२०७७ माघ ५, सोमबार

सुकेको नदीसँगै ओइलाएको अर्थतन्त्र

काठमाडौँ। क्याप्टेन रोबर्टो गोन्जालेजले २५ वर्षदेखि जहाज चलाइरहेका छन्, तर उनले आफ्नो जीवनमा पहिलोपटक यस्तो दृश्य देखे जुन उनले यसअघि कहिल्यै देखेका थिएनन्। 

राति उनले पराग्वे नदीको छेउमा चम्किरहेको रातो बत्ती देखे।

उनले आफ्ना साथीहरूलाई त्यो दृश्य देखाए, उनीहरू जहाज अड्याउने काम गर्न थालेका थिए। नदीको छेउमा देखिएको रातो बत्ती ती गोहीहरूको आँखा थियो, जुन रातमा उज्यालो परेपछि रातो देखिन्छ।

क्याप्टेन गोन्जालेजले बीबीसीसँग भने, ‘‘यसअघि मैले यस्तो कहिल्यै देखेको थिइनँ। अहिले गोही बस्ने स्थान सुकेको छ र यो जनावर पानीबाहिर आउन थालेको छ।’’ 

उनको इशारा हालको समयमा भयंकर सुक्खा बढ्दै गएको वातावरणका कारण प्रभावित हुन पुगेको पराग्वे नदीतर्फ थियो।

आठ महिना लामो सुक्खाका कारण उक्त नदीको जलस्तरमा ऐतिहासिक गिरावट आएको छ। अक्टोबरको अन्तिमसम्ममा नदीको जलस्तर यति घटेको छ कि इतिहासमै यो नदीमा यस्तो अवस्था आएको थिएन।

अमेरिकी स्पेस एजेन्सी नासाले जारी गरेको स्याटेलाइट तस्बिरले राजधानी असुनसियोन नजिक भएर बहने यो नदी वरपरका क्षेत्र निकै सुकेको देखाएको छ। पराग्वेका लागि यो चिन्ता बढाउने खबर थियो।

यो नदी देशका लागि कति अहम् छ भन्ने कुरा यसकै नामबाट मुलुकको नाम पराग्वे राखिएको तथ्यबाटै बुझ्न सकिन्छ। यो नदीलाई देशको लाइफलाइन अर्थात् जीवनरेखा मानिएको छ।

पराग्वेको नेसनल एडमिनिस्ट्रेसन अफ नेभिगेसन एन्ड पोटर््सका अनुसार अक्टोबर २५ मा असुनसियोन नदीको जलस्तर सामान्यभन्दा ५४ सेन्टिमिटर कम थियो। हल्का वर्षा भएपछि नोभेम्बरमा जलस्तर बढ्न गयो र सामान्यभन्दा १४ सेन्टिमिटर मात्रै कम हुन गयो।

पोटर््सका निर्देशक लुइस हारा यो अवस्थालाई चिन्ताजनक मान्छन्। केही दिनअघि जलस्तर बढेको देखिए पनि त्यो स्थायी नभएको उनको भनाइ छ। 

एक स्थानीय टेलिभिजनमा उनले भने, ‘‘जति वर्षा भयो, त्यसले बढाएको नदीको जलस्तर त्यो वर्षको आखिरी महिनासम्म कति बाँकी रहन्छ भन्ने सवाललाई लिएर हामी चिन्तित छौं। त्यो आँकडा झस्काउने खालको छ।’’

नदीमा जलस्तर बढ्नेप्रति आशावादी छन् उनी, तर जहाज चलाउन सकिने हुनुपर्ने उनको भनाइ छ। भन्छन्, ‘‘यसको अर्थ नदीमा पानी कम हुँदैन भन्ने होइन, हामीलाई वर्षाको खुब आवश्यकता छ।’’ 

यतिखेर पराग्वे नदीको जलस्तर कम्तीमा पनि २ं५ मिटरसम्म हुनुपर्ने मौसम विभागका निर्देशक राउल रोडोस बताउँछन्।

