२०७७ माघ ५, सोमबार

आउनुस् सबै नांगिऔँ र समतामूलक समाजको निर्माण गरौँ

केही समय अघि देखापढीमा मनोज पाण्डेको एउटा नौलो किसिमको लेख पढियो। त्यो लेख स्थापित पत्रकार अमित ढकाललाई सम्बोधन गरेर लेखिएको थियो। पछिल्लो राजनीतिक घटनाक्रमप्रति अमितजीको धारावाहिक लेखलाई लक्षित गर्दै मनोजजीले उनको एजेन्डा बुझ्न खोजेका थिए। यसरी एउटा सञ्चारकर्मीले अर्का सञ्चारकर्मीलाई प्रश्न गरेर लेखिएको लेख बिरलै पढ्न पाइन्छ। दुवैसँग मेरो व्यक्तिगत परिचय छ। मनोजजीसँग त मेरो लामो समयदेखिको संगत छ।

मनोजजीजस्तै म पनि अमितजीको प्रशंसक हुँ। चुनिन्दा मुद्दाहरूमाथि दमदार बहस गर्ने मात्र होइन, दमदार फैसला पनि सुनाउन सक्ने उहाँको खुबीको म कायल नै हुँ।

मनोजजीको लेखको विषयवस्तुप्रति मेरो कुनै टिप्पणी छैन, त्यो टिप्पणी अमितजीले नै गरून्। तर उनले जुन कुराको सुरुवात गरे, त्यो चाँहि मलाई प्रशंसनीय लाग्यो। लोकतन्त्रमा कोही पनि प्रश्नको घेराभन्दा माथि हुनु हुँदैन। त्यसो त, मिडिया स्वयंले आफूमाथि प्रश्न गर्न पाठकलाई प्रेरित गर्नुपर्ने हो। यसले स्वयं मिडियालाई पाठकप्रति उत्तरदायी एवं आफ्नो पेशाप्रति इमानदार रहन सघाउने थियो। मलाई लाग्छ, आफूमाथि आस्था जगाउने काम पत्रकारिताको होइन, त्यो काम संगठित धर्मको हो। यदि समाजमा अन्धभक्त वा अन्धविरोधी पैदा हुन्छन् भने त्यो पत्रकारिताको विफलता हो।

एउटा आम पाठकको हिसाबले मैले नबुझेको कुरा के हो भने अदालतमा विचराधीन मुद्दाको आमसञ्चारमा ‘मिडिया ट्रायल’ किन भयो? जनमत सिर्जना गर्न? के जनमतले संवैधानिक प्रश्नको निकास दिन सक्छ? दिन सक्दैन वा दिनु हुँदैन भने आम सञ्चारमा त्यस्तो बहस नै किन चल्छ? हिरो बन्न? म अमितजी र अन्य कैयौँ विद्वान पत्रकारहरूको तार्किक शक्तिको पनि कायल हुँ, तर तर्क एक शक्ति हो र यसले एउटा सीमा पार गर्न थाल्यो भने हिंसाको अस्त्र बन्छ। तर्कको प्रयोग आफ्नो कुरा अघि सार्न प्रयोग गरुन्जेल अहिंस्रक हो तर अरूलाई आफ्नो विचारको गुलाम बनाउन प्रयोग गरिन्छ भने त्यो हिंसा नै हो। बौद्धिक रूपले निःशस्त्र मजस्तो आम मानिस (जसको लागि आम सञ्चार बनेको हो)लाई आफ्नो ज्ञान र तर्कले अधिनस्त बनाउनु र बन्दुक देखाएर निःशस्त्र मानिसलाई आफ्नो कुरा मान्न लगाउनुमा तात्त्विक अन्तर के पो छ र? 

