२०७७ माघ ९, शुक्रबार

‘सगरमाथाको चुचुरामा धेरै समय बिताउँदा मेरो खुट्टाको औँला नै हिउँले खाइदियो’

नेपाली र विदेशी सञ्चारमाध्यममा गत मङ्सिर २३ गते एउटा विषयले निकै चर्चा पायो। सो दिन विश्वले नेपाललाई चिन्ने सगरमाथाको वैज्ञानिक तवरबाट नयाँ उचाइको घोषणा भएको थियो। नेपाल सरकारले पहिलोपटक आफ्नै स्रोत साधन र नेपाली प्राविधिक जनशक्तिबाट विश्वको सर्वोच्च शिखर सगरमाथाको उचाइ मापन गरेको थियो। 

हामीले मान्दै आएको सगरमाथाको उचाइ आठ हजार ८४८ मिटर यसअघि विदेशीले मापन गरेका थिए। हिमाल चढ्नु आफैँमा कठिन कार्य, त्यसमाथि सगरमाथाको उचाइलाई मापन गर्नु झन् ठूलो चुनौती र जिम्मेवारी हो। सगरमाथाको उचाइ मापन टोलीको नेतृत्व गरेका थिए कास्कीको माछापुच्छ्रे गाउँपालिका निवासी ३७ वर्षीय खिमलाल गौतमले। उनी नापी विभाग कास्कीका प्रमुख हुन्।

गौतमको संयोजकत्वमा गठन भएको टोलीले पाएको सफलतासँगै चीन र नेपाल सरकारले सगरमाथाको उचाइ ८६ सेन्टिमिटरले बढेर ८,८४८.८६ मिटर पुगेको औपचारिक घोषणा गरेका थिए। उनै गौतमसँग गरमाथा मापनको अनुभवमा केन्द्रित रहेर गरिएको कुराकानीः

एउटा गर्विलो र ऐतिहासिक काम यहाँको संयोजकत्वमा सम्पन्न भयो, सगरमाथा मापनको त्यो क्षण कसरी सम्झनुहुन्छ?

मुख्यतः यस कामका लागि हामी नापी विभागका धेरै सर्भेयरहरू खटिएका थियौं। मेरो संयोजकत्वमा भन्दा पनि उचाइ मापनको सबैभन्दा जटिल र चुनौतीपूर्ण काम मेरो नेतृत्वमा सम्पन्न भएको हो।  विभागका तर्फबाट मेरो नेतृत्वमा समिट अब्जर्भेशनको काम सम्पन्न भएको हो। सगरमाथाको इतिहासमा पहिलो पटक सर्भेयरहरू चुचुरामा पुगेर नेपालले एउटा विश्व रेकर्ड कायम गरेको छ, त्यसमा मेरो नेतृत्वमा संलग्न हुन पाउँदा म झनै खुशी छु। खासमा मेरो खुट्टाबाट गोल भएको भए तापनि मभन्दा ठूला त ती हुन् जसले बल पास दिए, डिफेन्डमा बसेर काम गरे, यो कार्यमा मसमेत सहभागी हुने भूमिका तयार गरिदिए। उचाइ मापन भन्ने कुरा सामूहिक काम हो, जसको समग्र संस्थागत नेतृत्व विभागले गरेको हो। हामी सबै नेपालीको शिर, संसारकै गजुरका रूपमा रहेको सगरमाथाको नेपाली उचाइ मापनमा महत्वपूर्ण भूमिकामा रहेर काम गर्न पाउँदा अत्यन्तै खुशी छु।

एउटा ऐतिहासिक जिम्मेवारी काँधमा बोकेर सगरमाथाको बेसक्याम्प पुग्दाको पहिलो दिनको अनुभव कस्तो रह्यो ?

