२०७७ माघ ५, सोमबार

कोरोना महामारीले महिलालाई थोपरेको बोझ

काठमाडौं। कोरोना भाइरस महामारीले लैंगिक समानतामा असर पार्ने देखिएको छ। यूएन वुमनको नयाँ विश्व तथ्यांकअनुसार समानतामा हुँदै आएको बढोत्तरीमा २५ वर्ष पुरानो तहमा पुर्‍याउन सक्ने अनुमान गरिएको छ।

महामारीका कारण महिला पहिलाभन्दा बढी घरेलु काम तथा परिवारको रेखदेखमा अधिक समय दिन बाध्य छन्। यूएन वुमनकी डेपुटी एक्जेक्युटिभ अनिता भाटिया भन्छिन्, ‘‘हामी विगत २५ वर्षमा जे जति काम गर्‍यौं, त्यो एक वर्षमा गुम्न सक्छ।’’

रोजगारी तथा शिक्षाका अवसरहरू गुम्न सक्छन्। महिला खराब मानसिक तथा शारीरिक स्वास्थ्यको सिकार बन्न सक्छन्। भाटियाका अनुसार यतिखेर महिलामाथि पारिवारिक रेखदेखको बोझ बढेको छ। उनीहरूमाथि १९५० को समयको लैंगिक रूढिवाद कायम हुने खतरा पैदा भएको छ।

महामारीअघि पनि अनुमान गरिएको थियो, १६ अर्ब घण्टा हुने अवैतनिक काममध्ये करिब तीन चौथाइ काम महिलाले नै गर्दै आएका थिए। अब यो आँकडा थप बढेको छ। भाटिया भन्छिन्, ‘‘महामारीअघि महिलाले गर्ने अवैतनिक काम पुरुषको भन्दा तीन गुना बढी थियो भने अब झनै बढ्ने छ।’’

यूएन वुमनको ३८ वटा सर्भेक्षणमा मुख्य रूपमा निम्न र मध्यम आय भएका देशमा ध्यान केन्द्रित गर्दा यस्तो तथ्यांक देखिएको हो। तर, अब अधिक औद्योगिक मुलुकको आँकडाले पनि यही तस्बिर देखाएको छ।

भाटिया भन्छिन्, ‘‘सबैभन्दा चिन्ताको कुरा त के छ भने, अब अधिकांश महिला काममा फर्किन सक्ने छैनन्। सेप्टेम्बर महिनामा अमेरिकामा दुई लाख पुरुषले जागिर छाड्दा ८ लाख ६५ हजार महिलाले जागिर छाडेका थिए। यसैबाट स्पष्ट हुन्छ, महिलामाथि पारिवारिक जिम्मेवारी ह्वात्तै बढेको छ।’’

यूएन वुमनले कामकाजी महिलाको संख्या कम हुँदा उनीहरूको स्वास्थ्यमात्र होइन, आर्थिक प्रगति र स्वतन्त्रतामासमेत असर पर्ने चेतावनी दिएको छ। बीबीसी १०० वुमनको टिमले तीन महिलासँग कुराकानी गर्दै उनीहरूको काममा कोरोना महामारीले कस्तो असर पारेको छ भनी बुझ्ने कोसिस गरेको थियो।

‘‘बिहानको पाँच बजिसकेको छ, म कुनै पनि हालतमा लेख पूरा गर्न चाहन्छु। यसको समय सीमा नजिक छैन, तर म समयभन्दा पहिला नै यो काम सक्न चाहन्छु। ‘आमाको जिन्दगी’को अनुमान लगाउन सकिँदैन र म चाहन्नँ कि, यसैको कारण मैले आफ्नो तलब गुमाउनु परोस्।’’

