२०७७ माघ ६, मंगलबार
फोटो फिचर स्वास्थ्य कोभिड–१९ महामारी

घरआँगनमै नि:शुल्क कोरोना परीक्षण गर्दै काठमाडौं महानगर (तस्वीरहरू)


प्रकाशित: सोमबार, मंसिर १५, २०७७ ११:३६

काठमाडौं। काठमाडौं महानगरपालिकाले केही दिनयता मोवाइल भ्यानमार्फत टोल-टोलमा पीसीआर परीक्षणको लागि स्वाब संकलन गरिरहेको छ। 

घरआँगनमै आएर नि:शुल्क परीक्षण गर्न थालेपछि स्थानीयवासी खुसी देखिएका छन्। 

महानगरले सम्बन्धित वडा कार्यालयबाट कर्मचारी खटाएर पीसीआर परीक्षण गर्न मोवाइल भ्यानको प्रयोग गरेको हो। 

संक्रमितहरूको कन्ट्याक्ट ट्रेसिङ र सरकारले तोकेको मापदण्डलाई आधार मानेर स्वाब संकलन गरिएको महानगरले जनाएको छ। 

केही दिनअघि पीसीआर परीक्षणका लागि शुल्क लिने सरकारी निर्णय भएपनि सर्वोच्च अदालतको आदेशपछि निर्णय बदर भएसँगै सरकार र स्थानीय तहहरूले निश्‍चित मापदण्डकका साथ परीक्षण गरिरहेका छन्। 

महानगरले टोलमै गएर नमूना संकलन गर्न थालेपछि विशेष गरी वृद्धवृद्धा, अशक्त र बालबालिकालाई सहज भएको छ।

 

सिफारिस