‘बुलिङ’लाई मजबुत बनाउँदै सामाजिक सञ्‍जाल, कसरी बच्‍ने ?

कुनै एउटा मान्छेले अर्को मान्छेलाई गर्ने धम्कीपूर्ण व्यवहार, हिंस्रक व्यवहार तथा अरूलाई होच्याउने प्रवृत्तिलाई ‘बुलिङ’ भनिन्छ। अर्थात् आफ्नो सामर्थ्यको नकारात्मक रवाफ देखाउने कार्यलाई समेत बुलिङमा समेट्न सकिन्छ।  

शारीरिक यातना दिएर, धम्कीपूर्ण भाषा प्रयोग गरेर, मानसिक तनाव दिएर, सामाजिक सञ्जालको दुरुपयोग गरेर समेत २१औँ शताब्दीमा बुलिङ गरेको पाइन्छ। 

खासमा ‘बुलिङ’ अंग्रेजी शब्द हो। यो आगन्तुक शब्दको रूपमा नेपाली भाषामा प्रयोग भइरहेको छ। यसैकारण नेपालीमा लेख्दा यसलाई ‘बुलिङ’ नै लेख्ने गरिन्छ।

विद्यालय, पार्टी कार्यालय, सरकारी कार्यालय, व्यवसायीमा समेत यस्तो व्यवहार कुनै न कुनै रूपमा देखिन्छ। यस्तो अमानवीय, कानुनविपरीत समाजमा अराजकता ल्याउने व्यवहार राम्रो होइन। 

नयाँ पुस्ता सामाजिक सञ्जालको माध्यमबाट आफ्नो प्रेम अभिव्यक्त गरिरहेका छन्। सामाजिक सञ्जालले प्रेम अभिव्यक्त गर्न अझ सहजता प्रदान गरेको छ। तर, कुनै दिन विचार, कुरा, संवेग नमिल्दा प्रेमिल जोडीमा खटपट आउँछ। आफ्नो बाटो लाग्ने सहमति हुन्छ तर कुरा यत्तिमा टुंगिँदैन। प्रेमीले रिसको झोंकमा गोप्य फोटो र भिडिओ सार्वजनिक गरिदिने भन्दै प्रेमिकालाई धम्क्याउँछ। जसकारण प्रेमिका आत्महत्याको बाटो रोज्न बाध्य हुन्छिन्। 

यसरी हेर्ने हो भने सामाजिक सञ्जालले समेत बुलिङलाई मजबुत बनाउन मलजल गरेको छ। 

शिक्षकले होमवर्क नगरेको बहानामा विद्यार्थीलाई घन्टौं कान समातेर बस्न लगाउने, हप्काउने, कुट्ने, मानसिक तनाव दिने गरेको हामीले सुन्दै आएका छौं। यस्ता कार्यले बालमैत्री स्कुल, समाज र देशको नै खिल्ली उडाइरहेको छ। शिक्षक र अभिभावकले बच्चालाई राम्रो बनाउने नाममा जानेर वा नजानेर बुलिङ गरिरहेका छन्।

होमवर्क  गरेन भन्दै हप्काउने, भनेको नमान्दा कुट्ने, चर्को स्वरले कराउने र बालबालिकालाई सही मार्गमा ल्याउन यस्ता अनेक व्यवहार गर्दा कलिलो मस्तिस्कमा गहिरो चोट पर्छ। बच्चाको अगाडि यस्ता कुरा गर्नु हुँदैन।

एउटा शब्द नराम्रो बाेल्दा बच्चाको दिमागमा खराब शब्दको संग्रह बढ्दै जान्छ। अर्कोतिर बुलिङले हिनताबाेध, कमजोरीपन तथा नैराश्यता ल्याउन सक्छ। त्यसैले दुर्घटना भएपछि चुुकचुकाउनु भन्दा पहिलानै संयमता अपनाउनुपर्ने देखिन्छ। 

बुलिङले कल्पनै नगरेको अप्रिय परिस्थिति समेत निम्त्याउन सक्छ। यसकारण यसको सूक्ष्म अध्ययन गरी असरहरू रोक्ने प्रयास गर्नुपर्छ। 

