२०७७ माघ ११, आईतबार

भारतीय विदेशसचिवले गरे प्रधानमन्त्री ओलीसँग शिष्टाचार भेट

काठमाडौं। नेपालको दुई दिने भ्रमणमा रहेका भारतीय विदेशसचिव हर्षबर्द्धन श्रृंगलाले प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेट गरेका छन्।

उनले प्रधानमन्त्रीनिवास बालुवाटारमा प्रधानमन्त्री ओलीसँग भेट गरेका हुन्। 

नेपाल-भारत परराष्ट्र सचिवस्तरीय द्विपक्षीय बैठकमा सहभागी भएपछि उनी परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीलाई भेट्न परराष्ट्र मन्त्रालय पुगेका थिए। त्यसलगत्तै श्रृंगला बालुवाटार पुगेका हुन्।
 
नेपाल भ्रमणका क्रममा निकै उत्साही देखिएका भारतीय विदेशसचिवले आज सम्पन्न द्विपक्षीय बैठकलाई उपलब्धिमुलक भएको प्रतिक्रिया दिएका छन्।

आजै उनले राष्ट्रपति विद्यादेवी भण्डारीसँग पनि शिष्टाचार भेट गर्ने छन्।

राजनीति

भारतीय विदेशसचिवले गरे प्रधानमन्त्री ओलीसँग शिष्टाचार भेट

तस्वीर: एएनआई
प्रकाशित: बिहिबार, मंसिर ११, २०७७ १७:३२
  • नेपालको दुई दिने भ्रमणमा रहेका भारतीय विदेशसचिव हर्षबर्द्धन श्रृंगलाले प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेट गरेका छन्

सिफारिस