२०७७ माघ १०, शनिबार

नेकपा न फुट्छ न जुट्न सक्छ, यस्तै लम्बिन्छ : पुरञ्‍जन आचार्य

काठमाडौं। राजनीतिक विश्लेषक पुरञ्जन आचार्यले अहिलेकै अवस्थामा नेकपा नफुट्ने बताएका छन्। 

"अहिले नेकपा फुटे आगामी निर्वाचनमा धेरै मत गुम्छ, पूर्वएमालेहरूका केपी ओलीसँग असन्तुष्‍टि छन् तर पार्टी फुटाएर प्रचण्डको अण्डरमै जान चाँहदैनन्", आज देखापढीसँग कुरा गर्दै आचार्यले भने, "प्रधानमन्त्रीलाई पदबाट हटाउन धेरै ठूलो शक्ति निर्माण गर्नुपर्ने हुन्छ। नेकपा असन्तुष्ट पक्ष, कांग्रेस र जसपा समेतले साथ दिनु पर्छ, त्यो अवस्था आजै सिर्जना हुन सक्दैन। त्यसैले नेकपा फुट्दैन।"

पार्टीभित्रको झगडा केही समय लम्बिने र पार्टीको एकता महाधिवेशन वा आगामी निर्वाचन सम्म झगडाकै बीच नेकपा अगाडि बढ्ने आचार्यको विश्लेषण छ। 

"प्रधानमन्त्रीसँग माधवकुमार नेपाल, झलनाथ खनाल, भीम रावल, बामदेवको थुप्रै असन्तुष्टि छन् तर पार्टी फुटाएरै जान चाँहदैनन्", उनले भने। 

प्रचण्डलाई ओलीले पस्केको मानो खान साँचिक्कै गाह्रो भएको भन्दै विश्लेषक आचार्यको भनाइ छ। 

आचार्यले भने, "नेकपामा अब प्रचण्डलाई पार्टी सञ्‍चालनका लागि बलियो बनाउने सम्भावना छ। तर, माधवकुमार नेपालको पुरानो असन्तुष्टि हो यो व्यवस्थापन गर्न नेकपामा गाह्रो हुन्छ। त्यसकारण नेकपा न फुट्छ न नेकपाको विवाद समाधान हुन्छ।"

राजनीति

नेकपा न फुट्छ न जुट्न सक्छ, यस्तै लम्बिन्छ : पुरञ्‍जन आचार्य

प्रकाशित: बुधबार, मंसिर १०, २०७७ १३:४४
सारांशमा :
  • "प्रधानमन्त्रीसँग माधवकुमार नेपाल, झलनाथ खनाल, भीम रावल, बामदेवको थुप्रै असन्तुष्टि छन् तर पार्टी फुटाएरै जान चाँहदैनन्।"
  • प्रधानमन्त्रीलाई पदबाट हटाउन धेरै ठूलो शक्ति निर्माण गर्नुपर्ने उनको विश्‍लेषण छ। 
  • "प्रचण्डलाई ओलीले पस्केको मानो खान साँचिक्कै गाह्रो भएको छ।"
पूरा पढ्नुहोस्

सिफारिस