पराग्वे नदी नै देशको लाइफलाइन

त्यो देश चारैतिर जमिनले घेरिएको अर्थात् भूपरिवेष्टित छ। एकातिर बोलिभिया र अर्जेन्टिना छ भने अर्कोतिर ब्राजिल र तलपट्टि उरुग्वे छ।

पानीका लागि दक्षिण अमेरिकी देश पूर्ण रूपमा पराग्वे नदीमाथि निर्भर छन्। यही कारण यस नदीलाई जीवनदायिनी मानिएको हो। डेपुटी वाणिज्यमन्त्री पेड्रो मानसुलो भन्छन्, ‘‘हाम्रा लागि पराग्वे नदी एकमात्र सडक हो जसले हामीलाई समुद्रसम्म पु¥याउँछ। सुक्खाले यो सडक खराब बनाइदिएको छ।’’ 

नदी यसरी सुकेको छ कि अब त्यहाँ व्यापारिक ढंगमा पानीजहाज चलाउन सकिँदैन।

यो समस्या समाधान गर्न नसक्ने हो भने विकट परिस्थिति आउन सक्ने सरकारी अधिकारीहरू बताउँछन्। नदीको पानी सुक्नाले पराग्वे देशको अर्थतन्त्र नै ओइलाउन पुगेको छ।

वाणिज्य मन्त्रालयको आँकडा अनुसार २०१९ मा देशमा आयात गरिएको वस्तुको ५२ प्रतिशत हिस्सा र निर्यात गरिएको वस्तुको ७३ प्रतिशत सोही नदीको बाटोबाट ल्याउने–लैजाने काम भएको थियो।

पराग्वे संसारमै सबैभन्दा बढी कृषि उत्पादन निर्यात गर्ने मुलुकमध्येमा पर्छ। त्यो देशले ठूलो मात्रामा सोयाबिन निर्यात गर्छ र संसारकै सबैभन्दा ठूलो पानीजहाज पनि सोही मुलुकसँग छ।

किन सुक्यो नदी?

पराग्वेमा जलसंकट हुनुको कारण सीधै पेन्टानलमा भएको कम वर्षासँग जोडिन्छ। पेन्टानल संसारकै सबैभन्दा ठूलो उष्णकटिबन्धीय आद्र्रभूमि (वेटल्यान्ड्स) हो, जुन ब्राजिल, बोलिभिया र पराग्वेको विशाल क्षेत्रमा फैलिएको छ। वर्षा हुँदा पेन्टानलमा जुन पानी जम्मा हुन्छ, त्यो पराग्वे नदीमा पुग्छ। विगत केही महिनादेखि पेन्टानलमा पानी कम परेको छ र त्यो क्षेत्र जंगली आगोको चपेटामा पनि परेको थियो।

वेटल्यान्ड्समा सुक्खा हुनु कुनै नौलो कुरा होइन। तर, डर केमा छ भने, आगामी समय जलवायु परिवर्तन र मानवीय व्यवहारका कारण यसमा तीव्रता आउन सक्छ। चिन्ताको अर्को विषय अमेजनको जंगल फडानी पनि रहेको छ। यसको असर अमेजन बेसिनबाट हुने जलवाष्पमा पर्छ। यहाँबाट हुने जलवाष्प दक्षिण अमेरिकी देशहरूसम्म पुग्छ।

सोही क्षेत्रमा विशेषज्ञता हासिल गरेका ब्राजिली भूगोलबेत्ता मार्कोस रोजाले बीबीसीसँग भने, ‘‘डर के कुरामा छ भने, यो अब ‘न्यु नर्मल’ भएको छ अर्थात् यो कुरा अहिले तत्कालै परिवर्तन हुँदैन। वर्षौंदेखि मानिसले गरेको कामको नतिजा हो, वर्षाको चक्रमा परिवर्तन आउनु। सुक्खा आइरहेको छ र पेन्टानल नदीमा प्राकृतिक रूपमा बाढी आइरहेको छ।’’

