२०७७ माघ ६, मंगलबार

पृथ्वी-एकता अभियान र मधेसको भावनात्मक एकता

पृथ्वीनारायण शाहले नेपालको एकीकरण गरेका हुन् भन्ने आम बुझाइ रहेको छ। पृथ्वीनारायण शाहले नेपालको भौगोलिक एकीकरण गरेका हुन् र भावनात्मक एकताको जग बसालेका हुन्।

वर्तमान भूगोलको स्वरूपलाई हेर्दा हिमाल, पहाड र तराई-मधेसको सुन्दरता पृथ्वीनारायण शाहको एकताको प्रतीक हो। पृथ्वीनारायण शाहले गोरखाको राजगद्दी सम्हालेपछि प्रारभ्म भएको एकीकरण अभियान सुगौली-सन्धिसम्म आइपुग्दा करिब-करिब पूरा हुन्छ। सुगौली सन्धि भएको करिब ५० वर्षपछि भारतमा रहेका अंग्रेज शासकले नेपाललाई बाँके, बर्दिया, कैलाली र कञ्चनपुरको भूभाग फर्काएका थिए जसलाई पछिसम्म नयाँ नेपाल भनेर चिनिन्थ्यो। सन् १८५७ मा भारतमा भएको विद्रोहलाई नेपालले दबाउन सहयोग गरेकोले खुसी भई अंग्रेज शासकले सन् १८६५ मा नयाँ नेपाल भनी चिनिने ती भूगागलाई फर्काएका थिए। स्मरणीय छ, गीर्वाणयुद्धविक्रम शाह राजा र भीमसेन थापा प्रधानमन्त्री भएको समयमा नेपाल-अंग्रेज युद्ध भई सन् १८१६ मा सुगौली सन्धि भएको थियो।

पृथ्वीनारायण शाहको एकता अभियान (छोटकरीमा पृथ्वी-एकता अभियान) सहज थिएन। उत्तरतिर विशाल व्यवधानहरू थिए भने दक्षिणमा भौगोलिक सहजता भए पनि विश्वमै अत्यन्तै शक्तिशाली अंग्रेज शासन थियो। पूर्व र पश्चिममा अंग्रेजहरूले शासन विस्तार गर्दै गएका थिए। यसै परिवेशमा पृथ्वीको एकता अभियान सञ्चालन भएको थियो।

संगठन बनाएर पुनर्विद्रोहको सम्भावनालाई पनि कम गर्दै लैजानु पृथ्वीको कूटनीतिक र व्यावहारिक सफलता थियो। यसैले देशमा प्रजातन्त्र आइसकेपछि पृथ्वीको योगदानलाई सम्मान गर्दै योगी नरहरिनाथले पृथ्वी-दिवस वा राष्ट्रिय एकता दिवस मनाउने चलन चलाएका हुन्।

नेपालको वर्तमान भूगोलको पनि यदि कुरा गर्ने हो भने पृथ्वी-एकता अभियानपूर्व अनेक शक्तिशाली राज्यहरू थिए जो सदैव स्वतन्त्र रहन चाहन्थे। पृथ्वी-एकता अभियानमा स्वेच्छाले सायदै कुनै राज्य विलय भएको होला, युद्ध नभएको अवस्थामा पनि डर वा करले विस्तृत नेपालमा विलय हुने राज्य पनि ज्यादै कम छ। अधिकांश ठाउँमा युद्ध नै भएको छ। युद्धमा पराजित राजाले पृथ्वीको अधिनमा रह्न स्वीकार गरेका पनि केही छन् केही पराजित भएर अन्यत्रका शक्तिको सहयोग लिन पुगेको पनि पाइएका छन्। एकता-युद्धमा अनेक कठिन प्रतिरोधहरू भएको थियो। यसकारण एकचोटि पृथ्वीको राज्यमा मिलिइसकेको भूभाग फेरि छुट्टिने सम्भावना रहेको थियो। गाभिएका राज्यको संरक्षण गर्नु र बाँकी राज्यलाई पनि एकताको सूत्रमा गाँस्दै जानु चानचुने कुरो थिएन। संगठन बनाएर पुनर्विद्रोहको सम्भावनालाई पनि कम गर्दै लैजानु पृथ्वीको कूटनीतिक र व्यावहारिक सफलता थियो। यसैले देशमा प्रजातन्त्र आइसकेपछि पृथ्वीको योगदानलाई सम्मान गर्दै योगी नरहरिनाथले पृथ्वी-दिवस वा राष्ट्रिय एकता दिवस मनाउने चलन चलाएका हुन्।

