२०७७ माघ ५, सोमबार

सभ्यताको स्रोत बागमती नदीको उत्पत्ति र महत्त्व

काठमाडौँ। शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जको मृगेन्द्र शिखरबाट राजधानीको सभ्यताको स्रोत बागमती प्रकट भएको छ। यो स्थल अहिले गोकर्णेश्वर नगरपालिकाको भौगोलिक सीमामा पर्दछ।

नृसिंहले हिरण्यकशिपुलाई मारेपछि यसै पर्वतमा आएर मृगको इन्द्रसमान (सिंह) रूपको शिर धारण गरी विचरण गरेकाले मृगेन्द्र शिखर नामकरण भएको विभिन्न पुराणमा उल्लेख गरिएको छ। बागमती उत्पत्ति भएकाले यो स्थानलाई वाग्द्वार भनिन्छ। भक्त प्रह्लादले एक हजार वर्षसम्म भगवान् शिवजीको तपस्या गरे। 

तपस्याबाट शिव अति प्रसन्न भई हाँसो प्रकट भयो। भगवान् शिवको अट्टहासले मुखबाट थुकका छिटा निस्कँदा बागमती प्रकट भएको किम्वदन्ती विभिन्न पुराणमा उल्लेख गरिएको छ। शिवको मुखबाट उत्पत्ति भएकाले बागमतीलाई शिवगङ्गा र ब्रह्मसरस्वती पनि भनिन्छ। शिवपुरीको उत्तर मुखबाट बागमती र दक्षिण मुखबाट विष्णुमती प्रकट भइन्। यही शिखरको पूर्व दक्षिणतिरबाट रुद्रमती (धोबीखोला)को उत्पत्ति भएको छ। 

मणिचूड पर्वत (वज्रयोगिनीको डाँडो) बाट मणिमति (मनोहरा) उत्पन्न भएको छ। साथै, उपत्यकाको विभिन्न स्थानबाट इक्षुमती (टुकुचा), हनुमती (हनुमन्ते), भद्रमती (भचाखुशी) र प्रभावती (नख्खुखोला) बागमतीमा मिसिन्छन्। बागमतीमा मिसिने यी सात नदीको समूहलाई सप्तमती पनि भन्ने गरिएको ‘बागमती काठमाडौँ सभ्यताको मुहान’ पुस्तकका लेखक एवं पूर्व सचिव विष्णुगोपाल रिसाल बताउँछन्।

भागीरथी (गङ्गा)भन्दा सयौँ गुणा पवित्र बागमती

कोट्कुखोला, महादेवखोला, बल्खु खोला, गोदावरी खोला, चन्द्रमती, सूर्यमती, स्यालमती, नागमतीलगायत धेरै सानातिना खोला पनि सिधै वा सहायक नदी हुँदै बागमतीमा मिसिन्छन्। हिमालयको काखबाट निस्केकी बागमती भागीरथी (गङ्गा)भन्दा सयौँ गुणा पवित्र छिन् भनी वराह पुराणमा उल्लेख गरिएको छ।

पशुपति पुराणमा भनिएको छ–

पशुपतिसमं लिङ्गं वाग्वत्या च समा नदी।
गुह्येश्वरीसमं पीठं नास्ति ब्रह्माण्डमण्डले।।

अर्थात् पशुपतिको समान लिङ्ग, बागमतीको समान नदी र गुह्येश्वरीको समान पीठ ब्रह्माण्डमा अरू छैनन्। 

स्कन्द पुराण नेपाल महात्म्यको हिमवत्खण्डमा बागमतीको महत्त्व बढाउनको लागि मनोहराको सङ्गम (दोभान)मा रहेको रुद्रधारा तीर्थले ठूलो भूमिका खेलेको उल्लख छ। शास्त्रीय मान्यताअनुसार विष्णुमतीको सङ्गम टेकु दोभान र नख्खु खोला (प्रभावती) सङ्गमको पनि ठूलो गुणगान छ। बागमती र नख्खु खोलाको सङ्गममा चैत्र शुक्ल अष्टमीका दिन आदिनाथलाई स्नान गराइन्छ।