हामी मिति २०७५ चैत २७ गतेका दिन प्रधानमन्त्रीको शुभकामना बोकेर सगरमाथातर्फ लाग्दै गर्दा २०७६ साल वैशाख १० गते (पासाङल्हामु शेर्पा चढेको दिन) सगरमाथाको आधार शिविरमा पुगेका थियौंँ। पहिलो दिन जब आधारशिविरमा टेकेँ, तब मैले पहिलाभन्दा अलि भिन्न महसुस गरेँ। मैले यसभन्दा अगाडि पनि पटकौंँपटक आधारशिविरमा आएर कयाँैं रात बिताइसकेको थिएँ तर यसपालि पुग्दा अलि अर्कै महसुस भयो। मेरो टोलीका चार सदस्यमध्ये दुई जना मात्रै १० गते आधार शिविर पुग्न सकेका थियौंँ, रवीनजीको स्वास्थ्यमा केही गडबड भएकाले त्यो दिन उनी पुग्न सकेनन् र तल लोबुचेमा नै एक जना साथी सुरजसिंह भण्डारीलाई साथी छाडेर युवराजलाई लिएर म त्यहाँ पुगेको थिएँ। म अगाडि गएर समग्र व्यवस्थापनको विषयवस्तु बुझ्नुपर्ने र नपुगेको कुरा मिलाउनुपर्नेसमेत मेरो जिम्मेवारी भएको हुँदा बिरामी साथीलाई तलै छाडेर म अगाडि लागेको थिएँ।

वैज्ञानिक मापन भनिएको छ, सर्वसाधारणले बुझ्ने भाषामा मापन विधिका बारेमा बताइदिनुहोस् न ?

उचाइ मापन आफैँमा एक जटिल र विशुद्ध वैज्ञानिक कार्य हो। कुनै पनि स्थानको उचाइ मापन भन्नाले उक्त उचाइ कहाँबाट नापिएको हो भन्ने कुराले महत्वपूर्ण अर्थ राख्छ। जस्तै कुनै मान्छेको उचाइ भन्नाले मान्छेको पैतालाको तल्लो भागदेखि टुप्पीसम्मको ठाडो भागको मानलाई बुझिन्छ। मापन गर्नुभन्दा अगाडि उचाइ मापन गर्ने निश्चित आधार सतह निर्धारण गरिन्छ, जसलाई आधार सतह भनिन्छ। नापनक्शा विज्ञानमा उचाइ मापन सामान्यतया समुद्री सतहका आधारमा मापन गर्ने गरिन्छ  तर हाम्रो देश नेपाल त भूपरिवेष्टित  भएकाले हामीसँग समुद्र छैन, त्यसैले नेपालले सबैभन्दा नजिकको समुद्री सतह बङ्गालको खाडीलाई आधार सतह मान्ने गरेको छ। 

उचाइ मापनमा सामान्यतया दुई विधिहरू हुन्छन्– परम्परागत र आधुनिक। परम्परागत विधिमा कुनै स्थानको उचाइ मापन गर्नका लागि चुचुरामा पुग्नु आवश्यक हुंँदैन तर आधुनिक विधिबाट काम गर्दा भने चुचुरामा यन्त्र, उपकरणसहित पुग्नुुपर्ने हुन्छ। आधुनिक विधिमा कृत्रिम भूउपग्रहको मद्दतबाट कुनै पनि उचाइ आवश्यक रहेको स्थानमा भूउपग्रहका सूचना सङ्कलन गर्न सक्ने खालको यन्त्र जडान गरिन्छ र उक्त यन्त्रले रेकर्ड गरेको कच्चा तथ्याङ्कहरूलाई अन्य वरिपरि रहेका आधार विन्दुहरूमा राखिएको यस्तै यन्त्रहरूले रेकर्ड गरेको मानका आधारमा उक्त स्थानको अवस्थिति र उचाइ पत्ता लगाइन्छ। 

सगरमाथाको चुचुरामा कति समय बस्नुभयो, चुनौती के के थिए ?

समग्र यो काम एक चुनौती नै चुनौतीले जेलिएको काम थियो।  हामी लगभग दुई घण्टा जति चुचुरामा बस्यौंँ। चुनौतीलाई सामना गर्ने लक्ष्यका साथ बसेको कारणले सबै चुनौती याद छैनन्, तथापि हामीलाई लगभग माइनस ४३ डिग्री तापक्रमको त्यो कष्टकर समयमा, अन्धकारमय हुंँदै चुचुरामा यन्त्र, उपकरण सेटअप गर्न सफल भयौं । हाम्रा यन्त्र, उपकरण निकै महँगा र संवेदनशील थिए। पातलो पञ्जा लगाएर या खाली हातमा काम गर्नुपर्ने भएकाले निकै चुनौतीपूर्ण थियो। त्यसमा पनि चुचुरामा सामान्यतया १०÷१५ मिनेट  मात्र रहन सक्छन् साधारण आरोहीहरू, तर हामीलाई छोटो समय बस्ने छुट थिएन, किनकि छोटो समयको डाटाले हाम्रो नापी विभागको शुद्धतालाई समेट्न सकिँदैनथ्यो, त्यसकारण पनि लामो समय बसेर लामो अवधिको तथ्याङ्क लिन सक्नु अर्को चुनौतीपूर्ण थियो।

