हलेसीको दूधकोशीमा एक पुरुष मृत फेला

काठमाडौँ। खोटाङको हलेसी तुवाचुङ नगरपालिका–६ को कुखुरेटारछेउ दूधकोशी नदीको भङ्गालोमा एकजना पुरुष मृत फेला परेका छन्।
हाल नाम, थर, बतन नखुलेका अन्दाजी ६० वर्षीय पुरुष बुधबार मृत अवस्थामा फेला परेको नेपाल प्रहरीले जनाएको छ।
घटनाबारे प्रहरीले अनुसन्धान थालेको छ।