नाइजेरियामा किन आतंक फैलाइरहेछ बोको हराम ? शान्ति बहालीको सम्भावना कति ?

काठमाडौं। बोको हरामले गत हप्ता स्कुले बालकहरूलाई अपहरण गरेर पूरा विश्वलाई आतंकित बनाएको छ।

२०१४ मा २०० भन्दा बढी छात्राहरूलाई अपहरण गरेपछि यो इस्लामी कट्टरपन्थी संगठन कुख्यात भएको थियो।

गत शुक्रबार नाइजेरियाको उत्तर पश्चिमी राज्य कात्सिनाको एक स्कुलमा आक्रमणपश्चात त्यहाँबाट ३०० भन्दा बढी बालकहरू बेपत्ता छन्। यसपालि बोको हरामले निसाना बनाएको स्कुल छात्रहरूमात्र पढ्ने बोर्डिङ स्कुल थियो। जहाँ ८०० बालकहरू अध्ययनरत छन्। 

आक्रमणको दौरान केही बालकहरू त्यहाँबाट भागेका थिए। तर, थुप्रै बालकहरू अझै पनि बेपत्ता छन्। धेरैजसो अपहरणमा परेको विश्वास गरिएको छ। 

सुरूआती दिनमा नाइजेरियाली सरकारले स्कुलमा भएको आक्रमणमा आपराधिक गिरोहहरूको हात रहेको बताएको थियो। तर, मंगलबार नाइजेरियामा बलियो मानिएको इस्लामी कट्टरपन्थी समूह बोको हरामले उक्त आक्रमण र अपहरणको जिम्मेवारी लिएको थियो।

पछिल्लो एक दशकभन्दा लामो समयदेखि नाइजेरियामा बोको हरामको आतंक फस्टाइरहेको छ। अपहरण, सेना तथा सर्वसाधारणमाथिको आक्रमणलगायतका आपराधिक घटनाहरूको निरन्तरताबाट नाइजेरियाली नागरिकहरू आक्रान्त छन्।

नाइजेरियाली सेना

नाइजेरियामा सेना र बोको हरामबीचको संघर्ष सुरू भएयता यो लडाइँका कारण हजारौं मानिसले ज्यान गुमाइसकेका छन्। यसैगरी यही कारण लाखौं मानिसहरूले घरबार गुमाएका छन्।

सरकार बोको हरामको शक्ति धेरै हदसम्म खुम्च्याउन सफल भएको दाबी चर्को स्वरमा गरिरहन्छ। तर, नाइजेरियामा धेरैजसो मानिसहरू सरकारको यो दाबी मान्न हिच्किचाउँछन्। आमसर्वसाधारणका लागि नाइजेरियामा आज पनि बोको हराम एउटा अत्यन्तै शक्तिशाली संगठन हो।

एमनेस्टी इन्टरनेसनलका अनुसार वर्ष २०२० को पहिलो ६ महिनामा मात्र देशको उत्तरी क्षेत्रमा ११ सय भन्दा बढी मानिसहरू आपराधिक आक्रमणमा ज्यान गुमाउन बाध्य भइसकेका छन्। तथापि यी सबै आपराधिक घटनाको पछाडि बोको हरामको हात छ भनेर यकिन भने गर्न सकिएको छैन।

बीबीसी अफ्रिकाका क्रिस इबोक भन्छन्, “नाइजेरियाको सेनाले बोको हरामलाई छिन्नभिन्न गरेको दाबी गरिरहन्छ। तर यसका बाबजुद सेना र आमसर्वसाधारणमाथि यो कट्टरपन्थी संगठनको आक्रमण जारी छ।”

यसरी सुरू भयो बोको हरामको कथा

सुन्नी जेहादी यो समूह २००३ मा नाइजेरियाको उत्तरी भागमा चर्चामा आउन थालेको थियो। नाइजेरियाको यो उत्तरी भागमा मुस्लिमहरूको घना वस्ती छ।

अफ्रिकाको सबभन्दा धनी देशका रूपमा चिनिने नाइजेरियाभित्र भने यो सबभन्दा गरिब क्षेत्र हो।

धेरैजसो विश्लेषकहरू बोको हरामको प्रभाव बढ्दै जानुलाई नाइजेरियाभित्र दक्षिणी र उत्तरी क्षेत्रको बीचमा रहेको असमानतासँग जोडेर पनि हेर्ने गर्छन्।

मुस्लिम धर्म गुरू मोहम्मद युसुफले नाइजेरियामा मुस्लिम कानुनबाट निर्देशित सरकार गठन गर्ने उद्देश्यसहित बोको हराम स्थापना गरेको विश्वास लिइन्छ। 

मतदान गर्ने र धर्मनिरपेक्ष शिक्षा दिनेजस्ता पश्चिमी जीवनका मूल्य मान्यता र शैलीबाट प्रभावित कुनै पनि खालका राजनीतिक तथा सामाजिक गतिविधिमा मुसलमानलाई सहभागी हुन बन्देज लगाउनुपर्ने उद्देश्य बोकेर बोको हरामले आफ्ना गतिविधिहरू सञ्चालन गरिरहेको छ। 

