२०७७ माघ ५, सोमबार

ढुङ्गेधारासँगै मेटिँदै छ इतिहास र संस्कृति

टिस्टुङ। संस्कृति र  सभ्यताको  चिनोका  रूपमा र हे का मकवानपुरको थाहा नगरपालिकाका ऐतिहासिक तथा कलात्मक ढुंगेधाराहरू लोप हुने अवस्थामा पुगेका छन्। विभिन्न समयको बाढी-पहिरो, भूकम्पले बिगारेका धाराहरू आर्थिक श्रोतको अभाव र स्थानीयमा संरक्षण भावको अभावका कारण यस्तो हुन पुगेको हो। यसका साथै राजकुलो संरक्षणको अभाव, खानेपानीको नयाँ प्रविधिको विकास र उचित सरकारी योजनाको अभावमा थाहा नगरका ढुंगेधाराहरू लोप हुने स्थितिमा पुगेका हुन्।

थाहा नगरपालिकामा रहेका कतिपय लिच्छविकालीन ढुंगेधाराहरू आफै तिर्खाएको अवस्थामा छन् भने कतिपयमा तिरतिर पानी झर्ने भए पनि प्रयोगमा आउन सकेको छैनन्। यसरी यहाँका ढुंगेधाराहरू अहिले अस्तित्वमा नै छैनन् भन्दा पनि हुन्छ।

अस्तित्वको सङ्कटमा परेका समेत गरेर थाहा नगरपालिकाका ३५ स्थानमा ४६ भन्दाबढी परम्परागत ढुंगेधारा रहेका छन्।

थाहा नगरपालिकामा प्राचीन नेवार बस्तीहरू रहेको ठाउँमा ढुंगेधाराहरू रहेको पाइएको छ। वडा नं १ को कुन्छाल, कुलगाउँ र ओखरबजारस्थित नेवार बस्तीमा ऐतिहासिक ढुंगेधाराहरू रहेका छन्। त्यसै गरी, वडा नं २ को पालुङ सहर, वडा नं ३ को गोपाली बस्ती, वडा नं ६ को पापुङ, कोट डाँडा, नारायणथान, ढल्ट, भूतडाँडामा परम्परागत ढुंगेधाराहरू रहेका छन्।

वडा नं ९ चित्लाङको टुपीखेल, कुचुबु, माझगाउँ, गोल भाः, कुश्लेचौर, नयाँ पौवा र सिरान पौवामा ऐतिहासिक ढुंगेधाराहरू रहेको स्थानीय जानकार शान्तलाल नेवाः बताउँछन्। त्यसै गरी, वडा नंं १० को विसिङ्खेल, न्हुल गाउँ, तल्लो बिसिङ्खेल, टौखेल, कलाँटो र सिसिण्डोलमा ढुंगेधाराहरू रहेका छन्। 

वडा नं. १ कुन्छालस्थित ऐतिहासिक गोपालीबस्तीमा रहेको ढुंगेधारामा राखिएको शिलालेखअनुसार सो ढुंगेधारा नेपाल संवत् ८३३ मा निर्माण गरिएको थियो। फोसिँ मि परिवारले निर्माण गरेको हुँदा सो धारालाई स्थानीयहरूले फोसिँ हिटी भन्ने गर्दछन्। कुशेऔँशीको अघिल्लो दिन जुवा चेँ अर्थात् नारायण देवता उत्पन्न भएको दिन मानेर स्थानीयहरूले हरेक वर्ष ढुंगेधारामा पूजा गर्ने गर्दछन् भने पूजापछि भोजसमेत गर्ने गरेको स्थानीय शिक्षक निराजन गोपाली बताउँछन्। 

सो दिन गाउँका सबैले त्यही धारामा नुहाउने गरेको प्रचलनसमेत छ। वि.सं. २०७२ को विनाशकारी भूकम्पले मुहानमा पानी सुकेपछि ढुंगेधारामा पनि पानी बग्न छोड्यो। त्यस धारामा यस वर्षबाट पुनः तिरतिर पानी झर्न त थालेको छ तर पहिलेजस्तो भने आउँदैन।

कुन्छालकै अर्को टोलमा रहेको ऐतिहासिक ढुंगेधारा अहिले अस्तित्वमै छैन। ग्रामीण सडक निर्माणको क्रममा गत वर्ष उक्त धारा पुरिएपछि ढुंगा निकालेर राखिएको छ। गाउँमा भित्रिने प्रत्येक नवदुलहीले पहिलोपटक सो धारामा नुहाउनै पर्छ भन्ने मान्यता रही आएको छ। ढुंगेधारा मासिएपछि अहिले नवदुलही नुहाउने प्रचलन पनि हराएको निराजन गोपाली बताउँछन्।

