२०७७ माघ १०, शनिबार

कोरोना कहर लेख्दा ‘देशद्रोही’ करार!

काठमाडौं। कोरोना भाइरस महामारीको सुरूआती दिनमा चीनको वुहान सहरका अवस्थालाई लेखनबाट प्रकट गर्न खोज्दा उनलाई देशद्रोही करार गरियो। उनलाई ज्यान लिने धम्की दिइयो र उनको पुस्तक छाप्न रोकियो। तर, यतिले चिनियाँ लेखिका फाङ फाङ आफू नरोकिने बताउँछिन्।

फाङ फाङले बीबीसीसँग भनिन्, ‘‘जब तपाईं विनाशको सामना गरिरहनु भएको छ, तब आफ्नो विचार र सल्लाह प्रकट गर्नु जरूरी हुन्छ।’’ जनवरीको अन्त्यताका वुहान संसारकै पहिलो लकडाउन हुने स्थान बन्यो। त्यस समय वुहान सहरका एक करोड १० लाख मानिसलाई फाङ फाङको अनलाइन डायरीबाट ढाडस मिलिरहेको थियो। फाङ फाङको लेखनीबाट उनीहरूलाई कोरोना भाइरसको कहर झेल्ने पहिलो सहरको झलक प्राप्त भइरहेको थियो।

६५ वर्षीया फाङ फाङको खास नाम वाङ फाङ हो। उनी आफ्नो विबो अकाउन्ट (चीनमा ट्विटरजस्तै)मा लकडाउनका क्रममा एक्लै बिताएका प्रत्येक दिनलाई शब्दमा उतार्थिन्। उनको साथी भन्नु कुकुर मात्र थियो। ती कठिन र जटिल दिनहरूलाई फाङ फाङ डायरीका माध्यमबाट मानिसहरूमाझ साझा गर्थिन्। उनले आफ्नो लेखनीमा प्रशासनको कमजोरी पनि बाहिर ल्याएकी थिइन्।

सुरूआती दिनमा थुप्रै पाठकले उनको प्रशंसा गरे। तर, समयक्रमसँगै उनको लेखनी कतिपयलाई देशद्रोही लाग्न थाल्यो र उनको आलोचना गर्न थाले। बीबीसीको ‘हन्ड्रेड विमन’ सिजनमा फाङ फाङले आफ्नो निकै विरोध भए पनि आफूले आवाज उठाएकोमा कुनै अपसोच नलागेको बताइन्।

फाङ फाङ भन्छिन्, ‘‘मैले डायरी लेख्नुको कारण आफ्नो दिमाग सक्रिय राख्नु र लकडाउनमा वरिपरि जे भइहरेका थिए त्यसलाई दर्शाउनु रहेको थियो।’’ उनले डायरीमा पूरा संसारबाट अलग्गै भएर बाँच्दा कस्तो महसुस हुन्छ भन्ने अनुभूति लेखेकी हुन्।

मानिसहरूको मृत्यु देख्दा उत्पन्न हुने सामूहिक पीडा र सकस कस्तो हुन्छ, अनि स्थानीय अधिकारीले संकटको अवस्थालाई ठीक ढंगमा सम्हाल्न नसक्दा कति रिस उठ्छ? यस्तै सन्दर्भ रहेको उनको डायरीको सुरूआती समयमा खुबै प्रशंसा भयो। सरकारी मिडिया चाइना न्युज सर्भिसले उनको पोस्टलाई ‘ज्वलन्त कथा, वास्तविक भावना, एक स्पष्ट शैलीमा’ प्रेरणादायक बतायो।

तर, अवस्था त्यतिखेर उल्टियो जतिखेर फाङ फाङको डायरीले अन्तर्राष्ट्रिय स्तरमा ध्यानाकृष्ट गर्न थाल्यो। मानिसहरू उनको लेखनीको आलोचना गर्न थाले। विरोध त्यतिखेर चरम बिन्दुमा पुग्यो, जतिखेर उनको डायरी अंग्रेजीमा अनुवाद हुने र अमेरिकी प्रकाशक हार्पर कोलिन्सले त्यसलाई छाप्न रूचि देखायो।