अनौपचारिक तवरबाट बुझ्दा चिनियाँहरूको समिट अब्जरभेशनको समयावधिभन्दा हाम्रो समयावधि धेरै थियो भन्ने बुझिन आएको छ। उचाइ मापनका लागि जति धेरै अवधिको तथ्याङ्क लिन सकियो, त्यति नै शुद्ध उचाइ गणना गर्न सकिने भएकाले नापी विभागले धेरै  परिशुद्ध उचाइ मापन गरेको छ भन्न हामी सक्छौंँ। चुचुरामा धेरै समय बिताउँदा मेरो खुट्टाको एउटा औँला नै हिउँले खाएको थियो। फेरि पनि त्यो ऐतिहासिक कार्यको मैदानमा अरू कुरा गौण बने। 

मापनका लागि प्रयोग गरिएका उपकरणबाट कुनै समस्या त भएन ?
हामीले सोचेभन्दा निकै राम्रो भयो। समस्या भएन, किनकि हामी भाग्यमानी थियौँ जस्तो लाग्छ। 

सगरमाथाको उचाइ हिउँसहित नापिएको हो कि हिउँविना ?

स्थायी हिउँले ढाकिएको एक पहाडको चुलीलाई हिमाल भनिन्छ। अर्थात् सबै हिमालहरू पहाडहरू हुन् तर सबै पहाडहरू हिमाल हैनन्। हाल सगरमाथाको उचाइ भनेको स्थायी हिउँसहितको नाप हो। यसर्थ हिमालको परिभाषाबाट पनि सहजै बुझ्न सकिन्छ कि हिमालको उचाइ भन्नु स्थायी हिउंँ सतहसहितको उचाइ नै हो। 

यसभन्दा पहिला नाप्दा आठ हजार ८५० आयो रे भन्ने कुरा आएको थियो ?

अमेरिकाले नाप्दा आठ हजार ८५० मिटर आएको हो। सन् २००५ मा  चीनले स्थायी हिउँबाहेकको चट्टानी सतहको सगरमाथा नाप्दा ८ हजार ८४४.४३ मिटर उचाइ आएको थियो। अहिलेको कुरा त थाहा भइसकेको छ, दुवै देशबाट मापन गरेर सगरमाथाको उचाइको एउटै अङ्क सार्वजनिक भएको छ। 

गोरखा भूकम्पका क्रममा इण्डियन प्लेटले तिब्बतियन प्लेटलाई धकेलेपछि उचाइ बढेको हो ?

यो नापी विभागको र मेरो पनि मूल विषय हैन। यसमा अब भूगर्भविद्हरूले अनुसन्धान गर्लान् शायद। यसअघि विभिन्न अन्तरर्राष्ट्रियस्तरका भूगर्भविद्हरूले विभिन्न कालखण्डमा गरेको अध्ययनअनुसार इन्डियन प्लेट निरन्तर रूपमा दुई सेन्टिमिटरका दरले तिब्बतियन प्लेटभित्र घुसिरहेको र ८ मिलीमिटर दरले उचाइ बढिरहेको भन्ने तथ्य यसअघि नै भूगर्भविद्हरूले सार्वजनिक गरेका थिए। यस तथ्यलाई मनन गर्दा समेत हाल सगरमाथाको उचाइ बढी आउनु वैज्ञानिक कारण छ भन्ने देखिन्छ।

चीन र नेपालको मापन गर्ने तरीका एउटै थियो त ?

हामीले जुन विधिबाट मापन गरेका थियौंँ, ठीक त्यही विधि अवलम्बन गरेर चीनले पनि उचाइ मापन गरेको कुरा मिडियामा आएको छ, त्यही नै सत्य हो।

दुई देशका प्राविधिकबीच कत्तिको सम्पर्क र समन्वय भयो ?

