आमाहरूका नाममा सानिया मिर्जाको खुल्लापत्र
काठमाडौं। भारतीय टेनिस खेलाडी सानिया मिर्जा अर्की खेलाडी सेरेना विलियम्सबाट अत्यधिक प्रभावित छिन्। यी दुवै विश्व नम्बर एक खेलाडी हुन्।
जब सानियाले डिस्कभरी प्लसमा ‘बिइङ सेरेना’ डक्युमेन्ट्री हेरिन् तब उनी त्यसबाट खुबै प्रभावित भइन् र आमाहरूका नाममा एक खुल्लापत्र लेखिन्।
२०२० को पूर्वार्द्धमा आमा बनेपछि सानियाले टेनिसको दुनियाँमा विजयी पुनरागमन गरिन्। शनिबार उनले होबार्ट इन्टरनेसनल विमेन्स डबल्समा युक्रेनी नाडिया किचेनोकसँग मिलेर खेल जितिन्।
हाल कुनै वरियतामा नरहेका यी जोडीले दोस्रो वरियताका पेङ सुआई र झाङ सुआईलाई सोझो सेटमा ६-४, ६-४ हराउँदै उपाधि कब्जा गरे। उपाधि यो जोडीको पहिलो हो भने मिर्जाको खेल करिअरमा ४२औं र किचेनोकको पाँचौ उपाधि हो।
मलाई लाग्छ, गर्भावस्था र एक शिशुको प्राप्तिले मलाई असल मानिस बन्न सिकाएको छ। गर्भावस्थापश्चात् आफ्नो आकार र रुपमा फर्कनु एउटा चुनौती हुन सक्छ, तर त्यसमा सेरेनाजस्ता महिला उदाहरण हुन सक्छन्।
६ वटा ग्रान्डस्लाम उपाधि तथा पद्मभूषण पाएकी मिर्जाले डिस्कभरी प्लसमा आएको डक्युमेन्ट्री बिइङ सेरेना हेरेपछि एक खुल्लापत्र लेखेकी हुन्। टेनिसमा विश्वमा नाम चम्काएकी मिर्जाले सबै आमाहरुलाई लेखेको पत्रः
प्रिय आमाहरु,
अक्सर भन्ने गरिन्छ, एक महिलालाई आमा बन्ने वा आफ्नो सपनाको पछि लाग्नेमध्ये एक चयन गर्नुपर्ने हुन्छ। आज, म आफ्नो यात्रा साझा गर्दै यो पत्र लेख्दै छु र सेरेना विलियम्स तथा उनको यात्रा जसले मलाई प्रेरणा दियो, त्यसबारे केही भन्दै छु।
ती सबै अद्भूत र मजबुत आमाहरुमा आफ्नो शब्द समर्पित गर्न चाहन्छु, जसले सपना देख्ने हिम्मत गरे र प्रत्येक दिन मातृत्व र आफ्नो काम (खेल वा अन्य पेशा–व्यवसाय) बीच सन्तुलन राख्ने प्रयत्न गरे।
संसार महिलालाई विशेष गरी गृहिणीका रूपमा चित्रित गर्छ। कुनै महिलाले दृढ संकल्पका साथ आफ्नो करिअरमा सफलता पाउँछ र सपना पनि साकार गर्छ भने त्यसलाई आश्चर्यका साथ हेरिन्छ। अनि जब खेलको कुरा आउँछ तब त झन् परिवारका कसैले पनि आफ्नी छोरीलाई व्यावसायिक खेलाडी बनाउँछु भनेर भन्दैन।
अवस्था थप जटिल बन्छ, जब महिला गर्भवती बन्छिन्। र, उनलाई आफू खेलमा फर्कन सक्छु कि सक्दिनँ भन्ने निश्चितता पनि हुँदैन।
तथापि, अहिले अवस्था केही फेरिएको छ। पछिल्ला समयमा थुप्रै आमाहरू टेनिसमा उच्च प्रतिस्पर्धा गरिरहेका छन्। म ढुक्कसँग भन्न सक्छु, गर्भवती भएपछि पनि टेनिस खेल्न सकिन्छ, उदाहरण म आफैं छु। मलाई विश्वास छ, थुपै महिला यहाँ साझा गरिएका कुरासँग सम्बन्धित छन्।