युनेस्कोको प्रतिवेदनअनुसार विश्वमा ३२ प्रतिशत बालबालिका बुलिङको चपेटामा छन्। यो तथ्याङ्कले बालअधिकारको समेत धज्जी उडाएको छ। यस्ता कार्य रोक्न विश्व समुदायनै चनाखो हुनु पर्ने देखिन्छ।

हाम्रो समाजभित्र कुलिन वर्गले निम्नवर्गलाई अनेक तरिकाले तर्साउने गरेको हामीले देख्दै र सुन्दै आएको छौ। पैसा, पावर र पदको चरम दुरुपयोग गरेर निमुखामाथि अन्याय गरिएको छ।

प्रलोभन र धम्की देखाएर अकुत सम्पत्ति आर्जन गरिंदै छ। यसरी सूक्ष्म तरिकाले हेर्ने हो भने समाजको हरेक कुनामा बुलिङ सलबलाई राखेको देखिन्छ।

निष्कर्षमा भन्नु पर्दा बुलिङ कानुनविपरीत समाजमा अराजकता निम्त्याउने आचरण हो। यसले जुनसुकै बेला अप्रिय घटना निम्ताउन सक्ने भएकोले यसलाई पूर्णरूपमा रोक्नु नै बुद्धिमानी हो।

यसो गर्न सकियो भने मात्र भोलिको दिन हाम्रो लागि वरदान सावित हुनेछ।

बुलिङबाट पर्ने समस्या र असरको बारेमा चर्चा गरिरहँदा यसबाट  कसरी बच्न सकिन्छ भन्ने कुराको समेत ज्ञान हुनु आवस्यक छ। यसबाट बच्नको लागि सर्वप्रथम पीडित व्यक्ति नै आफ्नो कर्तव्य र अधिकारप्रति  सचेत भई यसको विरुद्धमा आवाज उठाउन आवश्यक छ।

तीन तहको सरकार भएको अवस्थामा नजिकको सरकारसँग वा सम्बन्धित निकायसँग आफ्नो समस्या राखेर समेत यसको दबाबबाट छुट्करा पाउन सकिन्छ।  

त्यस्तै अभिभावक र शिक्षकहरूलाई यसबाट पर्ने असर र भविष्यमा देखिने समस्याका बारेमा प्रष्ट पार्न सेमिनार, गोष्ठी, बैठक तथा अन्य यस्तै कार्यक्रम राखि चेतनाको स्तर बढाउनुपर्ने देखिन्छ। 

त्यस्तै सामाजिक सञ्जालमा भावनामा बगेर आफ्ना गोप्य कुरा खुलाउने, फोटो, भिडिओ  सेयर गर्ने जस्ता कार्य रोक्नको लागि आफैंमा समेत उच्च सजकता अपनाउनु पर्दछ। बालमैत्री समाज  र कानुनी राज्यको अक्षरस: पालना गर्ने र उल्लंघन गर्नेलाई कडा कारबाही गर्न पछाडि परिएन भने यसबाट  सजिलै बच्न सकिन्छ।

ब्लग

प्रकाशित: शनिबार, मंसिर २७, २०७७ १२:४९
सारांशमा :
  • बुलिङ कानुन विपरीत समाजमा अराजकता निम्त्याउने आचरण हो। यसले जुनसुकै बेला अप्रिय घटना निम्ताउन सक्छ।
  • शिक्षकले होमवर्क नगरेको बहानामा विद्यार्थीलाई घन्टौ कान समातेर बस्न लगाउने, हप्काउने, कुट्ने, मानसिक तनाव दिने गरेको हामीले सुन्दै आएका छौं।
  • प्रेमीले रिसको झोंकमा गोप्य फोटो र भिडिओ सार्वजनिक गरिदिने भन्दै प्रेमिकालाई धम्क्याउँछ। जसकारण प्रेमिका आत्महत्याको बाटो रोज्न बाध्य हुन्छिन्। 
पूरा पढ्नुहोस्

सिफारिस