पुस्तक छाप्न प्रतिबन्ध र धम्की

फाङ फाङ भन्छिन्, ‘‘महामारी चल्दै गर्दा मैले ६० वटा डायरी लेखेँ, सोही कारण चिनियाँ प्रशासन मलाई दुश्मनजस्तै मान्न थाल्यो।’’ चिनियाँ मिडियालाई उनका कुनै पनि लेख प्रकाशन नगर्न आदेश दिइएको उनले बताइन्। चीनका प्रकाशकले उनका नयाँ र पुरानासमेत पुस्तक छाप्न बन्द गरेका छन्।

फाङ फाङले बीबीसीसँग भनिन्, ‘‘एउटा लेखकसँग गरिएको यो क्रूर व्यवहार हो। हुन सक्छ, मैले सरकारको प्रशंसा नगरेर आममानिसका निम्ति सहानुभूति प्रकट गरेँ। मैले सरकारको चाप्लुसी गरिनँ, त्यसैले म दोषी भएँ।’’

उनका अनुसार उनको आलोचना सरकारी तहमा मात्र सीमित छैन, उनीमाथि निरन्तर गाली र धम्की आइरहेको छ। अपशब्दका हजारौं मेसेज आइरहेका छन्। मार्ने धम्कीसमेत आएको छ। उनलाई सोसल मिडियामा देशद्रोही करार गरिएको छ। पश्चिमी देशहरूका साथ मिलेर चीनविरूद्ध चाल चलेको आरोप लागेको छ। केही मानिसले त उनले अमेरिकी जासुसी संस्था सीआईएसँग पैसा लिएर डायरी लेखेको आरोप लगाएका छन्।

यतिविधि विरोध, ज्यान मार्ने धम्की र देशद्रोहीको आरोप लागेपछि उनी दिक्क भएकी छन्, उनलाई निकै चिन्ता बढेको छ। उनी भन्छिन्, ‘‘ममाथि लागेका आरोप र तिरस्कार सहन मुस्किल परेको छ, जबकि मैले लेखेका कुराहरू निष्पक्ष र हल्काफुल्का थिए।’’

आफूमाथि भइरहेको यो हमलाले १९६६–१९७६ को सांस्कृतिक क्रान्तिको स्मरण गराएको उनी बताउँछिन्। त्यसबखत हिंस्रक भीडले बुद्धिजीवी र दुश्मनलाई सफाया गरिदिएको थियो, त्यसमा पश्चिमी देशहरूसँग सम्बन्ध भएका मानिस पनि सामेल थिए।

फाङ फाङ भन्छिन्, ‘‘सांस्कृतिक क्रान्तिको समयमा ‘वर्ग संघर्ष’ र ‘सर्वहारा वर्गको तानाशाही’ शब्द खुबै प्रयोग हुन्थ्यो, यो पुनः आएको छ। यसको अर्थ, चीनमा भएको सुधार विफलताको बाटोमा छ।’’

लकडाउनको आवश्यकता

संसारका कुनाकुनामा कोरोना भाइरस पुगिसकेको अवस्थामा वुहानमा ७६ दिनको लकडाउन गरिनु उचित रहेको फाङ फाङको भनाइ छ। उनले आफ्नो डायरीमा पनि यही विचार व्यक्त गरेकी छन्।

वुहानमा अप्रिलपछि कोरोना भाइरसको कुनै स्थानीय मामिला सार्वजनिक भएको छैन। फाङ फाङ भन्छिन्, ‘‘कडा कदम नचालिएको भए वुहानको अवस्था नियन्त्रणबाहिर जान्थ्यो। त्यसैले रोग नियन्त्रण गर्नका लागि अपनाइएको सबै उपायको म समर्थन गर्छु।’’ चीनबाट अन्य मुलुकले सिक्न सक्ने उनको भनाइ छ।

उनी थप्छिन्, ‘‘महामारी बढेपछि सबैखाले सभा, समारोहमा रोक लगाइएको थियो। मास्क लगाउनु अनिवार्य थियो र हाउजिङ कम्प्लेक्समा प्रवेश गर्नका लागि एक हेल्थ क्यूआर कोड जरूरत पर्थ्याे। मलाई लाग्छ, यी सबै उपाय अपनाएकाले नै चीनलाई भाइरस नियन्त्रण गर्न सफलता मिल्यो।’’

