२०७७ माघ ५, सोमबार

हुम्लामा विद्यालय भवन निर्माण गर्न भारतले दियो ४ करोड ४१ लाख

काठमाडौं। हुम्लाको चंखेली-दार्मास्थित महादेव उच्च माध्यमिक विद्यालयको भवन निर्माण गर्नका लागि भारतले चार करोड ४१ लाख तीन हजार रूपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ।

काठमाडौंस्थित भारतीय दूतावास र सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र हुम्ला जिल्लाको चंखेली-दार्मा गाउँपालिकाका प्रतिनिधिहरूबीच उक्त विद्यालय भवन निर्माणको लागि बुधबार एक सम्झौतापत्रमा हस्ताक्षर भएको छ। 

नेपाल-भारत मैत्री विकास साझेदारी कार्यक्रमअन्तर्गत उच्च प्रभाव सामुदायिक विकास परियोजनाको रूपमा अघि सारिएको भारतीय दूतावासले जनाएको छ। यस परियोजनाका लागि भारत सरकारले चार करोड ४१ लाख तीन हजार रूपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ।

सन् १९७६ मा स्थापना भएको उक्त विद्यालय राष्ट्रिय परीक्षा बोर्ड र प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्सँग आबद्घ रहेको छ। 

“साना विकास परियोजनाको नामले परिचित यस उच्च प्रभाव सामुदायिक विकास परियोजना कार्यक्रमले विशेष गरी नेपालको स्वास्थ्य, शिक्षा, खानेपानी, कनेक्टिभिटी, सरसफाइ तथा अन्य सार्वजनिक सुविधाहरुको निर्माणका क्षेत्रमा काम गरिरहेको छ,” दूतावासद्वारा जारी विज्ञप्तिमा भनिएको छ।

उक्त परियोजना अन्तर्गत भारतले सन् २००३ देखि नेपालका सातै वटा प्रदेशमा ४२८ वटा परियोजना सम्पन्न गरिसकेको छ। यी मध्ये १४ वटा परियोजना कर्णाली प्रदेशमा रहेका छन्, जसमा हुम्ला जिल्लामा निर्माण सम्पन्न एक विद्यालय तथा चार विद्यालय निर्माण परियोजना विविध चरणमा रहेका छन्।

अर्थतन्‍त्र शिक्षा

हुम्लामा विद्यालय भवन निर्माण गर्न भारतले दियो ४ करोड ४१ लाख

प्रकाशित: बिहिबार, पुस २३, २०७७ १२:२०
  • सन् १९७६ मा स्थापना भएको उक्त विद्यालय राष्ट्रिय परीक्षा बोर्ड र प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्सँग आबद्घ रहेको छ। 