२०७७ माघ ११, आईतबार

कोरोनाबाट ५० हजारभन्दा बढीको मृत्यु हुने इटाली युरोपको दोस्रो राष्ट्र

काठमाडौं। कोरोना भाइरसको संक्रमणका कारण ५० हजारभन्दा बढीको मृत्यु हुने इटाली युरोपको दोस्रो राष्ट्र बनेको छ।

सोमबार रातिसम्म इटालीमा कोरोनाका कारण ५० हजार ४५३ जनाले ज्यान गुमाइसकेका छन्। पछिल्लो २४ घण्टामा मात्र इटालीमा कोरोनाका कारण ६३० जनाको मृत्यु भएको थियो। 

यसअघि बेलायतमा कोरोनाका कारण मर्नेको संख्या ५० हजार नाघेको थियो। बेलायतमा हालसम्म कोरोनाबाट मर्नेको संख्या ५५ हजार २३० रहेको छ।
 
वर्ल्डोमिटर्सको तथ्यांकअनुसार इटालीमा कोरोना संक्रमितको कूल संख्या १४ लाख ३१ हजार ७९५ पुगेको छ। सोमबार मात्र इटालीमा २२ हजार ९३० जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका थिए।

इटालीमा रहेका कोरोना संक्रमितमध्ये हालसम्म ५ लाख ८४ हजार ४९३ जना निको भइसकेका छन्। अहिले इटालीमा सक्रिय कोरोना संक्रमितको संख्या ७ लाख ९६ हजार ८४९ रहेको छ। सक्रिय संक्रमितमध्ये तीन हजार ८१० जनाको अवस्था गम्भीर रहेको जनाइएको छ।

६ करोड चार लाख २६ हजार १९५ कूल जनसंख्या रहेको इटालीमा हालसम्म कोरोना भाइरस संक्रमणको आशंकामा दुई करोड पाँच लाख ३७ हजार ५२१ जनाको स्वास्थ्य परीक्षण गरिसकिएको छ।

अन्तर्राष्ट्रिय कोभिड–१९ महामारी

कोरोनाबाट ५० हजारभन्दा बढीको मृत्यु हुने इटाली युरोपको दोस्रो राष्ट्र

प्रकाशित: मंगलबार, मंसिर ९, २०७७ ०८:००
सारांशमा :
  • इटालीमा कोरोनाका कारण ५० हजार ४५३ जनाले ज्यान गुमाइसकेका छन्।
  • यसअघि बेलायतमा कोरोनाका कारण मर्नेको संख्या ५० हजार नाघेको थियो।
  • इटालीमा कोरोना संक्रमितको कूल संख्या १४ लाख ३१ हजार ७९५ पुगेको छ।
पूरा पढ्नुहोस्

सिफारिस