२०७७ माघ ११, आईतबार

फिफा वर्ष खेलाडीको मनोनयनमा लिभरपुलको वर्चस्व

काठमाडौँ। विश्व फुटबलको सर्वोच्च निकाय फिफाले सार्वजनिक गरेको उत्कृष्ट वर्ष खेलाडीको मनोनयनमा इङ्लिस प्रिमियर लिगको क्लब लिभरपुलका खेलाडीले वर्चस्व जमाएका छन्।

सार्वजनिक ११ खेलाडीको सूचीमा लिभरपुलबाट चार खेलाडी परेका छन्। प्रिमियर लिगको साविक विजेता लिभरपुलबाट भर्जिल भान डाइक, थियागो एलकान्ट्रा, सडियो माने र मोहम्मद सालाह परेका छन्। भान डाइक गत वर्षको उपविजेता पनि हुन्। 

लिभरपुलका चार खेलाडीबाहेक गत वर्षको विजेता लियोनल मेसी, दुई पटकको अवार्ड विजेता क्रिष्टियानो रोनाल्डो पनि ११ जनाको सूचीमा छन्। त्यस्तै पेरिस सेन्ट जर्मेन (पीएसजी)बाट नेइमार र केलियन एमबाप्पे परेका छन्। 

च्याम्पियन्स लिग विजेता बायर्न म्युनिखबाट फरवार्ड रोबर्ट लेवन्डोवस्की मात्र परेका छन्। लिभरपुलका थियागो एलकान्ट्रा गत सिजन बायर्नमै थिए। गत सिजनको अन्त्यसँगै लिभरपुल गएका हुन्। 

प्रिमियर लिगकै अर्को क्लब म्यानचेस्टर सिटीका मिडफिल्डर केभिन डी ब्रयना र स्पेनिस ला लिगाको क्लब रियाल मड्रिडका कप्तान सर्जियो रामोस पनि ११ जनाको मनोनयनमा परेका छन्। 

फ्रान्स फुटबलले बालोन डी’अर अवार्ड २०२० स्थगित गरेको थियो। तर भने फिफाले गत सातामात्र यस अवार्ड कार्यक्रम १७ डिसेम्बरमा भर्चुअल गर्ने निर्णय गरेको हो। 

लिभरपुलका गोलकिपर एलिसन बेकर पनि ६ उत्कृष्ट गोलकिपरको सूचीमा पर्न सफल भएका छन्। उत्कृष्ट गोलकिपरमा रियाल मड्रिडका गोलकिपर थिवाउट कोर्तुवा, पीएसजीका केलर नाभास, बायर्नका म्यानुअल नुयुर, एट्लेटिको मड्रिडका जन ओब्लाक र बार्सिलोनाका मार्क–आन्द्रे टेर स्टेगन छन्। 

फिफाले सार्वजनिक गरेको उत्कृष्ट प्रशिक्षकको सूचीमा लिड्स युनाइटेडका मार्सेलो विइल्साले स्थान बनाउँदा म्यानचेस्टर सिटीका पेप ग्वार्डिओलाको नाम अटेको छैन। विइल्सासँगै बायर्नका हान्सी फ्लिक, लिभरपुलका योर्गान क्लोप, सेभियाका युलियन लोप्तेगी र रियाल मड्रिडका जिनेदिन जिदान मनोनयनमा परेका छन्। 

खेलकुद

फिफा वर्ष खेलाडीको मनोनयनमा लिभरपुलको वर्चस्व

प्रकाशित: बुधबार, मंसिर १०, २०७७ १७:३०

सिफारिस