गान्धीजी ‘पर्सुएसन’ (कुनै पनि माध्यमबाट अरूलाई आफ्नो विचारमा ढाल्ने कदम)लाई हिंसाको स्वरूप मान्दथे। हो, तिनै गान्धीजी जसको अपूरो संस्करणको अन्धसमर्थक (‘सत्याग्रही’इतरको विचार सेन्सरसम्म गर्न सक्ने) कैयौँ मिडियामा टाउके छन्। मलाई लाग्छ मिडियाले पाठकलाई एकपक्षीय समाचार र विचारले ‘सुसूचित’ गर्न छोडेर बहुपक्षीय समाचार र विचारले ‘सुसज्जित’ गर्नुपर्दछ, ताकि पाठकहरू लेखेको÷छापेको कुरा ठीक बेठिक छुट्याउन सकून् र देशसमाजमा भइराखेका कुराहरूको बारेमा स्वतन्त्र धारणा बनाउन सकून्। होइन भने मिडिया सधैँ पन्डितवादको प्रतीक बनी नै रहनेछ। पाप के? पुण्य के? स्वर्ग कसरी जाने? आदि सबै कुराको फैसला पण्डितले नै मात्र गर्न सक्ने व्यवस्था हो पण्डितवाद।

एजेन्डाको बारेमा

पत्रिकामा जे भनिन्छ, त्यो समाचार वा विचार हो। जे लुकाइन्छ, त्यो अजेन्डा हो। जो मनिस पत्रकारितामा लागेका छन, उनीहरूका लागि समाचार वा विचार कुनै आदर्श प्राप्तिका साधन हुन् वा पत्रिका बिकाउने साधन? के उनीहरूलाई साँच्चिकै लोकतन्त्र, संविधान वा विकासको चिन्ता छ? वा पत्रिकाको बिक्री र नाफाको चिन्ता छ? वा त्यस बाहेकको चिन्ता छ? 

युवाहरू विदेशए भनेर साँच्चिकै आँशु बगाउछन् वा आफ्नो दुनो साध्न गोहीको आँसु झार्छन? यदि उनीहरूका लागि पत्रकारिता फगत पेशा हो र कथित भ्रष्टाचार, अनियमितता, व्यभिचार आदिको समाचार वा विचार लेख्दा उनीहरूको रगत उम्लिँदैन भने हामी बेकारमा किन आफ्नो रगत उमाल्ने? उनीहरूले लेखेको कुरा पढेर हामी किन सामाजिक सन्जालमा एक अर्काको टाउको फोड्ने? रगत नै उमाल्नु छ अरूले लेखेको वा पढाउन खोजेको समाचार वा विचारको आधारमा होइन, स्वविवेकले भनेको आधारमा उमालौँ।

पत्रिकाका लगानीकर्ता को–को हुन्? नेपालमा बस्छन् कि सात समुद्रपार? उनीहरूको तार कता–कता जोडिएको छ? पत्रिका चलाउन विदेशी दातासँग आर्थिक सहयोग लिएका छन् कि छैनन्? त्यो दाताको एजेन्डा के हो? सम्पादक सिफारिशका आधारमा नियुक्त हुन्छन्, जन्मजात हुन्छन् वा योग्यताका आधारमा? कभर स्टोरी के हुने भन्ने कसले निर्णय गर्छ? त्यस्तो स्टोरीमा ‘एंगल’ कसले, के–को आधारमा दिन्छ? समाचाररूपी हाथीको टाउको मात्र पाठकलाई देखाउने वा पुच्छर पनि देखाउने कसले, केका आधारमा निर्णय गर्छ? रिपोर्टेरले आफ्नी जोशजाँगरले कभर स्टोरीको विषय छनोट गर्छ वा सम्पादक मन्डलीको आदेश हुन्छ? कभर स्टोरी छाप्नुअघि के–कस्ता छलफल हुन्छन्? के छलफलमा लोकतान्त्रिक अभ्यास हुन्छ कि तानाशाही चल्छ? 

अनि साचै, केही समयअघि एक अरब कर छली गरेको आशंकामा एउटा बहुराष्ट्रिय कम्पनीको कागजात सिल भएको खबर कभर स्टोरी किन बनेन? कभर स्टोरीको कुरै छोडौँ, स्टोरी नै किन बनेन अधिकांश मिडियामा? रिपोर्टरले खबर ल्याएन कि हाकिमले छाप्न मानेनन्? नेताले अरब भ्रस्टाचार गरेको आशंका भए खबर छपिन्छ कि नाइँ?