पृथ्वी-एकता अभियानपूर्व नेपालको वर्तमान भूगोलभित्र कति राज्य थिए? यसको उत्तर सहज यसकारण पनि छैन कि त्यतिबेला कुनै एक राज्यले अर्को राज्यमाथि आक्रमण गर्ने चलन थियो। जसले राज्यको संख्या कम हुन्थ्यो। यसैगरी कुनै राज्यमा दाजुभाइमा राज्यकै अंशबन्डा पनि हुन्थ्यो वा कुनै राज्यमा विद्रोह हुन्थ्यो जसले गर्दा राज्य टुक्रिन गई नयाँ राज्य जन्मन्थ्यो।

पृथ्वीनारायण शाहले एकीकरण गर्नुअघि तराई-मधेसको भूभाग विभिन्न राज्यअन्तर्गत थियो। पूर्वदेखि पश्चिमसम्मको तराई-मधेसको भूभागलाई विचार गर्ने हो भने यो पनि अनेक साना राज्यको अधिन रहेको देखिन्छ। पृथ्वीलाई पश्चिममाभन्दा पूर्वमा बढी सफलता प्राप्त भएको थियो। अहिले मधेस भनेर बढी प्रचारित मुख्य रूपले प्रदेश दुईको अधिकांश भूभाग मकवानपुर राज्यअन्तर्गत रहेको देखिन्छ। मकवानपुर राज्यमा पृथ्वीनारायण शाहको ससुराली भए पनि यस राज्यको एकीकरण उनैले गरेका थिए। पृथ्वीले थालेको एकता अभियान प्रतापसिंह शाह, रणबहादुर शाह तथा गीर्वाणयुद्धविक्रम शाहको समयसम्म कायम रहेको देखिन्छ। अहिलेको चितवनलाई प्रतापसिंह शाहले एकीकरण गरेका हुन्। पश्चिमको तराईको भूभागमध्ये केही पाल्पाअन्तर्गत पनि रहेको देखिन्छ।

एकीकरण अभियानमा पूर्णविराम लागेको भने सुगौली सन्धिबाट नै हो। सुगौली सन्धि नेपालको इच्छाअनुसार भएको थिएन। यस सन्धिपछि नेपालले केही भूभाग प्राप्त गरेको यथार्थ हो। सबैभन्दा पछिल्लो समयमा प्राप्त भूभाग नयाँ नेपाल हो भन्ने प्रसंग माथि आइसकेको छ।

नेपाल-अंग्रेज युद्धका अनेक कारणहरू थिए। अंग्रेजहरूले नेपालमाथि पनि आधिपत्य जमाउनु मुख्य ध्येय रहेको देखिए पनि बुटवल-स्युराजको विवाद र रौतहटको २२ मौजाको जग्गाको विवाद रहेको देखिन आउँछ। मूल सुगौली सन्धिपछि दुई चरणमा बुटबल क्षेत्र तथा रौतहटका मौजाहरू अधिकांश नेपालकै अधिनमा आउनुले पनि यही कुरालाई पुष्टि गर्दछ कि जमिनभन्दा अंग्रेजहरूको अपेक्षा फरक थियो। नेपालको इतिहासमा एउटा गज्जबको संयोग के देखिन्छ भने जुन दिन गीर्वाणयुद्धविक्रम शाहका छोरा राजेन्द्रविक्रम शाहलाई राजगद्दीमा राखिएको थियो, सोही दिन अंग्रेज सरकारले नेपाललाई सुगौली सन्धिबाट गुमेको नेपालको बुटबल तथा यसदेखि पूर्वका चितवन, बारा, पर्सा, रौतहटसहितका सातवटा जिल्लाहरू प्राप्त भएका छन्।

नेपाल-अंग्रेज युद्ध चलिरहेको समयमा मधेसले पनि नेपाललाई भरपूर सहयोग गरेको थियो। रौतहटको समनपुरमा स्थानीयबासीले नै आधुनिक हतियार तथा तोपले सुसज्जित अंग्रेजी सेनालाई रातारात लखेटका थिए। अंग्रेजतर्फ ठूलो क्षति भएको थियो र तोप तथा अन्य हतियार पनि स्थानीयले हात पारेका थिए। पर्साको पर्सागढीमा पनि थारू समुदायले अंग्रेजविरुद्ध लडाइँ गरी धपाएका थिए। बाराको जितपुरमा पनि स्थानीयबासीले नेपाली सेनालाई ठूलो सहयोग गरेका थिए। बागमतीको किनारैकिनार काठमाडौं पुग्ने र हेटौँडा भएर भीमफेदी हुँदै काठमाडौं पुग्ने अंग्रेजहरूको सपनालाई तुहाउन मधेसले ठूलो बलिदानी दिएको छ।
 