भाइरस नियन्त्रण गर्न सफलता मिले पनि महामारीका सन्दर्भमा चीनको प्रशासनले सुरूआती दिनमा अँगालेको उपायको जाँच गर्ने आवश्यकता बाँकी रहेको उनको भनाइ छ। फाङ फाङ भन्छिन्, ‘‘यो कुराको जाँच गरिएको छैन कि, महामारी नियन्त्रण गर्न यति लामो समय किन लाग्यो?’’ उनी प्रश्न गर्छिन्- राष्ट्रिय स्वास्थ्य आयोगले पहिला किन भाइरस रोक्न र नियन्त्रण गर्न सकिन्छ भन्यो? चीनमात्र होइन, सारा संसारले महामारीबाट धेरै कुरा सिक्नुपर्ने उनको भनाइ छ।

फाङ फाङको डायरीलाई अंग्रेजीमा अनुवाद गर्ने प्रोफेसर माइकल बेरी भन्छन्, ‘‘फाङ फाङको दृढताको कारण यो हो कि, उनलाई थाहा छ- उनी सही छिन्। उनी विरोधी होइनन्। सरकारलाई उखेलेर मिल्काउने कुरा गरेकी छैनन्। उनी केवल एक व्यक्ति हुन्, जसले लकडाउनको अवधिमा जे देख्यो, महसुस र अनुभव गर्‍यो त्यसलाई शब्दमा उतार्‍यो।’’

बेरीका अनुसार फाङ फाङ आफ्नो कुरा गर्दागर्दै ठूला प्रश्न पनि उठाउँछिन्। यो प्रश्न केवल महामारीसँग जुध्नेबारे मात्र छैन, चीनका मानिस आफ्ना निम्ति कस्तो खालको समाज निर्माण गर्न चाहन्छन् भन्ने पनि छ।

लकडाउनका क्रममा उनलाई साथ दिएको १६ वर्षको कुकुर अप्रिलमा मर्दा उनी निकै दुःखी भइन्। यी सबै घटनाबाट फाङ फाङ विचलित भइनन्, फेरि उठेर हिँड्न थालिन्। उनी यही विश्वासका साथ पुनः लेख्न थालेकी छन्। आफ्नो पुस्तक देशमा पुनः छापिने उनलाई भरोसा छ।

फाङ फाङ भन्छिन्, ‘‘यो निश्चित छ कि, म कुनै पनि सम्झौता गर्दिनँ। र, म चुपचाप बस्नुपर्ने जरूरत पनि छैन।’’

(बीबीसी)

अन्तर्राष्ट्रिय

कोरोना कहर लेख्दा ‘देशद्रोही’ करार!

प्रकाशित: शनिबार, मंसिर १३, २०७७ ०७:२९
सारांशमा :
  • लकडाउनका ती कठिन र जटिल दिनहरूलाई फाङ फाङ डायरीका माध्यमबाट मानिसहरूमाझ साझा गर्थिन्। उनले आफ्नो लेखनीमा प्रशासनको कमजोरी पनि बाहिर ल्याएकी थिइन्।
  • सुरूआती दिनमा थुप्रै पाठकले उनको प्रशंसा गरे। तर, समयक्रमसँगै उनको लेखनी कतिपयलाई देशद्रोही लाग्न थाल्यो र उनको आलोचना गर्न थाले।
  • फाङ फाङले बीबीसीसँग भनिन्- एउटा लेखकसँग गरिएको यो क्रूर व्यवहार हो। हुन सक्छ, मैले सरकारको प्रशंसा नगरेर आममानिसका निम्ति सहानुभूति प्रकट गरेँ। मैले सरकारको चाप्लुसी गरिनँ, त्यसैले म दोषी भएँ।
  • फाङ फाङ भन्छिन्- यो निश्चित छ कि, म कुनै पनि सम्झौता गर्दिनँ। र, म चुपचाप बस्नुपर्ने जरूरत पनि छैन।
पूरा पढ्नुहोस्

सिफारिस