सेरेनालाई बुझ्नु, उनकै समयमा खेल्नु र उनकै वरिपरी रहनु अनि उनको मनोरञ्जनात्मक डक्युमेन्ट्री हेर्नुले सेरेनाको वास्तविकता झल्काउँछ। यसले उनको व्यक्तित्व राम्ररी देखाउँछ, उनको प्रतिस्पर्धी ताकत, धैर्य र विजयको यात्रा बुझाउँछ।
उनकै जसरी, गर्भावस्था एउटा यस्तो समय हो जसलाई मैले जीवनमा पहिलो पटक अनुभव गरेँ। मैले यसबारे सोचेको थिएँ र मलाई लाग्थ्यो, हामी सबैमा यसको सन्दर्भमा एक निश्चित बुझाइ छ। तर, जब तिमी यसलाई भोग्छौ तब वास्तविक अर्थ बुझ्छौ। यसले तिमीलाई पूर्णतः मानव बनाउँछ।
यो एउटा असाधारण कुरा हो। यसको अनुभव म महिलाहरुमा साझा गर्न चाहन्छु। यसले वास्तविक रूपमा तपाईंलाई आफ्नो र आफ्नो शरीरको सम्मान गर्न सिकाउँछ। साथै, निस्वार्थ प्रेम र स्वाभिमान पनि सिकाउँछ।

अधिकांशका लागि यो सामान्य लाग्न सक्छ, किनकि उनीहरूलाई अनुभूति हुँदैन आफ्नो शरीर गर्भावस्थामा र सुत्केरी भएपछि कस्तो भइरहेको छ भनेर! गर्भावस्थामा तौल २३ किलो वृद्धि भएपछि म पुनः फिट हुन्छु र टेनिस खेल्न सक्छु भन्ने निश्चित थिएन।
यद्यपी, मैले धेरै मेहनत गरेर, खानेकुरा मिलाएर करिब २६ किलो घटाएँ। र, टेनिसको दुनियाँमा फर्कन सकेँ। मलाई थाहा छ, म टेनिससँग प्रेम गर्थें र गरिहरहन्छु।
अन्त्यमा, मैले जब होबार्ट जितेँ त्यो रोमाञ्चित पार्ने घटना थियो। म गौरवान्वित छु आफैंसँग। मैले आफूलाई उच्च प्रतिस्पर्धामा उभ्याउन सकेँ र मनोवैज्ञानिक रुपमै आफूलाई त्यसका निम्ति तयार पारेँ।
कहिलेकाहीँ आफ्ना आशा पूरा गर्न निकै कठिन पर्छ। तर, हाम्रो परिवारको सहयोग तथा खेलप्रतिको आफ्नो विश्वासले त्यसलाई सन्तुलनमा ल्याइदिन्छ। यसले महिला के चाहन्छन् र त्यसलाई कसरी प्राप्त गरिछाड्छन् भन्ने कुरा पनि पुष्टि गर्छ।
सेरेनाको मेहनतले उनलाई पूर्ण बनाएको छ कोर्टमा र बाहिरी दुनियाँमा पनि। यसले अन्यलाई हौसला पनि दिएको छ। सेरेनाले विश्वलाई सिकाएकी छन्, तिमीले कडा परिश्रम ग¥यौ र सपना देख्न छाडेनौ भने सफलता हात लाग्छ।
तिम्रै
सानिया मिर्जा
एउटी आमा र टेनिस खेलाडी
(स्क्रोलडटइनबाट)
अन्तर्राष्ट्रिय
आमाहरूका नाममा सानिया मिर्जाको खुल्लापत्र
प्रकाशित: बिहिबार, मंसिर ११, २०७७ १३:१८
सारांशमा :
- जब सानियाले डिस्कभरी प्लसमा ‘बिइङ सेरेना’ डक्युमेन्ट्री हेरिन् तब उनी त्यसबाट खुबै प्रभावित भइन् र आमाहरूका नाममा एक खुल्लापत्र लेखिन्।
- अक्सर भन्ने गरिन्छ, एक महिलालाई आमा बन्ने वा आफ्नो सपनाको पछि लाग्नेमध्ये एक चयन गर्नुपर्ने हुन्छ। आज, म आफ्नो यात्रा साझा गर्दै यो पत्र लेख्दै छु।
- पछिल्ला समयमा थुप्रै आमाहरू टेनिसमा उच्च प्रतिस्पर्धा गरिरहेका छन्। म ढुक्कसँग भन्न सक्छु, गर्भवती भएपछि पनि टेनिस खेल्न सकिन्छ, उदाहरण म आफैं छु।
पूरा पढ्नुहोस्