२०७७ माघ ३, शनिबार

मानवअधिकारको क्षेत्रमा नेपाल धेरै अघि बढिसकेको रहेछ : बन्दना राणा

काठमाडौँ। तीन दशकभन्दा लामो समय महिला सशक्तीकरणको लागि सक्रिय भूमिका निर्वाह गरेकी महिला अधिकारकर्मी बन्दना राणालाई आजकाल महिला अधिकारको क्षेत्रमा नेपालले गरेको विकासले थोरै भए पनि सन्तुष्टि दिन थालेको छ।

केही दिनअघि मात्र संयुक्त राष्ट्रसंघीय समिति (सिड)को सदस्यका रूपमा दोस्रो कार्यकालका लागि चुनिएकी राणाले तुलनात्मक रूपमा मानव अधिकारको क्षेत्रमा नेपाल धेरै अघि बढेको अनुभव गरेकी छिन्।

विगतमा देशभित्र धेरै आन्दोलन र महिला सशक्तीकरणका कार्यक्रमको नेतृत्व गर्दा वा सहभागी हुँदा उनलाई “यो भएन, त्यो भएन” जस्ता कुराहरूले सधैँ पिरोल्थ्यो। तर, सिड सदस्यका रूपमा विभिन्न ७० देशको अवस्थाबारे अनुगमन गर्दा उनलाई लाग्न थालेको छ, “नेपाल त महिला अधिकार मात्र नभई समग्र मानव अधिकारको क्षेत्रमा नै धेरै अघि बढिसकेको रहेछ।”

धेरै देशको कानुनले मानव अधिकारमाथि नै प्रतिबन्ध लगाएको अवस्थामा नेपालले लिएको बाटोबाट सन्तुष्ट हुनसकिने उनी बताउँछिन्। “धेरै राष्ट्रमा नागरिक समाजको आवाज नै बलियो हुँदैन, धेरै कानुनले मानव अधिकारमाथि नै प्रतिबन्ध लगाएजस्तो देखिन्छ। हामीभन्दा धेरै विकास भएका राष्ट्रहरूमा पनि मानव अधिकारको अवस्था राम्रो छैन। अझ महिला अधिकारको अवस्था त दयनीय छ। सिड सदस्यका रूपमा धेरै देशको रिपोर्टहरू अध्ययन गर्दा मलाई नेपालको अवस्था धेरै प्रगतिशील लाग्यो। त्यो बेला मलाई नेपाली भएकोमा गर्व महसुस भयो,” देखापढीसँगको कुराकानीमा राणाले भनिन्।

राणाले पहिलो कार्यकालमा नेपालमा महिला अधिकारको अवस्थाबारे विश्वका विभिन्न मुलुकमा जानकारी दिनुका साथै नेपाल र अन्य देशको अवस्थाबारे तुलानात्मक समीक्षाको अवसर प्राप्त गरेको बताइन्। कानूनी व्यवस्थाका आधारमा नेपाल एशियाली र अफ्रिकी मुलुकको तुलनामा निकै माथि रहेको राणाको बुझाइ छ। “तर, नेपालमा कानूनको कार्यान्वयमा भने चुनौती नै छ,” उनको अनुभवले भन्छ।

नेपालका तर्फबाट सिड सदस्यमा निर्वाचित हुने पहिलो व्यक्ति राणासँग तीन दशकभन्दा लामो समयदेखि महिला सशक्तीकरणको क्षेत्रमा काम गरेको अनुभव छ। सिड सदस्यको हैसियतमा हाल राणा नेपालसहित विश्वका ७० देशमा महिला र बालबालिकाको अवस्थाबारे प्रत्यक्ष काम गरिरहेकी छिन्।

समाज

प्रकाशित: सोमबार, मंसिर ८, २०७७ २०:४२
सारांशमा :
  • संयुक्त राष्ट्रसंघीय समिति (सिड)को सदस्यमा चुनिने राणा पहिलो नेपाली हुन्।
  • सिड सदस्यका रूपमा राणाले नेपालसहित ७० देशमा महिला र बालबालिकाको अवस्थाबारे प्रत्यक्ष काम गरिरहेकी छिन्।
  • अन्य थुप्रै देशको तुलनामा मानव अधिकार र महिला अधिकारको क्षेत्रमा नेपाल धेरै अघि रहेको राणाको बुझाइ छ।
पूरा पढ्नुहोस्

सिफारिस