थाहा नगरिपालिका-१ को कुलगाउँमा ढुंगेधारा रहेकोले सो टोललाई अहिले पनि मानिसहरूले हि छेँ भन्दछन्। नेवारी भाषामा हि छेँ भन्नाले धाराटोल भन्ने बुझिन्छ, तर अहिले टोलमा ढुंगेधारा देख्न सकिँदैन। थाहा-१ का वडाअध्यक्ष हेरमान गोपालीका अनुसार पानी खस्ने कलात्मक ढुंगा निकालेर राखिएको छ।

वडा नं. १ कै ओखरबजारमा पाँचवटा ढुंगेधारा रहेकोमा तीनवटामा पानी आउँदैन। ओखरबजारस्थित नारायणथानमा रहेको कलात्मक ढुंगेधारा सुकेको छ भने कलात्मक ढुंगाको छेउमा स्थानीयहरुले कहिलेकाहीँ हँसिया उध्याउने गरेका छन्। पहिले गाउँभरिका मानिसहरुलाई पानी पुर्‍याउने सो धारामा पानी सुकेको २५ वर्षभन्दा बढी भएको स्थानीय गणेशमान श्रेष्ठ बताउँछन्। 

ओखरबजारकै अर्को टोलमा रहेको जोर ढुंगेधारामा खलल पानी आउने भए पनि स्थानीयहरूले सो पानी पिउन छोडेका छन्। वि.सं. २०५० मा आएको बाढीले धारा नै बगाएपछि २०६२ सालमा अर्को धारो बनाएर पानी खसालिएको छ। ओखरबजारकै गणेशथानमा रहेका दुईवटा धारा पानीको अभावमा काकाकूल बनेका छन्।

ग्रामीण सडक निर्माणको क्रममा गत वर्ष कुन्छालकै अर्को टोलमा रहेको ऐतिहासिक ढुंगेधारा पुरिएपछि ढुंगा निकालेर राखिएको छ।

थाहा नगरपालिका वडा नंं. २ स्थित पालुङ सहरमा रहेका २ वटा ढुंगेधारा जीर्ण अवस्थामा पुगेका छन्। स्थानीय तोयापानी प्रधानले ४२ मौजाका जिम्मावाल रहेको बेला २००२ सालमा सो ढुंगेधारा निर्माण गरेका थिए। दुवै धारा सुकेर जीर्ण भएपछि अहिले बागमती प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयको सहयोगमा संरक्षण योजना अघि सारिएको राजु नापित बताउँछन्।

ऐतिहासिक गोपालीहरूको बस्ती शुरु भएकै बेलातिर निर्माण गरिएको मानिएको थाहा-३ को सेतीगणेश मन्दिरसँगै रहेको ऐतिहासिक ढुंगेधारालाई भने स्थानीयहरूले सदुपयोग गरिरहेका छन्। वि.सं. १९९० मा गएको विनाशकारी भूकम्पले मन्दिर भत्किएपछि १९९३ सालमा पुनर्निर्माण गरिएको थियो। स्थानीयहरूले धाराको संरक्षण गरिरहे पनि सोही ठाउँमा रहेको मन्दिर, भजन पाटी र बस्तीलाई समेत समेटेर सम्पदा संरक्षणको कार्यक्रम सञ्चालन गर्नुपर्ने स्थानीय सकुन्तला गोपालीको भनाइ रहेको छ।

थाहाको वडा नं. ६ स्थित नारायण थानमा रहेको ढुंगेधाराको पानी अहिले पनि स्थानीय कुश्ले थरीकाहरूले प्रयोग गर्ने गर्दछन्। ढल्ट र पापुङको माथिल्लो टोलमा रहेका धाराहरूमा पनि पानी छ तर उचित संरक्षणको अभाव छ। कोटडाँडा र भूतडाँडामा धारा रहेपनि पानी आउँदैन। जरुङखोलामा रहेको कलात्मक ढुंगेधारा माथिबाट लेदो माटो बगेर पुरिएको अवस्थामा छ भने पापुङमा रहेको पुरानो धारा जीर्ण बनेको छ। कलात्मक धारा निकालेर राखिएको छ भने धारा रहेको स्थान झारले पुरिएको अवस्थामा छ। त्यससँगै रहेको अर्को ढुंगेधारा लोप नै भइसकेको स्थानीय ७७ वर्षीय ओमकृष्ण महर्जनले जानकारी दिएका छन्।