युसुफले यसका लागि एक मस्जिद र एक मदरसा निर्माण गरेका थिए। तर, विस्तारै संगठनको आकर्षणको दायरा शिक्षा क्षेत्रभन्दा बाहिर फैलिन थाल्यो।

संगठनको राजनीतिक उद्देश्य नाइजेरियालाई एक इस्लामिक राज्यका रूपमा स्थापित गर्नु थियो। जसका कारण युसुफले स्थापना गरेको मदरसा विस्तारै जेहादी भर्ती केन्द्रमा परिणत हुन थाल्यो।

बाेकाे हरामका संस्थापक नेता मोहम्मद युसुफ, जसकाे हत्या २००९ मा भएकाे थियाे।

बोको हरामको कार्यशैली

२००९ मा बोको हरामले उत्तर पश्चिमी नाइजेरियास्थित बोर्नो राज्यको राजधानी मायदुगुरीमा पुलिस चौकी र सरकारी कार्यालयहरूमा थुप्रै आक्रमण गर्‍यो। शृंखलाबद्धरूपमा भएका भिडन्तहरूमा बोको हरामका थुप्रै समर्थकले ज्यान गुमाए। हजारौं कट्टरपन्थी सहर छोडेर अन्यत्र भागे।  

सरकारी सुरक्षा फौजले जवाफी कारबाही गर्ने क्रममा बोको हरामाको मुख्यालय नियन्त्रणमा लियो। थुप्रै कट्टरपन्थी लडाकूहरूलाई गिरफ्तार गर्नुका साथै उनीहरूका नेता युसुफको हत्या गर्‍यो। 

बोको हरामको गतिविधिमाथि नियन्त्रण लिएको सन्देश प्रवाह गर्नका लागि सुरक्षा निकायले युसुफको मृत शरीर टेलिभिजनमा देखाएको थियो। बोको हरामका शीर्ष कमाण्डरको शिकार गरिएको र अब त्यो संगठनको हैसियत नभएको प्रचार गरियो।

युसुफ मारिएपछि बोको हरामका गतिविधिहरू कम हुने अपेक्षा पनि गरिएको थियो। तर, बोको हराम आफ्ना नयाँ नेता अबु बकर शेखुको नेतृत्वमा फेरि एकपटक संगठित भयो। 

पुनर्संगठित भएसँगै बोको हरामका शृंखलाबद्ध आक्रमणले फेरि निरन्तरता पाउन थाल्यो। २०१३ मा बढ्दो हिंसालाई मध्यनजर गर्दै नाइजेरिया सरकारले बोको हरामको प्रभाव भएका राज्यहरूमा आपतकाल लागू गर्‍यो। 

त्यही वर्ष संयुक्त राष्ट्र संघले पनि बोको हरामलाई एक कट्टरपन्थी संगठनका रूपमा घोषणा गर्‍यो। त्यसपछि अबु बकर शेखुको नेतृत्वमा बोको हरामको बर्बरता झन कुख्यात हुन थाल्यो।

आमसर्वसाधारणमाथि बमबारी, आक्रमणमा बालबालिकाको प्रयोग, स्कुलहरूबाट बालबालिका अपहरण जस्ता अमानवीय घटनाहरूको शृंखला नाइजेरियामा दिनप्रतिदिन बढ्दै जान थाल्यो। गत शुक्रबारको घटना पनि त्यसैको निरन्तरता थियो।

स्कुले विद्यार्थी अपहरणको शृंखला

२०१४ मा नाइजेरियाको उत्तर पूर्वको चिबोकस्थित एक स्कुलबाट विद्यार्थी अपहरण भएको घटनाले पूरा देशलाई आतंकित बनायो। बोको हरामले त्यतिबेला उक्त स्कुलबाट २७६ छात्राहरूलाई अपहरण गरेको थियो।

अपहरणमा परेकामध्ये केही बालिकाहरू भाग्न सफल भएका थिए भने १०० छात्रालाई बोको हरामका कट्टरपन्थी लडाकूलाई रिहा गर्ने सर्तमा छोडिएको थियो। तर, तीमध्ये १०० छात्राहरूको अवस्थाबारे भने अहिलेसम्म कुनै जानकारी सार्वजनिक भएको छैन।

“बोको हरामले मानव अधिकार कार्यकर्तासँगै स्थानीय मानिसहरूलाई पनि अपहरण गरे। अपहरणमा परेकामध्ये केहीको हत्या गरिएको थियो भने केहीलाई फिरौती रकम लिएर छोडिएको थियो,” पत्रकार क्रिस इवोक भन्छन्।

फिरौतीबाट प्राप्त रकमका साथै अल कायदाजस्ता अन्य कट्टरपन्थी संगठनहरूको सहयोगबाट बोको हरामले थुप्रै गतिविधि सञ्चालन गर्ने गरेको बताइन्छ। 

