२०७७ माघ ३, शनिबार

प्रचण्डले ‘आरोप पत्र’लाई पुस्तक बनाई तल्ला कमिटीमा पठाएपछि नेपाल असन्तुष्ट

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ‘राजनीतिक दस्तावेज’ भन्दै सचिवालय बैठकमा पेश गरिएको ‘आरोप पत्र’ प्रकाशन गरेर तल्लो कमिटीमा पठाएपछि वरिष्ठ नेता माधवकुमार नेपाल असन्तुष्ट बनेका छन्।

गत कार्तिक २८ गते कार्यकारी अध्यक्ष प्रचण्डले पेश गरेको ‘आरोप पत्र’को जवाफ प्रधानमन्त्री ओलीले मंसिर १३ को सचिवालयमा बैठकमा पेश गर्नु अघि नै पुस्तकका रुपमा प्रकाशन गरेर पठाएको भन्दै नेपाल असन्तुष्ट बनेका हुन्।

"प्रधानमन्त्रीको जवाफ नआईकन पुस्तकको रुपमा प्रकाशन गरेर तल्लो कमिटीमा पठाएपछि वरिष्ठ नेता नेपालले घोर आपत्ति जनाउनु भएको छ’’ नेपाल निकट एक नेताले भने, ‘‘सचिवालयले कुनै निर्णयमा नपुग्दै प्रकाशन गरेर कमिटीगत रूपमा तलसम्म लगे पछि उहाँले त्यसलाई रोक्न भन्नु भएको छ।’’

उनका अनुसार बिना सल्लाह कार्यकारी अध्यक्ष प्रचण्डले एकलौटी रूपमा आरोपपत्रलाई तल्लो तहको कमिटीमा लगेपछि त्यसलाई रोक्न निर्देशन दिएका छन्।

कार्यकारी अध्यक्ष प्रचण्डले गत कार्तिक २८ गते पेश गरेको २८ पृष्ठ लामो ‘आरोप पत्र’ मात्रलाई पुस्तकको आकार दिई प्रदेश र जिल्ला कमिटीमा पठाएका थिए।

त्यसमा वरिष्ठ नेता नेपालले आपत्ति जनाए पछि पुन: कात्र्तिक २२ गते सचिवालय बैठक बोलाउन दिएको निवेदन, प्रचण्डको सवालजवाफ लगायतलाई पनि समेटेर सोमवार पुन:प्रकाशन गरिएको थियो, स्रोतले भन्यो।

‘‘प्रचण्डको कदमले पार्टी बिभाजनतर्फ लैजान्छ, त्यसलाई तत्काल रोक्नु पर्छ भन्नु भएको छ,’’ नेपाललाई उद्धृत गर्दै स्रोतले भन्यो, ‘‘मैले त ओलीको कार्यशैली सच्चाउने तथा पार्टीलाई विद्यि, पद्धती र कमिटीसम्मत तरिकाले चलाउने भनेको मात्रै हो, पुस्तक नै प्रकाशन गरेर कार्यकर्तालाई वितरण गरेपछि यसले समस्या ल्याउँछ।’’

उनका अनुसार सचिवालय बैठकले कुनै पनि निष्कर्ष ननिकाले सम्म यस्ता गतिविधि रोक्न पर्ने नेपालको माग छ।

राजनीति

प्रकाशित: मंगलबार, मंसिर ९, २०७७ १२:१५
सारांशमा :
  • प्रचण्डले ‘राजनीतिक दस्तावेज’ भन्दै सचिवालय बैठकमा पेश गरेको ‘आरोप पत्र’ प्रकाशन गरेर तल्लो कमिटीमा पठाउन सुरु गरे।
  • सचिवालय बैठकमा कुनै पनि निर्णय नभएसम्म जिल्ला कमिटी र प्रदेश कमिटीमा पठाउने कामले विभाजनतर्फ लैजाने नेपालको निष्कर्ष।
  • माधव नेपालले पुस्तक रूपमा प्रकाशन गरी वितरण गर्ने काम रोक्न प्रचण्डलाई निर्देशन।
पूरा पढ्नुहोस्

सिफारिस