२०७७ माघ ५, सोमबार

लापरवाही गर्ने निगमका कर्मचारीलाई कारवाही

काठमाडौं। नेपाल एयरलाइन्सले कोरोना रिपोर्टमा लापरबाही गरेको पाइएपछि मलेशिया स्टेशनका एक कर्मचारीलाई कारवाही गरेको छ। कर्मचारीको लापरबाहीका कारण निगमको जहाजमार्फत नेपाल आएका एक यात्रुको कोरोना रिपोर्ट पोजेटिभ पाइएपछि उनलाई कारबाही गरिएको हो।

निगमले कारबाहीस्वरूप ती कर्मचारीलाई मलेसिया जान नपाउने गरी फिर्ता बोलाएको जानकारी दिएको छ। गत डिसेम्बर ३० तारिखका दिन मलेशियाबाट काठमाडौँ आएको निगमको जहाज बिहान ९ः०० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो।

विमानस्थलको स्वास्थ्य कक्षमा यात्रुको पिसिआर रिपोर्ट जाँच गर्दा एक यात्रुले पोजेटिभ रिपोर्ट लिएर आएको फेला परेको थियो। निगमको न्यारोबडी ए ३२० जहाजमा १४५ यात्रु आएका थिए।

ती पोजेटिभ यात्रुसहित ५४ जनालाई अहिले होटल क्वारेन्टिनमा राखिएको छ भने बाँकी ९१ जनालाई घर पठाइएको थियो। सो घटनामा निगमको मलेशिया स्टेशनका कन्ट्री म्यानेजर नरेशकुमार श्रेष्ठ, स्टेशन म्यानेजर युवराज आचार्य र फाइनान्स म्यानेजर इन्द्र थापालाई निगमले स्पष्टीकरण सोधेको थियो।

चित्तबुझ्दो जवाफ नआएपछि उनीहरूलाई फिर्ता बोलाउनुका साथै होटल क्वारेन्टिनमा बस्ने यात्रुको सम्पूर्ण खर्च उनीहरूले नै व्यहोर्नुपर्ने गरी कारवाही गरेको हो।

बाहिरको नेपाल कोभिड–१९ महामारी

लापरवाही गर्ने निगमका कर्मचारीलाई कारवाही

प्रकाशित: मंगलबार, पुस २१, २०७७ १६:४३
  • कर्मचारीको लापरबाहीका कारण निगमको जहाजमार्फत् नेपाल आएका एक यात्रुको कोरोना रिपोर्ट पोजेटिभ पाइएपछि उनलाई कारबाही गरिएको हो।
  • विमानस्थलको स्वास्थ्य कक्षमा यात्रुको पिसिआर रिपोर्ट जाँच गर्दा एक यात्रुले पोजेटिभ रिपोर्ट लिएर आएको फेला परेको थियो।
  • ती पोजेटिभ यात्रुसहित ५४ जनालाई अहिले होटल क्वारेन्टिनमा राखिएको छ भने बाँकी ९१ जनालाई घर पठाइएको थियो।
  • चित्तबुझ्दो जवाफ नआएपछि उनीहरूलाई फिर्ता बोलाउनुका साथै होटल क्वारेन्टिनमा बस्ने यात्रुको सम्पूर्ण खर्च उनीहरूले नै व्यहोर्नुपर्ने गरी कारवाही गरेको हो।

सिफारिस