हामीले हाम्रातर्फबाट काम गरेका हौंँ। खासमा म त्यो दुई देशको समन्वय र सम्पर्क गर्ने मेरो जिम्माको काम थिएन। तर पनि दुई देशबीचमा प्राविधिक तहमा समेत विभिन्न प्राविधिक समिति बनाई संयुक्त उचाइ सार्वजनिक गर्ने काममा सम्पर्क र समन्वय भएको थियो, जसले गर्दा दुवै देशबाट एउटै उचाइ एकै कार्यक्रममार्फत घोषणा गर्न सम्भव भयो।

यहाँ पहिलोचोटि भ्रमण वर्ष २०११ को पर्यटन प्रवर्द्धका लागि सगरमाथा चढ्नुभयो, दोस्रो चोटि उचाइ नाप्ने कार्यदलको संयोजकका रूपमा सगरमाथा पुग्नुभयो, यो दुई अवसरलाई कसरी लिनुहुन्छ ?

म के कुरामा खुशी छु भने मैले हालसम्म दुई पटक सगरमाथा आरोहण गर्ने नेपालको एक मात्र कर्मचारी हुने सौभाग्य प्राप्त गरेको छु। पहिला पर्यटन प्रवद्र्धन गर्नका लागि मात्र सगरमाथा आरोहणमा जाँदा धेरै चिन्ता, प्रेसर थिएन, काम पनि केवल चढ्नु मात्र थियो, तर हाल यो उचाइ मापनका लागि तथ्याङ्क लिन सगरमाथा आरोहण निकै चुनौतीपूर्ण र ऐतिहासिक पनि रह्यो। दुःख पनि अलि बढी भयो उचाइ मापनका लागि आरोहण गर्दा। हिमाल चढ्नु आफैंमा कठिन काम हो, त्यसमा कुनै निश्चित वैज्ञानिक कार्य गर्नका लागि आरोहणमा जानु अत्यन्त चुनौतीपूर्ण हुने रहेछ। मलाई लाग्छ, यी दुवै अवसरहरू मेरो जीवनमा कोेसेढुङ्गाका रूपमा रहिरहने छन्। 

अहिलेको मापनचाहिँ पहिलेभन्दा आधिकारिक मानिने कारण ? 

यसपालि हालसम्म प्रयोग भएका सबै विधि अवलम्बन गरेर मापन गरिएको हो। यसअघि मापन गर्दा कुनै एक स्थानको समुद्री सतहलाई मात्र आधार मानी उचाइ संगणना भएकामा हाल यस सम्बन्धमा अन्तरर्राष्ट्रिय उचाइ आधार सतहलाई लिई भएको हो, जसले गर्दा उचाइमा द्विविधा हट्न गएको छ। 

आधुनिक प्रविधिको प्रयोग गरेर मापन गर्दा सर्भेयरहरू स्वयं नै चुचुरामा पुगी मापन गर्नुपर्नेमा यसअघि अमेरिका, चीनलगायतका मुलुकहरूले सगरमाथा मापन गर्दा सर्भेयरहरू पठाउन नसकेको तर हाल नेपालले सर्भेयरहरू नै चुचुरामा पठाई मापन गरेकाले पनि बढी बिश्वसनीय देखिएको हो।

चीनले मापन गरेको तथ्याङ्कसँग तुलना गरेर हेर्दासमेत एउटै उचाइ आउन गई एउटै अङ्क घोषणा हुनुले समेत यसको थप आधिकारिकता पुष्टि हुन गएको छ ।

जिम्मेवारी पूरा गरेर फर्केपछि यहाँले विशेष के कुरालाई स्मरण गर्नुभयो ?

जब चुचुराको प्राविधिक काम सकियो, त्यसपछि मैले अरू कुनै कुरा सोच्न पाइन, किनकि रेकर्ड गरिएको तथ्याङ्कलाई अब कसरी सुरक्षित तवरबाट तल ल्याउने भन्ने मात्र सोच्न पुगेंँ। हामीलाई २०७६ साल जेठ ९ गते सगरमाथाको लगभग ६ हजार ५०० मिटरको उचाइबाट काठमाडौंँ ल्याइयो। मैले खासै धेरै सोच्ने समय पनि पाइन, मनमनै परिवारको त याद आउने नै भयो  तर त्यसभन्दा पनि म एक आफ्नो जिम्मेवारी सफलतापूर्वक सम्पन्न गर्न सकेकामा खुशी भएको थिएँ। 

सगरमाथाको विस्तृत अध्ययनसहित उचाइ मापनको अनुभवका बारे यहाँले लेख्दै गरेको पुस्तक पाठकले कहिले पढ्न पाउँछन् ?

