२०७७ माघ ३, शनिबार

स्कटल्यान्डमा महिनावारीमा प्रयोग गर्ने सामग्री निःशुल्क

एजेन्सी। महिनावारीको समय प्रयोग गर्नुपर्ने सामग्रीहरू निःशुल्क उपलब्ध गराउने विश्वकै पहिलो देशका रूपमा स्कटल्यान्डले नाम लेखाएको छ। 

स्कट्ल्यान्डको संसद (एमएसपी)ले मंगलबार सर्वसम्मतिबाट महिनावारीमा प्रयोग गर्ने सामग्रीहरू निःशुल्क उपलब्ध गराउने सम्बन्धी कानुन पास गरेको छ। 

संसदबाट कानुन पास भएपछि अब स्थानीय निकायले स्यानिटरी प्याडलगायत महिनावारीका समय महिलाहरूले प्रयोग गर्ने सामग्री आवश्यकता हुनेहरूका लागि निःशुल्क उपलब्ध गराउनुपर्नेछ। 

२०१६ देखि गरिबीविरुद्धका अभियान चलाइरहेकी लेबर पार्टीकी सांसद मोनिका लेननले यो प्रस्ताव संसदमा पेश गरेकी थिइन। प्रस्ताव पेश गर्ने क्रममा लेननले यो अत्यन्तै व्यावहारिक र प्रगतिशील कानुन भएको र कोरोना भाइरस महामारीका कारण यसको महत्त्व अझै बढेको बताइन।

“महामारीको कारण महिनावारी रोकिन्न। आवश्यकता पर्नेहरूसम्म हामीले महिनावारीको समय प्रयोग गर्नुपर्ने सामग्री पुर्याउन कहिल्यै पहल गरेनौँ,” उनले भनिन, “पिरिएड्स पोभर्टी (महिनावारी गरिबी) निवारणका लागि ठोस पहल गरिहाल्नुपर्छ। अन्यथा यसले स्वास्थ्य प्रणालीमा ठूलो समस्या ल्याउनेछ।”

प्रत्येक महिना पाँच दिनसम्म चल्ने महिनावारीको समय महिलाहरूले ट्याम्पन र स्यानिटरी प्याडजस्ता सामग्रीका लागि ८ पाउन्डसम्म खर्च गर्नुपर्छ। २ हजारभन्दा बढी महिलामा गरिएको एक सर्वेक्षणमा स्कटल्यान्डका विभिन्न स्कुल, कलेज तथा विश्वविद्यालयमा अध्ययनरत २५ प्रतिशतभन्दा बढीलाई महिनावारीको समय आवश्यक सामग्री खरिदका लागि रकम जुटाउन गाह्रो भइरहेको देखिएको थियो। 

समग्र बेलायतको हकमा १० प्रतिशत युवतीहरू महिनावारीको समय चाहिने सामग्री किन्न असमर्थ देखिएका छन् भने थप १५ प्रतिशत त्यसका लागि संघर्षरत पाइएका छन्। 

आर्थिकसँगै अन्य कारणले पनि महिलाहरूले महिनावारीको समय आवश्यक सामग्री प्रयोग नगरेको पाइएको छ। सर्वेक्षण प्रतिवेदनका अनुसार १४ देखि २१ वर्षका युवतीहरूमध्ये ७१ प्रतिशतले लाजका कारण महिनावारीको समय प्याड तथा टेम्पोन खरीद गर्न अप्ठेरो मान्ने गरेका छन्।

महिनावारीका कारण शिक्षामा परेको प्रतिकुल प्रभावलाई कम गर्न पनि कानुन आवश्यक भएको बताइएको छ। सर्वेक्षणमा सामेल युवतीहरूमध्ये आधाभन्दा बढीले महिनावारीको समय स्कुल छुट्ने गरेको गुनासो गरेका थिए।

संसदबाट पास भएको कानुन दुई वर्षभित्र व्यवहारमा लागु गरिसक्नु पर्नेछ। कानुन लागु भएपछि देशभित्रका सबै ३२ स्थानीय निकायले महिलाहरूका लागि महिनावारीको समयमा प्रयोग गर्न आवश्यक सामग्री आवश्यकता हुनेले सहजै पाउने व्यवस्था गर्नुपर्नेछ। त्यसका लागि सरकारले अन्य उत्पादनमा कर लगाउन सक्नेछ। 

स्कटल्यान्डको ग्लास्गोमा यसअघि पुरुषहरूका लागि निःशुल्क कण्डम उपलब्ध गराइने गरेको थियो।

अन्तर्राष्ट्रिय

स्कटल्यान्डमा महिनावारीमा प्रयोग गर्ने सामग्री निःशुल्क

प्रकाशित: बुधबार, मंसिर १०, २०७७ १८:११
सारांशमा :
  • महिनावारीमा महिलालाई आवश्यक सामग्री निःशुल्क दिने स्कटल्यान्ड विश्वकै पहिलो देश बनेको छ।
  • स्कटल्यान्डको संसदले त्यसका लागि कानुन पारित गरेको छ। 
  • स्कटल्यान्डको ग्लास्गोमा यसअघि नै पुरुषहरूलाई निःशुल्क कण्डम उपलब्ध गराइन्छ।
पूरा पढ्नुहोस्

सिफारिस