वाग्द्वार, सूर्यमती र चन्द्रमती खोला मिसिने गोकर्णेश्वर नगरपालिकाको जोरपाटीस्थित हत्यामोचन घाटमा वैशाख सङ्क्रान्ति र गङ्गा दशहरा पर्वका दिन मेला लाग्छ। त्यस बेलामा गुह्येश्वरी, पशुपति, शङ्खमूल, टेकु दोभान, नख्खु दोभान र कटुवाल दहलगायत स्थानमा समेत स्नान मेला लाग्ने गर्दथ्यो। सूर्य ग्रहण र चन्द्र ग्रहणका समयमा नदी किनारमा स्नान गर्नेको भीड नै लाग्थ्यो। बागमती प्रदूषित भएपछि यो संस्कृति क्रमशः लोप हुने अवस्थामा पुगेको छ।

नेपाल महात्म्यअनुसार बागमती तीर्थयात्रा गर्ने चलन छ। यो तीर्थयात्राको क्रम कटुवाल दहबाट शुरु हुन्छ। महिना दिन लगाएर बागमती किनारका तीर्थ सेतुबन्ध, वासुकी, दुर्गा, व्याघ्र, प्रभावती र बागमती दोभानको प्रमोद तीर्थ बल्खु दोभानमा इन्द्रतीर्थ, टेकु दोभानमा पञ्चनदी तीर्थ, टुकुचा दोभानमा कालमोचन तीर्थ, रुद्रमती दोभानमा सहोदर तीर्थ, मनोहरा दोभान शङ्खमूलमा रुद्रधारा तीर्थ हुँदै वाग्द्वारमा ब्रह्मसरस्वती तीर्थको नामले तीर्थ स्नान गर्ने परम्परा पनि लामो समय नदी प्रदूषित भएकै कारण हुन सकेन।

पशुपति क्षेत्र विकास कोषको अग्रसरतामा २०७५ वैशाखदेखि बागमती तीर्थयात्राले छोटो रूपमा भए पनि पुनर्जीवन पाएको छ। नदीमा शुद्ध जल प्रवाहित हुँदा पानीमै टेकेर गरिने यात्रा अहिले नदी किनारमा हिँडेर गर्न थालिएको कोषका सदस्य सचिव डा. प्रदीप ढकाल बताउँछन्। वैशाख महिनामा गरिने तीर्थयात्रा २०७७ वैशाखमा भने कोरोना महामारीका कारण स्थगित गरियो।

रोगले ग्रस्त भएका, प्राण गलामा अड्किराखेका, जस्तोसुकै पापी मूर्ख पनि आफ्ना दुवै गोडा बागमतीको पानी चोपी ब्रह्मनालमा सुतेर प्राण छोडे योग साधनाद्वारा मात्र पुगिने शिवको गति प्राप्त हुन्छ भन्ने नेपाल महात्म्यमा बताइएको छ। वराह पुराणमा बागमतीमा स्नान गरी शुद्ध हुने मानिसले मरेपछि पशुपक्षी भई जन्मनु नपर्ने र स्नान गर्नेको कूल पनि समृद्ध हुने उल्लेख छ।

उपत्यकाको सभ्यताको स्रोत मानिने बागमती नदीमा फोहर फाल्ने प्रवृत्तिले नदी फोहर बन्दै गएको हो। वि.सं. २०३० पछि बागमतीमा फोहर फाल्ने प्रवृत्ति बढ्दा ढलमतीमा परिणत भयो। यसलाई सफा गर्ने महाअभियान ४० वर्षपछि वि.सं. २०७० जेठ ५ गते शुरु भयो। यसअघि कृष्णदास मानन्धर र हुतराम वैद्यले एक्लै भए पनि बागमती सफाइ शुरु गरी जागरण थालेका थिए।

यो महाअभियानले बागमती सफाइमा सबै जुटे सफा हुनसक्ने सन्देश दिएको छ। सफाइ महाअभियानले आजैदेखि ४०० औँ हप्ता पूरा गरेको छ तर बागमती कहिले पूर्ण रूपमा सफा हुने हो र यसको किनारका संस्कृतिले पुनर्जीवन पाउने हुन् भन्न सकिने अवस्था छैन।

त्रिभुवन विश्वविद्यालय संस्कृति विभागका पूर्वप्रमुख प्रा. डा. वीणा पौडेल पहिले बागमतीमा प्रणाम गर्ने गरे पनि हाल प्रणाम गर्ने हातले नाक थुनेर हिँड्नु परेको बताउँछन्। “मानिसमा धर्मको आस्था घटी चेतना पनि नहुँदा सभ्यताको स्रोत बागमती फोहर बनेको छ, लाखौँले फोहर गर्ने ठाउँमा हजारौँले सफा गरे पनि सफा हुँदैन, सबै मानिस आफ्नो स्थानबाट सफाइमा जुट्नुपर्छ,” उनले भनिन्।