मैले यही लकडाउनको मौका पारेर सगरमाथासम्बन्धी केही अध्ययन गर्ने अवसर जुटाएँ। यही अवसरमा मैले खासगरी सगरमाथाको समग्र इतिहास, यससँग नेपाली जातिको सामिप्यता, भूगोल र इतिहाससमेत समेट्दै मेरा दुई पटकका सगरमाथा यात्राका भोगाइ र अनुभवलाई समेत समेटेर किताब लेखिसकेको छु। अहिले भाषा सम्पादनका क्रममा छ। अनपेक्षित कुनै परिघटना नभएमा अबको तीन महिनाभित्र बजारमा ल्याउने मेरो योजना छ।

सगरमाथा मापन आरोहणका क्रममा बाटामा शवहरू पनि  देख्नुभयो ? फोहरको कुरा पनि निकै उठ्ने गर्छ, कस्तो पाउनुभयो ? 

हामी यस अभियानका क्रममा माथि उक्लँदै गर्दा विशेषतः सगरमाथाको क्याम्प –२ मा मैले एक लाश देखेको थिएँ। त्यहाँ पहिलादेखि नै आरोहणमा सहभागी हँुंदै आएका शेर्पा दाजुभाइहरूसँग सोधपुछ गर्दा उक्त लाश एक जना रसियन आरोहीको रहेछ। माथि साउथ कोलमा विसं २०७५ मा आरोहणका क्रममा मृत्यु भएका उनीलाई क्याम्प– २ सम्म ल्याइएको रहेछ। एक वर्षसम्म पनि उक्त लाश हामीले हेर्दा उनको हातको घडी भने चलिरहेको र ठीक समय देखाइरहेको थियो, उनले लगाएको घडी कति ओरिजिनल रहेछ भन्ने सोचेर म अचम्मै भएँ तर पछि हामी समिट अब्जरभेसनको कार्य सकेर फर्कँदै गर्दा उक्त लाश त्यहाँ थिएन, उद्धार र सरसफाइ टोलीले तल झारिसकेको थाहा पायौंँ। माथि क्याम्प-४ (साउथ कोल) तिर केही मानव कङ्कालहरू पनि देखेका थियौंँ  तर हामी फर्कँदैं गर्दा सफा गरिसकिएका थिए।  पोहोर सालसम्म हामीले हेर्दा बाहिरै देखिएका लाशका कङ्कालहरू लगभग सबै व्यवस्थापन गरिसकिएको छ। 

सगरमाथामा फोहरको कुरा गर्दा जति बजारमा हल्ला आएको छ, वास्तविक स्थिति त्यस्तो छैन, अहिले धेरै सुधार भइरहेको छ। सगरमाथा प्रदूषण नियन्त्रण समितिले र संस्कृति, पर्यटन तथा नागरिक उड्डन मन्त्रालयले सरसफाइका लागि पछिल्ला दिनमा धेरै नै ध्यान दिइरहेका छन्। आजभन्दा १० वर्ष अगाडिको स्थितिलाई हेरी अहिले पनि सगरमाथा फोहोर छ भनेर अलि बढी अतिरञ्जित गरिएको हो कि जस्तो छ। (रासस) 

विचार / अन्तर्वार्ता

‘सगरमाथाको चुचुरामा धेरै समय बिताउँदा मेरो खुट्टाको औँला नै हिउँले खाइदियो’

प्रकाशित: बुधबार, पुस ८, २०७७ ०८:४०
  • खासमा मेरो खुट्टाबाट गोल भएको भए तापनि मभन्दा ठूला त ती हुन् जसले बल पास दिए, डिफेन्डमा बसेर काम गरे, यो कार्यमा मसमेत सहभागी हुने भूमिका तयार गरिदिए।
  • हामीलाई लगभग माइनस ४३ डिग्री तापक्रमको त्यो कष्टकर समयमा, अन्धकारमय हुंँदै चुचुरामा यन्त्र, उपकरण सेटअप गर्न सफल भयौं । 
  • चिनियाँहरूको समिट अब्जरभेशनको समयावधिभन्दा हाम्रो समयावधि धेरै थियो भन्ने बुझिन आएको छ।
  • हाल सगरमाथाको उचाइ भनेको स्थायी हिउँसहितको नाप हो। यसर्थ हिमालको परिभाषाबाट पनि सहजै बुझ्न सकिन्छ कि हिमालको उचाइ भन्नु स्थायी हिउंँ सतहसहितको उचाइ नै हो। 