२०७७ माघ ३, शनिबार

पुल्चोक क्याम्पसमा पर्खाल भत्काएर फलामेबार

ललितपुर। ललितपुर महानगरपालिकाले नेपाल इञ्जिनियरिङ अध्ययन संस्थान पुल्चोक क्याम्पसको इँटाको अग्ला पर्खाल भत्काएर फलामेबार लगाएको छ।

महानगरपालिकाले इँटाको पर्खाल भत्काएर फलामेबार लगाएपछि पैदलयात्रुले क्याम्पस परिसरभित्र रहेको पुरातात्विक महत्त्वको राणाकालीन आनन्द निकेतन दरबार र पानीको फोहोरासहितको हरियो बगैँचा सजिलै अवलोकन गर्न सकिन्छ। यसअघि कामविशेषले क्याम्पस प्रवेश गर्नेले मात्र अवलोकन गर्न पाउँथे। इँटाको अग्ला पर्खाल भएकै कारण सर्वसाधारणले क्याम्पस परिसरमा सहजै भित्र छिर्न मात्रै होइन, पुरातात्त्विक महत्त्वका ती दरवार र पानीको फोहोरासहितको हरियो बगैँचा अवलोकनसमेत गर्न पाउँदैनथे। महानगरपालिकाले इँटाको पर्खाल भत्काएर फलामेबार लगाएपछि अहिले पैदलयात्रुले समेत भित्रको दृश्यावलोकन सहजै गर्न थालेका छन्।

महानगरपालिकाले खुला क्षेत्र विस्तार गर्न पहिलो चरणमा कुपण्डोल–लगनखेल सडकअन्तर्गत पर्ने नेपाल इञ्जिनियरिङ अध्ययन संस्थान पुल्चोक क्याम्पस खुला गरेको हो। इञ्जिनियरिङ क्याम्पसले गत वर्ष पर्खाल हटाएर दृश्यावलोकन गर्न सकिने खालको बार लगाउन महानगरपालिकालाई अनुरोध गरेको थियो।

महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन र क्याम्पस प्रमुख प्रा. डा. लक्ष्मण पौडेलले संयुक्त रूपमा बुधबार सो फलामेबारको उद्घाटन गरेका हुन्। 

सो अवसरमा प्रमुख महर्जनले महानगरपालिकाले तीन ठाउँमा जीर्ण र अग्लो पर्खाल भत्काई पारदर्शी हरियो बार लगाइदिएको बताएका छन्। “क्याम्पस परिसरमा रहेको कलात्मक राणाकालीन पुरानो आनन्द निकेतन दरबार र हरियालीयुक्त बगैँचाको सुन्दरता सबैलाई देखाउन यस कामलाई अघि बढायौँ,” उनले भने, “अग्लो र जीर्ण भवनले शहरको सुन्दरतामा आँच पुग्नुका साथै भूकम्पीय दृष्टिले समेत यी पर्खाल जोखिमपूर्ण रहेका थिए।” 

सो योजना सम्पन्न गर्न महानगरपालिकाले मूल्यअभिवृद्धि करसहित रू ५५ लाख २९६ खर्च गरेको उनले जानकारी दिए। 

प्रमुख प्रा. डा. पौडेलले क्याम्पस प्रशासनमा रहेको बगैँचालाई अझै व्यवस्थित बनाउन यो बारले निकै सहयोगी भूमिका खेल्ने बताए। निवर्तमान क्याम्पस प्रमुख प्रा. डा. गोकर्णबहादुर मोत्राले महानगरपालिकाले शहरको सौन्दर्य बढाउन लगाइदिएको पारदर्शी बारले क्याम्पस परिसरको बगैँचा र दरबारलाई हरेक सर्वसाधारणले हेर्न पाउने बताएका छन्।

महानगरपालिकाले सदर चिडियाखानाअगाडि फुटबल मैदान र महालक्ष्मीस्थाननजिकै रहेको राजदलगणसँगको खेल मैदान वरपरसमेत हरियो बार लगाइदिएको छ। आर्थिक वर्ष २०७५÷७६ को नगर गौरवको आयोजनाअन्तर्गत पुल्चोक क्याम्पस हातामा उक्त बार लगाइदिएको बताइएको छ।

रासस

जीवनशैली समाज शिक्षा

पुल्चोक क्याम्पसमा पर्खाल भत्काएर फलामेबार

प्रकाशित: बिहिबार, मंसिर ११, २०७७ १८:४०
सारांशमा :
  • ललितपुर महानगरपालिकाले नेपाल इञ्जिनियरिङ अध्ययन संस्थान पुल्चोक क्याम्पसको इँटाको अग्ला पर्खाल भत्काएर फलामेबार लगाएको छ।
पूरा पढ्नुहोस्

सिफारिस