२०७७ माघ ३, शनिबार

कोरोनाका कारण भारतका वरिष्ठ नेता पटेलको निधन

नयाँदिल्ली। भारतीय काँग्रेसका वरिष्ठ नेता अहमद पटेलको बुधबार निधन भएको छ। उनलाई कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको र शरीरका धेरै अंगले काम गर्न छाडेपछि निधन भएको परिवारजनले जनाएका छन्।

उनका छोरा फैसल पटेलले स्थानीय समयअनुसार बुधबार बिहान ३:३० बजे आफ्ना पिताको निधन भएको जानकारी दिए। पार्टीका शीर्ष रणनीतिकारसमेत मानिने ७१ वर्षीय नेता पटेलको अवस्था पछिल्लो केही दिनदेखि जटिल बन्दै गएको थियो।

उनलाई मेदान्त अस्पतालमा उपचार गराइएको थियो। यही नोभेम्बर १५ देखि उनको अवस्था बिग्रिँदै गएको परिवारजनले जनाएका छन्। उनका छोरा फैसलले सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन्, “मेरो पिता झण्डै एक महिना अगाडि कोरोनाभाइरसबाट सङ्क्रमित हुनुभएको थियो, आज उहाँको निधन भयो, म अल्लाहसँग उहाँको आत्मको शान्तिका लागि कामना गर्दछु।”

उनको निधनप्रति भारतका राष्ट्रपति, प्रधानमन्त्री, काँग्रेस प्रमुखलगायत विभिन्न नेता तथा सुवेच्छुक र इष्टमित्रहरुले दुःख व्यक्त गर्दै श्रद्धान्जलि प्रकट गरेका छन्। आफूहरुप्रति सहानुभूति प्रकट गर्ने सबैलाई उनका छोरा फैसलले धन्यवाद ज्ञापन गर्दै कोरोना भाइरसका बारेमा हेल्चेक्र्याई नगर्न पनि आग्रह गरेका छन्।

स्वर्गीय पटेल गुजरातबाट अहिले पनि राज्यसभा सदस्य थिए। योसँगै उनी आठ पटक सांसद भएका थिए। ती मध्ये पाँच पटक राज्यसभामा भएको थिए भने तीन पटक लोकसभामा निर्वाचित भएको थिए।

भारतीय राष्ट्रिय काँग्रेसका उनी अहिले पनि कोषाध्यक्ष थिए। अहिले उनको तेस्रो कार्यकाल चलिरहेको थियो। रासस/पीटीआई

अन्तर्राष्ट्रिय कोभिड–१९ महामारी

कोरोनाका कारण भारतका वरिष्ठ नेता पटेलको निधन

प्रकाशित: बुधबार, मंसिर १०, २०७७ २१:४३
  • भारतीय काँग्रेसका वरिष्ठ नेता अहमद पटेलको बुधबार निधन भएको छ।
  • लाई कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको र शरीरका धेरै अंगले काम गर्न छाडेपछि निधन भएको परिवारजनले जनाएका छन्।
  • पार्टीका शीर्ष रणनीतिकारसमेत मानिने ७१ वर्षीय नेता पटेलको अवस्था पछिल्लो केही दिनदेखि जटिल बन्दै गएको थियो।

सिफारिस