नेकपामा कसलाई नेता मान्ने भन्ने कुरा पछि गर्नेछौँ, राजनीति गर्ने नेता चुनावबाट भाग्न मिल्दैन : सुरेन्द्र पाण्डे
काठमाडौँ। नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रचण्ड-नेपाल समूहका नेता तथा पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले नेकपा एक हुनसक्ने सम्भावना तत्कालका लागि टरेको बताएका छन्।
देखापढीसँग कुरा गर्दै नेता पाण्डेले आफू संलग्न रहेको समूहलाई वैधानिक नेकपा भएको दाबी गरे। नेकपा फुटेको नभई चोइटिएको उनको भनाइ छ।
“७० प्रतिशत केन्द्रिय सदस्य हामीसँग छन्। नेकपाको विधानले र संविधानमा दलसम्बन्धी व्यवस्थाले बहुमतलाई वैधानिक मानेको छ। त्यस कारण वैधानिक नेकपा प्रचण्ड-नेपाल समूह हो,” पाण्डेले भने।
प्रधानमन्त्रीसमेत रहेका नेकपाका अध्यक्ष केपी शर्मा ओलीलाई पार्टीको केन्द्रीय कमिटिले कारवाही गरिसकेको भन्दै नेता पाण्डेले अदालतबाट न्याय नपाए सडकबाट संसद पुनर्स्थापना गर्ने बताए।
नेपाल भ्रमणमा रहेको चिनियाँ कम्युनिष्ट पार्टीको टोलीले अलग-अलग बाटोमा हिँडेको नेकपालाई एक गर्दै छ भन्ने हल्ला मात्र भएको उनले बताए। उनले भने, “प्रधानमन्त्रीले निरन्तर विधिविधान मिचेपछि हामी त्यसका विरुद्धमा उभिएको हौँ।”
आफूहरूलाई प्रचण्डको पछि लागेर गए भन्ने कुरा गलत भएको जनाउँदै नेता पाण्डेले कसलाई नेता मान्ने भन्दा पनि वर्तमान व्यवस्था जोगाउने कुरा महत्त्वपूर्ण भएको बताए।
“हार्मी पार्टीका कुरा मिलाउँदै जानेछौँ, कसलाई नेता मान्ने भन्ने कुरा पछि गर्नेछौँ। अहिले यो व्यवस्था जोगाउँदै छौँ,” उनले बताए।
निर्वाचनसम्बन्धी प्रसंगमा बोल्दै नेता पाण्डेले राजनीति गर्ने दल र दलका नेताले चुनावबाट भाग्न नमिल्ने बताए। प्रधानमन्त्री ओलीले घोषणा गरेको समयमा निर्वाचन हुनेमा भने उनले शंका व्यक्त गरे।
नेपाल भ्रमणमा रहेको चिनियाँ कम्युनिष्ट पार्टीको टोलीले अलग-अलग बाटोमा हिँडेको नेकपालाई एक गर्दै छ भन्ने हल्ला मात्र भएको उनले बताए।
प्रचण्डको पछि लागेर गए भन्ने कुरा गलत भएको जनाउँदै नेता पाण्डेले कसलाई नेता मान्ने भन्दा पनि वर्तमान व्यवस्था जोगाउने कुरा महत्त्वपूर्ण भएको बताए।
पूरा पढ्नुहोस्