२०७७ माघ ३, शनिबार

नारायणगढ पुगेका पूर्वयुवराज पारस अस्वस्थ

चितवन। पूर्वयुवराज पारस शाहको छातीमा समस्या आएपछि अस्वस्थ भएका छन्। नारायणगढस्थित एक होटलमा मङ्‍गलबार साँझ आएर बसेका शाहलाई आज साँझबाट छातीमा समस्या देखिएको हो।

शाह बिरामी भएपछि चितवन मेडिकल कलेजका मुटुरोग विशेषज्ञ डा. श्यामराज रेग्मीसहितको चिकित्सक टोलीले परीक्षण सुरु गरेको छ। रेग्मीका अनुसार उनलाई होटलमै ईसीजी गरिँदै छ।

यसैगरी, रगत परीक्षण गर्न लागेको उनले जानकारी दिए। रेग्मीले भने, “उहाँको स्वास्थ्य परीक्षण गरेर इसिजीलगायत परीक्षणका लागि हामी अस्पताल आएका छौँ। उहाँको अवस्थाका बारेमा केही बेरपछि भन्न सकिन्छ।” ईसीजी र रगत परीक्षणको नतिजा आएपछि छातीको समस्याबारे यकिन हुने उनले जानकारी दिए।

रेग्मीका अनुसार, शाहमा मुटुसम्बन्धी पुरानै समस्या रहेको थियो। सोही समस्या बल्झिएको अनुमान चिकित्सकले गरेका छन्। रासस

समाज

प्रकाशित: बुधबार, मंसिर १०, २०७७ २१:१८
सारांशमा :
  • पूर्वयुवराज पारस शाहको छातीमा समस्या आएपछि अस्वस्थ भएका छन्।
  • शाह बिरामी भएपछि चितवन मेडिकल कलेजका मुटुरोग विशेषज्ञ डा. श्यामराज रेग्मीसहितको चिकित्सक टोलीले परीक्षण सुरु गरेको छ।
पूरा पढ्नुहोस्

सिफारिस