पत्रिकामा म जुन लेखहरू आउँछन्, त्यो कुन कसी पार गरेपछि छापिन्छन्? चिनेजानेको, नाम चलेकाको मात्र छपिन्छ कि आम मनिसको पनि छपिन्छ? जो प्रभावी लेख लेख्छन्, उनीहरूको परिचय के हो? कुन राजनीतीक पार्टीसँग निकट सम्बन्ध राख्छन्? वा कुन पार्टीप्रति रुझान राख्छन्? कुन एनजिओसँग काम गर्छन् वा गरिसकेका छन्? अनौपचारिक रूपमा कुन–कुन दूतावासमा जान्छन्? प्रायोजित विदेश भ्रमणमा गएका छन् वा छैनन्? कुन देश कसको प्रायोजनमा गएका छन्? आदि इत्यादि कुराको पृष्‍ठभूमि ज्ञान जबसम्म पाठकलाई हुँदैन वा खुलासा गरिँदैन वा लुकाइन्छ, तबसम्म उनीहरूले पत्रिकामा छपिने मुख्य समाचार वा विचारलाई ‘कन्टेक्स्ट’मा बुझ्न सक्दैनन् र एजेन्डाबाट (यदि कुनै छ भने) सधैँ अनभिज्ञ रहन्छन् र इमान्दार पत्रकारिताको लाभबाट बन्चित हुन्छन्।

अन्तमा,

मिडिया नांगिनु जरुरी छ, पाठकका लागि। नांगिनु अर्थ हुन्छ, आफ्नो असली रूपमा देखिनु, बिना कुनै आवरण। यो काम मिडिया स्वयंले गरे राम्रो। मिडिया मात्र होइन, आम मानिसको जीवनमा प्रभाव पार्ने सबै क्षेत्र नांगिनु जरुरी छ। चाहे त्यो व्यापार क्षेत्र होस्, कानुनी क्षेत्र होस्, कर्मचारीतन्त्र होस् वा शिक्षा, स्वास्थ्य, सुरक्षा क्षेत्र होस्। 

म जुन क्षेत्रमा छु, त्यो पहिलेदेखि नै नांगै छ। त्यसैले म विज्ञापनलाई लिएर आदर्शका ठुलाठुला कुरा गर्दिनँ। विज्ञापनले जतिसुकै ठुलो कुरा गरे पनि, उपभोक्ताले थाहा पाइहाल्छन्, अजेन्डा माल बिक्रीको हो भनेर। भारतमा तनिश्कले अन्तर धर्मको कथामा आधारित कति आदर्श विज्ञापन बनाएको थियो। अन्धभक्तहरूले विज्ञापन बन्द गर्न मात्र गर्न लगाएनन्, तनिश्कको पसलमा तोडफोड पनि गरे। भक्तहरूको स्पष्ट सन्देश थियो– हिरा बेच, आदर्श नबेच। मिडियाले दिनरात हिन्दु–मुस्लिम गरेर अन्धभक्त पैदा गरे, त्यसको परिणाम के हुन्छ भन्ने कुराको सन्देश पनि हो यो। 

नेता र राजनीति त पहिले नै नाङिसक्यो। अब हामी पनि स्वीकारौँ, राजनीति नेताहरूको लागि पेशा हो, आदर्श होइन। जसले आदर्श मान्छन्, उनीहरू नेता नै कहाँ हुन्छन् र अचेल? कुनै न कुनै रूपमा शाहीद हुन्छन्। तर जबसम्म नाङिनुपर्ने सबै नांगिन्नन्, नैतिकताको हिसाबले एउटा समतामूलक समाजको थालनी हुन सक्दैन। हामी अहिले एउटा यस्तो समाजमा छौँ, जहाँ नैतिकता, इमान्दारी, पारदर्शिता र असल आचरणको बोझ केवल नेतामाथि लादिन्छ, बाँकी हामी सबै ती कुराहरूबाट आफुलाई मुक्त ठान्छौँ। 

आउनुस् एकचोटि हामी सबै नांगिऔँ र ठुल्ठूलो कुरा नगरिकनै, आफ्नो आफ्नो काम व्यावसायिक रूपमा गर्दै, नैतिकता, इमान्दारी, पारदर्शिता र असल आचरणको बाटोमा अघि बढौँ। त्यसपछि देश आफै अघि बढ्नेछ।

विचार / अन्तर्वार्ता

आउनुस् सबै नांगिऔँ र समतामूलक समाजको निर्माण गरौँ

प्रकाशित: मंगलबार, पुस २१, २०७७ १९:११