२०७७ माघ ३, शनिबार

अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा ह्वाइट हाउस छाड्ने संकेत

वासिङ्टन। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इलेक्टोरल कलेज (निर्वाचक प्रतिनिधि)हरूले आफ्ना प्रतिस्पर्धी जो बाइडेनले जितेको औपचारिक घोषणा गरेमा ह्वाइट हाउस छाड्ने बताएका छन्।

निर्वाचनमा धाँधली भएको आरोप लगाउँदै आएका ट्रम्पले औपचारिक रूपमा अझै आफ्नो पराजय भने स्वीकार गरेका छैनन्। यद्यपि यसअघि उनले सत्ता हस्तान्तरणको प्रक्रिया सुरु गर्नेमा आफ्नो सहमति जनाएका थिए।

ट्रम्पले चुनावको नतिजालाई अस्वीकार गर्ने अभूतपूर्व प्रयास गरेका थिए। चोरी मतपत्रको बारेमा भ्रम फैलाउँदै र अदालतमा शृंखलाबद्ध मुद्दा दायर गरेर कानुनी चुनौतीहरू पनि दिएका थिए। तर अदालतले ट्रम्पले लगाएका आरोपहरूमा पर्याप्त प्रमाण नपुगेको जनाउँदै निवेदनहरू खारेज गरेका थियो।

हाल राष्ट्रपति ट्रम्पले दिएका पछिल्ला अभिव्यक्तिले उनले पराजय स्वीकार गर्ननजिक पुगेको देखिन्छ। बाइडेनले जितेको कुरा इलेक्टोरल कलेजले औपचारिक पुष्टि गरेमा आफू ह्वाइट हाउसबाट बाहिरिने ट्रम्पले बताएका छन्। इलेक्टोरल कलेजको बैठक आउँदो डिसेम्बर महिनाको १४ तारिखमा हुँदै छ।

अमेरिकी राष्ट्रपतिमा विजयी हुने उम्मेदवारको औपचारिक छिनोफानो इलेक्टोरल मतले गर्दछ। हाल डेमोक्रेटिक पार्टीका प्रत्यासी जो बाइडेनले ३०६ र डोनाल्ड ट्रम्पले २३२ मत प्राप्त गरेको देखिन्छ। संविधानअनुसार कूल ५३८ इलेक्टोरल मत रहेको अमेरिकामा २७० मत ल्याउने व्यक्ति राष्ट्रपतिमा निर्वाचित हुन्छन्।

नयाँ राष्ट्रपतिले आगामी सन् २०२१ को जनवरी २० मा सपथ ग्रहण गर्नेछन्। त्यसयता जो बाइडेन राष्ट्रपति-निर्वाचितका रूपमा रहनेछन्।

रासस/एएफपी

अन्तर्राष्ट्रिय

अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा ह्वाइट हाउस छाड्ने संकेत

प्रकाशित: शुक्रबार, मंसिर १२, २०७७ १५:१८
सारांशमा :
  • अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इलेक्टोरल कलेजले आफ्ना प्रतिस्पर्धी जो बाइडेनले जितेको औपचारिक घोषणा गरेमा ह्वाइट हाउस छाड्ने बताएका छन्।
पूरा पढ्नुहोस्

सिफारिस