महर्जनका अनुसार गाउँभरिका मानिसहरूले पानी पिउने ‘पुरानो धारा’ कहिले निर्माण भयो भन्ने कसैलाई थाहा छैन। उनको पुर्खाकै पालादेखि जनैपूर्णिमामा ढुंगेधाराको पूजा गर्ने गरिन्थ्यो। धारामाथि दुईवटा मूर्तिसमेत रहेको सो ढुंगेधारामा माटोकै पाइपबाट पानी ल्याएर खसालिएको थियो। पापुङको माथिल्लो टोलमा रहेको च्वे हिटी अर्थात् माथिको धारा पञ्चायतकालमा प्रधानपञ्चको घरबाट ढुंगेधारा ल्याएर निर्माण गरिएको ७२ वर्षीय मंगलदास बलामी बताउँछन्।

थाहा नगरपालिकाको वडा नं. ९ चित्लाङ सात धारा, गुर्जुधारा र पाँच धारा आदिले प्रख्यात छ। स्थानीय खोजकर्ता एवं जानकार शान्तलाल नेवाःका अनुसार टुपीखेलमा रहेको २ वटा ढुंगेधारा लिच्छवी राजा अंशुवर्माका छोरा उदयदेवले निर्माण गरेका थिए। 

नेपाल संवत् ९१४ मा राजाराम भन्ने व्यक्तिले सो ढुंगेधाराको जीर्णोद्वार गरेका थिए। मूर्तिहरू र धर्मशालासमेत रहेको ढुंगेधारामा २०७२ सालको भूकम्पपछि पानी सुकेकामा अहिले फेरि पानी आउन थालेको छ। टुपीखेलनजिकै देउला टोलका मानिसहरूले प्रयोग गर्ने एउटै मुहान भएको पाँचधारा रहको छ। वि.सं. २०७२ को भूकम्पका कारण पाँचओटा धाराको श्रोतको पानी जमिनमुनि दबिएपछि स्थानीय पाँचधारा देउला समाज समितिले उत्खनन् गरी संरक्षण गरेको छ। अहिले पाँचवटै धारामा पानी आइरहेको छ।

थाहा-९ को कुचुवुमा रहेको नारायण हिटी नेपाल संवत् ६०० तिरै निर्माण गरिएको मानिन्छ। १५ औँ शताब्दीमा पाटनका राजा विष्णुसिंह महापात्रले नारायण हिटी निर्माण गरेको शान्तलाल नेवाः बताउँछन्। स्थानीयहरूले सो धाराको सदुपयोग गरिरहेका छन्। धारानजिकै नारायणको मन्दिर पनि छ। 

थाहाको चित्लाङस्थित माझगाउँ ढुंगेधारा र गोल भाःको सातधारा निकै ऐतिहासिक मानिन्छ। राजा अंशुवर्माका छोरा उदयदेवको शिलालेख चित्लाङमा भेटिएकाले यी धाराहरू पनि त्यसैबेला बनेको स्थानीयहरूको अनुमान छ। 

काठमाडौँको स्वशासित क्षेत्रका रूपमा रहेको चित्लाङ-टिस्टुङ-पालुङ क्षेत्रको राजकाज गर्ने गरी राजा उदयदेवले हाल सातधारा रहेको क्षेत्रमा दरबार बनाएको र सोही क्रममा सात धारा निर्माण गरेको शान्तलाल नेवाः बताउँछन्। 

पौराणिक कथनअनुसार भने द्वापर युगमा शोणितपुर भनिने हालको थानकोट क्षेत्रलाई राजधानी बनाएर राजा वाणासुरले शासन गर्दथे। वाणासुर आफ्नो रानीसहित मेल चोँ अर्थात् मृगस्थली डाँडामा विहार गर्न आउने क्रममा उहाँकी पुत्री उषामायालाई स्नान गर्नका लागि सातधारा निर्माण गरिएको थियो।

चित्लाङको नयाँ पौवा र सिरान पौवामा पनि ढुंगेधाराहरू रहेका छन्। शिवरात्रिमा यात्रीहरूलाई सर्वत दान गर्ने भएकोले यसलाई सरावत पौवा भनिन्छ।

महाकवि लक्ष्मीप्रसाद देवकोटाले उहाँको चर्चित ‘यात्री’ कविता चित्लाङको सिरान पौवास्थित गुर्जुधारामा बसेर लेखेको मानिन्छ। 

