्नपार्कको नाम बदल्ने निर्णय अविवेकी र गलत भएकाले शंखधरको नामबाट अझ भव्य सांस्कृतिक/ऐतिहासिक संरचना बनाउन राप्रपाले माग गरेको छ। सोही कारण, महानगरपालिकाको नाम परिवर्तन गर्ने निर्णय तुरुन्त फिर्ता गर्न माग पनि विज्ञप्तिमा गरिएको छ।

राजनीति

प्रकाशित: सोमबार, मंसिर ८, २०७७ १५:१८
  • शंखधर साख्वाः देशको मौलिक संस्कृति र सभ्यताको धरोहर व्यक्तित्व र राष्ट्रिय विभूति भएकाले उनीहरूको नामबाट बनेका संरचनाको नाम बदल्न नहुने।
  • राजा महेन्द्रकी रानीमुमाको नाममा झण्डै आधा शताब्दीदेखि नामाकरण गरिएको रत्नपार्कको नाम बदल्नु अनुचित रहेको भनिएको छ।

सिफारिस