संयुक्त राष्ट्र संघको शरणार्थीका लागि काम गर्ने एजेन्सी यूएनएचसीआरका अनुसार नाइजेरियामा बोको हराम र सेनाबीच जारी संघर्षका कारण देशभर गरी ३० लाखभन्दा बढी मानिसहरू विस्थापित भइसकेका छन्। एमनेस्टी इन्टरनेसनलले सरकार र विद्रोही दुवै पक्षमाथि मानव अधिकार हनन् र युद्ध अपराधको आरोप लगाएको छ। 

बोको हरामको शक्ति

नाइजेरियाको उत्तर पुर्वी इलाका र लेक चाड क्षेत्रमा बोको हरामको सक्रियता प्रत्येक दिन बढ्दो छ। म्यासेजिङ एप टेलिग्राममार्फत् बोको हरामले आफ्नो आधिकारिक एकाउन्टसबाट प्रपोगण्डा जारी राख्ने गरेको छ। 

तर, गत शुक्रबारको अपहरण काण्डले बोको हरामको दायरा अब देशको उत्तर पश्चिमी क्षेत्रमा पनि फैलिएको संकेत देखिएको छ। बोको हरामले यो अपहरणमा जिम्मेवारी लिँदै आफ्नो प्रभाव क्षेत्र विस्तार हुँदै गएको सन्देश दिन खोजेको रूपमा पनि लिइएको छ। 

बीबीसी नाइजेरियाका पत्रकार इशाक खादिलका अनुसार यो घटनामा अबु बकर शेखुको दाबी प्रचारका लागि अपनाइएको हतकण्डा हो। पश्चिमी अफ्रिकामा सक्रिय कट्टरपन्थी संगठन इस्लामिक स्टेटको एउटा सानो गुटसँग बोको हरामको प्रतिस्पर्धा छ। त्यसैले आफ्नो प्रभाव विस्तार भएको देखाउन रणनीतिकरूपमा अबु बकर शेखुले यस्तो दाबी गरेको खालिदको बुझाइ छ। 

“यो आक्रमणमा कसकाे हात छ भनेर पत्ता लगाउन सरकारी अधिकारीहरू अनुसन्धान गरिरहेका छन्। तर उत्तर पश्चिमी क्षेत्रका आमसर्वसाधारणको चासो अहिले आक्रमण कसले गर्‍यो भन्दा पनि आफ्ना बालबालिकाको सुरक्षाप्रति केन्द्रित छ। सबै अभिभावकहरू यो घटनापछि निकै चिन्तित छन्,” खालिदलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ। 

शान्ति बहालीको सम्भावना

एक साता बन्धक बनाएपछि अपहरणकर्ताहरूले हिजो बिहीबार ३४४ विद्यार्थीलाई रिहा गरेको स्थानीय प्रशासनले बताएको छ। तर, अझै पनि केही विद्यार्थीहरू अपहरणकारीकै कब्जामा रहेको बताइएको छ। रिहा गरिएका सबै बालकहरूको अवस्था सकुशल रहेको पनि कात्सिना राज्यका गभर्नरका प्रवक्ताले बताएका छन्।

केही बालकहरू अझै अपहरणकारीकै कब्जामा रहँदा अधिकांशलाई रिहा गरिए पनि नाइजेरियाली आमसर्वसाधारणमा सुरक्षाको चिन्ता बढ्दै गएको छ। 

खालिदका अनुसार नाइजेरियाली जनता सरकार रक्षात्मक नभई आक्रामक भएको हेर्न चाहन्छन्। तर, विश्वभरका संघर्ष प्रभावित क्षेत्रका बारेमा विशेषज्ञता हासिल गरेको इन्टरनेसनल क्राइसिस ग्रुपले भने सैनिक कारबाहीबाट शान्ति बहाल नहुनेतर्फ सचेत गराएको छ।

सैनिक कारबाहीको नतिजा उल्टो हुन सक्नेतर्फ ग्रुपले नाइजेरियाली प्रशासनलाई ध्यानाकर्षण गराएको छ। बीबीसीबाट 

अन्तर्राष्ट्रिय

नाइजेरियामा किन आतंक फैलाइरहेछ बोको हराम ? शान्ति बहालीको सम्भावना कति ?

सबै तस्वीर: एएफपी।
प्रकाशित: शनिबार, पुस ४, २०७७ १०:०७
सारांशमा :
  • पछिल्लो एक दशकभन्दा लामो समयदेखि नाइजेरियामा बोको हरामको आतंक फस्टाइरहेको छ।
  • नाइजेरियामा सेना र बोको हरामबीचको संघर्ष सुरू भएयता यो लडाइँका कारण हजारौं मानिसले ज्यान गुमाइसकेका छन्।
  • विश्लेषकहरू बोको हरामको प्रभाव बढ्दै जानुलाई नाइजेरियाभित्र दक्षिणी र उत्तरी क्षेत्रको बीचमा रहेको असमानतासँग जोडेर पनि हेर्ने गर्छन्।
पूरा पढ्नुहोस्

सिफारिस