सिरान पौवाको ढुंगेधारा राजा पृथ्वीनारायण शाहका प्रमुख सेनापति अभिभानसिंह बस्न्यातको निधनपछि उनकी श्रीमतीले निर्माण गरेको मानिन्छ। सो ढुंगेधारा गुर्जुधाराको नामले प्रख्यात छ। परापूर्व कालदेखि ‘गुरुज्यू’हरुले स्नान गर्ने भएकोले यो धारालाई गुर्जुधारा भनिएको स्थानीय बुद्धिजीवी बुधरत्न मानन्धर बताउँछन्।

महाकवि लक्ष्मीप्रसाद देवकोटाले उहाँको चर्चित ‘यात्री’ कविता सोही ढुंगेधारामा बसेर लेखेको मानिन्छ। 

प्रदेश सरकारअन्तर्गत सिँचाइ डिभिजन कार्यालयले गुर्जुधारा, सातधारा र चित्लाङ राजकुलोको जीर्णोद्धार शुरु गरेको छ।

थाहा-९ को कुश्लेचौरमा पनि सरस्वती र गणेशको मूर्तिसहितको कलात्मक ढुंगेधारा रहेको छ।

थाहा-१० को प्रशिद्ध चम्पाकेश्वर मन्दिरसँगैको ढुंगेधारा अहिले लोप भइसकेको छ। कलाँटोमा पानी खस्ने ढुंगा निकालेर राखिएको छ भने टौखेल र सिसिण्डोलमा रहेको ढुंगेधाराबाट पानी झरिरहेको छ। तल्लो बिसिङ्खेलमा रहेको ढुंगेधारामा पाँच वर्षपछि पानी आएको छ। 

वि.सं. २०७२ को विनासकारी भूकम्पसँगै विसिङ्खेलको ढुंगेधारामा पानी सुकेको थियो। रूपासे खोलास्थित मुहानमा पानी आएसँगै ढुंगेधारामा पनि पानी आउन थालेको स्थानीय बासिन्दाले बताएका छन्। ढुंगेधारानजिकै नागको थान रहेको र नजिकै दुईवटा ढुंगेधारा रहनुले स्थानीयले यो धारालाई विशेष महत्त्वको रूपमा लिँदै आएका छन्। दुईमध्ये एउटा धारा बाढीले पुरेर लोप भइसकेको छ। थाहा नगरपालिकाका प्रमुख लवशेर विष्टले नगरको ऐतिहासिकता बोकेका परम्परागत ढुंगेधाराहरूको उचित संरक्षण गरिने बताउएका छन्।

रासस

जीवनशैली विचार / अन्तर्वार्ता फिचर

ढुङ्गेधारासँगै मेटिँदै छ इतिहास र संस्कृति

प्रतिनिधिमूलक तस्बिर। साैजन्य - विकिपिडिया
प्रकाशित: मंगलबार, मंसिर ९, २०७७ १९:४९
सारांशमा :
  • थाहा नगरपालिकामा रहेका कतिपय लिच्छविकालीन ढुंगेधाराहरू आफै तिर्खाएको अवस्थामा छन् भने कतिपयमा तिरतिर पानी झर्ने भए पनि प्रयोगमा आउन सकेको छैनन्।
  • ग्रामीण सडक निर्माणको क्रममा गत वर्ष कुन्छालकै अर्को टोलमा रहेको ऐतिहासिक ढुंगेधारा पुरिएपछि ढुंगा निकालेर राखिएको छ।
  • अस्तित्वको सङ्कटमा परेका समेत गरेर थाहा नगरपालिकाका ३५ स्थानमा ४६ भन्दाबढी परम्परागत ढुंगेधारा रहेका छन्।
  • ओखरबजारकै गणेशथानमा रहेका दुईवटा धारा पानीको अभावमा काकाकूल बनेका छन्।
  • काठमाडौँको स्वशासित क्षेत्रका रूपमा रहेको चित्लाङ-टिस्टुङ-पालुङ क्षेत्रको राजकाज गर्ने गरी राजा उदयदेवले हाल सातधारा रहेको क्षेत्रमा दरबार बनाएका थिए। 
  • महाकवि लक्ष्मीप्रसाद देवकोटाले उहाँको चर्चित ‘यात्री’ कविता चित्लाङको सिरान पौवास्थित गुर्जुधारामा बसेर लेखेको मानिन्छ। 
पूरा पढ्नुहोस्

सिफारिस