महामारीअघि पनि जापानमा महिला अवैतनिक रेखदेखको काममा पुरुषको भन्दा औसत लगभग पाँच गुना अधिक समय दिँदै आएका थिए। टेनी वाडा टोक्योमा एउटा ब्रान्डको कन्सल्ट्यान्ट छिन्। लकडाउन सुरु हुनुअघि उनी नर्सरी टिचरका रूपमा पार्टटाइम काम गर्थिन्।

उनले आफ्नो डायरीमा लेखेकी छन्, ‘‘बिहानको पाँच बजिसकेको छ, म कुनै पनि हालतमा लेख पूरा गर्न चाहन्छु। यसको समय सीमा नजिक छैन, तर म समयभन्दा पहिला नै यो काम सक्न चाहन्छु। ‘आमाको जिन्दगी’को अनुमान लगाउन सकिँदैन र म चाहन्नँ कि, यसैको कारण मैले आफ्नो तलब गुमाउनु परोस्।’’ टेनीका लागि बच्चालाई पढाउनु, खाना बनाउनु र घरका अन्य काम गर्नुबीचको तालमेल कठिन बन्न पुगेको छ।

लकडाउनका क्रममा टेनी र उनका पति घरबाटै काम गरिरहेका थिए। तर, उनीहरूको समय फरकफरक ढंगमा बितिरहेको थियो। टेनी भन्छिन्, ‘‘मेरा पति बिहान ९:३० देखि साँझ ६:३० बजेसम्म काम गर्छन्। उनलाई घरभित्रै बसेर काम गर्ने सुविधा छ, तर मलाई त्यस्तो अवसर छैन। यो कुरा मलाई गलत लाग्छ।’’ टेनी घरभित्रका ८० प्रतिशत अवैतनिक काम गर्छिन्, त्यसमा तीन वर्षकी छोरीलाई पढाउने काम पनि पर्छ।

यूएन वुमनका चिफ स्ट्याटिस्टिसियन पापा सेक भन्छन्, ‘‘हामी यसको चिन्ताजनक प्रभाव देखिरहेका छौं। यसमा बढ्दो तनाव र मानसिक स्वास्थ्यसम्बन्धी चुनौती पनि छ, विशेषगरी महिलाका लागि। यसको प्रमुख कारण, उनीहरूमाथि बढ्दो कामको बोझ पनि हो।’’

महिलामाथि बहुबोझ

डलिना वेलासकेथ एक किसान हुन्। उनी बोलिभियाको दक्षिणी सहर टरिजाको सेरकादो प्रान्तमा बस्छिन्।

उनको दिन बिहान पाँच बजे आरम्भव हुन्छ, उनको अधिकांश समय ग्रिनहाउस आफ्नो घरमा बिन्छ। हरेक दुई महिनामा उनी आफूले उब्जाएको सागसब्जी बेच्न बजार जान्छिन्।

उनी भन्छिन्, ‘‘खेतमा काम गरेको दिन निकै थाक्छु। घरमा पनि काम गर्नु त छँदै छ। तर, अहिले मेरी छोरी पनि मलाई सघाउँछिन्। उनी मेरो दाहिने हात हुन्। उनी घर, खेत र ग्रिनहाउनसमा मलाई मद्दत गर्छिन्।’’

पारम्परिक हिसाबमा के मानिन्छ भने, पुरुष कमाउन जान्छन् र महिला घर सम्हाल्छन्। यसैले महिलाले घरको काम सिक्नुपर्छ भनिन्छ। सेक भन्छन्, ‘‘जब बच्चासँग सहयोग लिने कुरा आउँछ (अवैतनिक काममा), मातापिता नै छोरा होइन, छोरीसँग त्यो लिन चाहन्छन्।’’ 

समाजको नजर र घरको काम

समाज आर्थिक रूपमा महिलाको पक्षपाति देखिँदैन। महिलालाई लिएर यस्तो नियम बनाइएको छ कि, औसत महिलाले जागिर, परिवार तथा बच्चालाई सन्तुलित ढंगमा मिलाएर राख्नुपर्छ। महिलाले एकैसाथ यी सबै काम गर्नका लागि निकै ठूलो त्याग गर्नुपर्छ। र, सबै मिलाउन सक्ने महिला निकै कम हुन्छन्।

