२०७७ माघ ३, शनिबार

एफएनसीसीआई चुनावः यसपटक दाइलाई छाडिदिनुस् - प्रधान, सिनियरलाई छाड्नैपर्छ भन्ने छैन - ढकाल

काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) का वरिष्ठ उपाध्यक्षका उम्मेदवार किशोरकुमार प्रधानले उम्मेदवारी फिर्ता लिएर आफूलाई सहयोग गर्न अर्का उम्मेदवार चन्द्रप्रसाद ढकाललाई आग्रह गरेका छन्।

५४औं वार्षिक साधारणसभाको बन्दसत्रमा बोल्दै प्रधानले आफू ढकालको दाइ भएको भन्दै यसपटक आफूलाई सहयोग गर्न अनुरोध गरेका हुन्।

उनले भने, “मेरो भाइ जो अहिले मसँग प्रतिस्पर्धामा हुनुहुन्छ। अझ पनि समय छ। अहिले मलाई सहयोग गर्नुस् र सेकेन्डलाइनमा बसेर अगाडि बढ्नुस्।”

प्रधानले अरूको लहलहैमा लागेर ढकालले बाटो बिर्सिएको बताउँदै  आफू बाटो देखाउन तयार रहेको भनाइ राखे। उनले भने, “कता-कता र क-कसका कारणले दाजुको गार्जियनन्सिप स्थापित गरेपछि म नेतृत्वमा जानुपर्छ भन्ने कुरा उहाँले बिर्सिनुभयो जस्तो छ।”

प्रधानपछि बोलेका ढकालले प्रधानलाई जवाफ दिँदै सिनियर भएकै कारण नेतृत्व दिनुपर्छ भन्ने नभएको बताए।

उनले भने, “म भन्दा तीन वर्ष पहिला आउनुभएका शेखरजी अध्यक्ष बन्दै हुनुहुन्छ। यस्तै, वर्तमान अध्यक्ष भवाणी राणा पनि निर्वतमान बन्दै हुनुहुन्छ। त्यसैले सिनियर हुँदैमा नेतृत्व पाउनुपर्छ र छाड्नुपर्छ भन्नेमा म विश्वास गर्दिनँ।’’

ढकालले अरूको अजेन्डा बोकेर महासंघको नेतृत्व गर्न नसक्ने भन्दै नेतृत्वका लागि आफ्नै अजेन्डा चाहिने बताए। “महासंघको नेतृत्व लिन त्यो टिमको लिडरको अजेन्डा हुनुपर्छ। नेतृत्वले लिएको अजेन्डा फलो गर्ने र सहयोगीको भूमिका निर्वाह गर्ने भन्ने कुरा त्यति उपयुक्त होइन जस्तो लाग्छ,” उनले भने।

कार्यक्रममा दुवै पक्षले आफ्नो टिममा महासंघको नेतृत्व लिन सक्ने र महासंघलाई गति दिन सक्ने दाबी गरेका थिए। उनीहरूले आफ्नो टिममा समावेशी र सन्तुलित व्यक्तिहरू उम्मेदवारका रूपमा रहेकाले सशक्त टिम बनाएको दाबी गरे।

प्रधानले आफू अनुभवी भएकाले अब नेतृत्व गर्ने पालो आफ्नो भएको बताउँदा ढकालले आफ्नै अजेन्डा भएकाले महासंघलाई सही दिशा दिन सक्ने जवाफ दिएका थिए।

राजनीति अर्थतन्‍त्र

एफएनसीसीआई चुनावः यसपटक दाइलाई छाडिदिनुस् - प्रधान, सिनियरलाई छाड्नैपर्छ भन्ने छैन - ढकाल

प्रकाशित: शुक्रबार, मंसिर १२, २०७७ १७:०४
  • ५४औं वार्षिक साधारणसभाको बन्द सत्रमा बोल्दै प्रधानले आफू ढकालको दाइ भएकाले यसपटक आफूलाई सहयोग गर्न अनुरोध गरेका हुन्।
  • प्रधानपछि बोलेका ढकालले प्रधानलाई जवाफ दिँद सिनियर भएकै कारण प्रधानलाई नेतृत्व दिनुपर्छ भन्ने नभएको बताए।

सिफारिस