दक्षिणी अमेरिकाको जलवायुमा एउटा अनौठो प्रकारको मौसमी परिवर्तन आइरहेको छ, त्यसलाई ‘ला निना’ भनिन्छ। विशेषज्ञहरूका अनुसार त्यसले स्थितिलाई थप गम्भीर बनाइदिएको छ।

रोकिएका जहाज, अर्थतन्त्रमा असर

पराग्वे नदीमा पानीको सतह कम भएपछि थुप्रै जहाजले आफ्नो काम रोकेका छन्। असुनसियोनमा रहेको पराग्वेको मुख्य बन्दरगाहबाट कतिपय जहाजले पहिलेभन्दा कम सामान बोकेर हिँडेका छन्।

आयात–निर्यात जारी राख्नका लागि सरकारले नदीको बाटोको सट्टा सडकमार्गबाट समुद्रसम्म पुग्ने विकल्प खोज्न थालेको छ। तर, पानीजहाजबाट भन्दा सडकमार्गबाट सामान ल्याउने–लैजाने गर्दा मूल्यमा ठूलो अन्तर परेको छ।

नदीमा जहाज चल्न नसक्दा विभिन्न कम्पनीले करोडौं डलर नोक्सान बेहोरेका छन्। देशको राजस्वमा गिरावट आएको छ।

यो समस्या समाधानका लागि पराग्वे नदीको केही महत्वपूर्ण स्थानमा गहिरो बनाउनु आवश्यक छ। तर, यस दिशामा काम सुरु हुन सकिरहेको छैन। देशले बजेट कोरोना महामारी नियन्त्रणमा खर्च गर्नुपरेका कारण यो काम हुन कठिन परेको सरकारी अधिकारीहरू बताउँछन्।

सरकारले नदी गहिरो पार्ने काम डिसेम्बरदेखि गर्ने बताएको छ। तर, यो काम निकै जटिल हुने पनि बताइएको छ।

पिउने पानीको अभाव

पानी जहाज चल्न नसकेको मात्र होइन पराग्वेमा पिउने पानीको समेत अभाव हुन थालेको छ। पराग्वे नदीको सतहमा आएको कमीका कारण घरघरमा वितरण गरिने पानीमा समस्या परेको छ।

जलवायु परिवर्तन प्रकृतिका साथै अर्थतन्त्रसँग पनि सीधै जोडिने विषय हो। पर्यावरण र विकासका बीच आवश्यक सामञ्जस्य कायम गर्न नसक्दा स्थिति जटिल बनेको हो। पराग्वे नदी सुक्नुलाई प्रकृतिले दिएको खराब भविष्यको संकेतका रूपमा हेरिएको छ।

(बीबीसी)

अर्थतन्‍त्र अन्तर्राष्ट्रिय

सुकेको नदीसँगै ओइलाएको अर्थतन्त्र

प्रकाशित: बुधबार, मंसिर १०, २०७७ २०:४०
सारांशमा :
  • अहिले गोही बस्ने स्थान सुकेको छ र यो जनावर पानीबाहिर आउन थालेको छ। क्याप्टेन गोन्जालेजको इशारा हालको समयमा भयंकर सुक्खा बढ्दै गएको वातावरणका कारण प्रभावित हुन पुगेको पराग्वे नदीतर्फ थियो।
  • पराग्वे नदी एक मात्र सडक हो, जसले समुद्रसँग जोड्छ। सुक्खाले यो सडक खराब बनाइदिएको छ। नदी यसरी सुकेको छ कि अब त्यहाँ व्यापारिक ढंगमा पानीजहाज चलाउन सकिँदैन।
  • जलवायु परिवर्तन प्रकृतिका साथै अर्थतन्त्रसँग पनि सीधै जोडिने विषय हो। पर्यावरण र विकासका बीच आवश्यक सामञ्जस्य कायम गर्न नसक्दा स्थिति जटिल बनेको हो।
पूरा पढ्नुहोस्

सिफारिस