२०७७ माघ ३, शनिबार

जेनिफर लोपेजलाई वियोन्सको शैली नक्कल गरेको आरोप

सीएनएन। आइतबार राति अमेरिकन म्युजिक अवार्डमा गाउँदै नृत्य गर्दा गायिका जेनिफर लोपेजको कपाल, नृत्य र स्टेजमा प्रयोग गरिएको प्रकाशहरू पहिल्यैै नै परिचित भएजस्तो लाग्थ्यो।

ती चीजहरू सबै अरू कसैसँग मिल्न गए जस्तो!

गत आइतबार सम्पन्न अवार्ड कार्यक्रममा जेनिफर र मलुमाले सँगै गाउनुका साथै नृत्य पनि प्रस्तुत गरेका थिए। उनीहरूको नृत्य सकिनेबित्तिकै सामाजिक सञ्जालमा उक्त नृत्यका क्लिप्सहरू भाइरल बनिसकेका थिए।

भाइरल हुनुको कारण थियो– जेनिफरलाई समाजिक सञ्जालमा सन् २०१४ को ग्रामी अवार्डमा अर्की गायिका वियोन्स नलेसले दिएको प्रस्तुतीसँग तुलना गरिएको थियो। 

सन् २०१४ मा वियोन्सले पति जे–जेडसँग ‘ड्रङ्क इन लव’ गीत गाउँदै नृत्य प्रस्तुत गरेकी थिइन्। आइतबार अमेरिकन म्युजिक अवार्डमा जेनिफरले ‘पाती’ र ‘लोन्ली’ गीत प्रस्तुत गरेकी थिइन्। 

तर, सन् २०१४ मा वियोन्सको प्रस्तुतिमा जस्तो पोशाक, कपाल र स्टेजमा प्रकाशको प्रयोग गरिएको थियो, आइतबार जेनिफरको प्रस्तुतिमा त्यस्तै देखियो। यसै कारण धेरैले सामाजिक सञ्जालमा जेनिफरलाई वियोन्सको शैली नक्कल गरेको आरोपसमेत लगाए। 

मनोरञ्‍जन

जेनिफर लोपेजलाई वियोन्सको शैली नक्कल गरेको आरोप

प्रकाशित: बुधबार, मंसिर १०, २०७७ १९:४०
सारांशमा :
  • सन् २०१४ मा वियोन्सको प्रस्तुतिमा जस्तो पोशाक, कपाल र स्टेजमा प्रकाशको प्रयोग गरिएको थियो, आइतबार जेनिफरको प्रस्तुतिमा त्यस्तै देखियो।
पूरा पढ्नुहोस्

सिफारिस