जुन महिला बढीभन्दा बढी अवैतनिक काम गर्छन्, ती महिलाका लागि जागिर खोज्ने समय नै हुँदैन। परिणाम, उनीहरू आर्थिक रूपमा अुसरक्षित हुन पुग्छन्।

महिलाले गर्ने घरको कामको कुनै वेतन तोकिएको हुँदैन। तर, मान्छे राखेर बालबच्चा वा ज्येष्ठ नागरिकको रेखदेख गराउने हो भने त्यसमा थुप्रै खर्च हुन्छ। घरभित्रैका महिलाले त्यो काम गर्दा त्यसको मूल्यांकन हुँदैन वा गरिँदैन। महिलाको कामको मेहनतलाई कहिल्यै सम्मानका साथ स्वीकार गरिँदैन।

अनिता भाटिया भन्छिन्, ‘‘महत्त्वपूर्ण कुरा के छ भने, महिलाको कामको कहिल्यै सराहना हुँदैन। त्यसलाई सधैं मूल्यहीन ढंगमा हेरिन्छ किनकि, त्यसका निम्ति तपाईंले कुनै शुल्क तिर्नुपर्दैन।’’

महामारीले देखाएको छ, अवैतनिक काम वास्तवमै संसारका लागि एक सामाजिक सुरक्षाजस्तै हो। महिलाले गर्ने घरभित्रको कामकै कारण पुरुषले बाहिर काम गर्न र कमाउन पाएका छन्। घरभित्रको कामका कारण महिलाले आफ्नो रोजगारी पाउने अवसरलाई गुमाएका छन्।

संयुक्त राष्ट्र तथा कर्पोरेट जगत्लाई अवैतनिक कामको महत्त्व अधिक छ र त्यसका लागि अतिरिक्त पारिवारिक छुट्टी, अतिरिक्त भुक्तानी तथा बच्चाको रेखदेख गरिदिने छुट्टै संस्थाको व्यवस्था लागू गर्न सुझाव दिइएको छ। भाटिया भन्छिन्, ‘‘यो केवल अधिकारको कुरा होइन। यसको आर्थिक पाटो पनि छ, महिला पनि अर्थव्यवस्थामा पूर्णरूपमा भाग लिन्छन्।’’

(बीबीसीमा आधारित)

फिचर कोभिड–१९ महामारी

कोरोना महामारीले महिलालाई थोपरेको बोझ

तस्वीर साैजन्य: बीबीसी
प्रकाशित: बिहिबार, मंसिर १८, २०७७ १८:०५
सारांशमा :
  • महामारीका कारण महिला पहिलाभन्दा बढी घरेलु काम तथा परिवारको रेखदेखमा अधिक समय दिन बाध्य छन्।
  • उनीहरूमाथि पारिवारिक बोझ बढ्नाले रोजगारी तथा शिक्षाका अवसरहरू गुम्न सक्छन्। खराब मानसिक तथा शारीरिक स्वास्थ्यको सिकार बन्न सक्छन्।
  • सबैभन्दा चिन्ताको कुरा त के छ भने, अब अधिकांश महिला काममा फर्किन सक्ने छैनन्। सेप्टेम्बर महिनामा अमेरिकामा दुई लाख पुरुषले जागिर छाड्दा ८ लाख ६५ हजार महिलाले जागिर छाडेका थिए।
  • महिलाले गर्ने घरको कामको कुनै वेतन तोकिएको हुँदैन। तर, मान्छे राखेर बालबच्चा वा ज्येष्ठ नागरिकको रेखदेख गराउने हो भने त्यसमा थुप्रै खर्च हुन्छ।
पूरा पढ्नुहोस्