नदी सफा बनाउने उद्देश्यले नै वि.सं. २०५२ देखि अधिकार सम्पन्न बागमती आयोजनाको काम शुरु भए पनि आशातीत सफलता प्राप्त हुन सकेको छैन। सुकुम्वासीका नाममा नदी किनारको जग्गा कब्जा गर्ने होडबाजीले सफाइ महाअभियानलाई चुनौती थपेको छ। राजनीतिक संरक्षणले यो समस्या जटिल बन्दै गएको छ।

राजधानीको सभ्यताको स्रोत तीर्थैतीर्थले युक्त बागमती

उद्गमस्थल वाग्द्वारदेखि उपत्यका बाहिरिने चोभार कटुवाल दहसम्मको बागमतीमा अनगिन्ती तीर्थस्थल भए पनि सिधै ढल मिसाई फोहर फाल्ने केन्द्र बन्दा संस्कृति मासिँदै गएको छ। बागमतीका सहायक नदी मिसिने दोभान, घाट र नदी किनारका विभिन्न तीर्थस्थलमा लाग्ने मेला, पर्व जात्राका विषयमा पछिल्लो पुस्ता बेखबर छ। 

कटुवाल दहदेखि वाग्द्वारसम्म गरिने एक महिने बागमती यात्रा त अब एकादेशको कथाजस्तै बन्न पुगेको छ। प्रत्येक दिन बागमतीको जलले स्नान गराइने पशुपतिनाथ मन्दिरमा यो परम्परा तोडिएको पनि २८ वर्ष पुगेको छ।

पशुपति क्षेत्रका सांस्कृतिक सम्पदाका विषयमा विद्यावारिधि गरेका पशुपति क्षेत्र विकास कोषका पूर्व सदस्य-सचिव डा. गोविन्द टण्डन वि.सं. २०४९ देखि पशुपतिनाथ मन्दिरमा बागमतीको जलले स्नान गराउने परम्परा अन्त्य भएको बताउँछन्। 

“बागमती फोहर बन्दै गएपछि वि.सं. २०४९ मा भष्मेश्वरको पश्चिमपट्टि इनार खनेर हाल त्यही जलले पशुपतिनाथमा स्नान गराइन्छ, नदी फोहर हुँदा यहाँको संस्कृति र संस्कारमा प्रभाव परेको छ, पशुपतिनाथमा बागमतीको शुद्ध जलले स्नान गराउने मुख्य उद्देश्यले नै अधिकार सम्पन्न बागमती आयोजनाको गठन भएको हो,” उनले भने।

बागमतीको पानी जति खानेपानीका लागि उपयोग गरिँदा नदीमा पानी नहुने र हालिएको ढल मात्र बग्नु फोहर बन्नुको मुख्य समस्या हो। उत्तर काशीका नामले समेत परिचित बागमतीमा स्नान गरेमा धर्म, अर्थ, काम र मोक्ष पाइने पशुपति महात्म्यमा वर्णन गरिएको छ।

शारीरिक र मानसिक दुवै शान्तिका लागि शिवपुरी लेकबाट प्रवाहित बागमतीको पानी उपयुक्त मानिने प्राचीन परम्परा छ। बागमतीको पानीलाई पुरानै स्वरूपमा फर्काउन शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जको धाप भन्ने स्थानमा बाँध बनिरहेको छ। आगामी वर्षदेखि बाँधमा आकाशबाट परेको पानी जम्मा गरी हिउँदमा पनि बगाउने लक्ष्य राखिएको छ। यसपछि नदीमा शुद्ध पानी प्रवाहित हुने आशा गरिएको छ। रासस

विचार / अन्तर्वार्ता जीवनशैली

सभ्यताको स्रोत बागमती नदीको उत्पत्ति र महत्त्व

प्रकाशित: आईतबार, पुस २६, २०७७ ०७:१५
सारांशमा :
  • मणिचूड पर्वत (वज्रयोगिनीको डाँडो) बाट मणिमति (मनोहरा) उत्पन्न भएको छ।
  • उपत्यकाको विभिन्न स्थानबाट इक्षुमती (टुकुचा), हनुमती (हनुमन्ते), भद्रमती (भचाखुशी) र प्रभावती (नख्खुखोला) बागमतीमा मिसिन्छन्।
  • बागमतीमा मिसिने यी सात नदीको समूहलाई सप्तमती पनि भन्ने गरिन्छ।
पूरा पढ्नुहोस्