उसो त तत्कालीन नेपालविरुद्ध भूमिका खेलेर अंग्रेज पक्षलाई सहयोग गर्नेहरू पहाडका पनि केही शासक तथा सामन्तहरू थिए। सुदूर पश्चिम नेपालको विघटित हुन्डर राज्यका राजा रामशरण सेन, विघटित पाल्पा राज्यका प्रभावशाली व्यक्ति प्रतिनिधि तिवारी तथा बारा जिल्लाका जमिनदार किसनसिंह तेलीले अंग्रेज पक्षलाई खुलेर सहयोग गरेका थिए। दार्जिलिङ-सिक्किमका राजा छोग्यालले नेपाल-अंग्रेज युद्धको सममा ब्रिटिसलाई नै सघाएका थिए।

सांस्कृतिक विविधताको देश नेपालको मधेस पनि आफैंमा मनोवैज्ञानिक तथा भावनात्मक विविधता भएको क्षेत्र हो। पिछडिएको हिन्दू समुदाय, मुस्लिम तथा थारू समुदायमा आफैंमा विविधताको विशाल भाव देखिन्छ। यद्यपि, सबै किसिमको विविधताबीच पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका तराई-मधेसका मूल बासिन्दाबीच भावनात्मक एकताको सूत्र पृथ्वीनारायण शाहको एकता अभियान नै हो।

तत्कालीन चलन यही थियो कि राजा हार्‍यो भने राज्यचाहिँ जित्नेको हुन्थ्यो र राज्यका प्रजाहरूको सम्मान स्वतः नयाँ राजाप्रति हुन्थ्यो। यद्यपि, जुन राज्यमा कुनै राजाले राज्य गरेका हुन्थे, तिनीप्रति बफादार तथा आफन्तहरू पनि रहन्थे। यद्यपि, आमप्रजाजनमा जो राजा हुन्थे, उसैप्रति राजभक्ति स्वाभाविक हुन्थ्यो। अझ पृथ्वीनारायण शाहको एकतामा भावनाको पनि पक्ष थियो, भूगोलको पक्षमात्र थिएन। उनले काठमाडौंलाई जितेको दिन त्यहाँको संस्कृतिको उच्च सम्मान दिएका थिए। देशलाई चार जात ३६ वर्णको फूलबारी बताएका थिए। 

उनले गोरखाको विस्तृतीकरण गरेका थिए भन्ने आरोपको खण्डन कुन तथ्यबाट हुन्छ भने तत्कालीन नेपाल उपत्यका जितेपछि उनले विजित सम्पूर्ण भूगोलको नाम नै नेपाल राखेका थिए। यसबाट सबै प्रजा तथा शासक नेपाली हुन पुगेका थिए र छन् पनि। नेपालभित्रको नेपालीको राष्ट्रियता नेपाली र नेपालबाहिर नेपालीको वीरतापूर्ण गौरवबोधको सम्बोधन गोर्खाली पृथ्वीनारायण शाहकै भावनात्मक एकीकरणका देन हुन्। पृथ्वीनारायण शाहको शासनकालको मुख्य समय देशको एकीकरण गर्न तथा एकताको सूत्रमा गाँसिएका भूभागको सुरक्षा, सम्वर्द्धन तथा प्रजाबीच भावनात्मक एकताको विस्तारमा केन्द्रित रहेको देखिन्छ।
 
सांस्कृतिक विविधताको देश नेपालको मधेस पनि आफैंमा मनोवैज्ञानिक तथा भावनात्मक विविधता भएको क्षेत्र हो। पिछडिएको हिन्दू समुदाय, मुस्लिम तथा थारू समुदायमा आफैंमा विविधताको विशाल भाव देखिन्छ। यद्यपि, सबै किसिमको विविधताबीच पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका तराई-मधेसका मूल बासिन्दाबीच भावनात्मक एकताको सूत्र पृथ्वीनारायण शाहको एकता अभियान नै हो। मधेसको बासिन्दा वा आफूलाई मधेसी भन्ने भावनाको एकतासूत्रका सूत्राधार पनि पृथ्वीनारायण शाह नै रहेकाले उनीप्रति फरक किसिमको श्रद्धा रहेको पाइन्छ।
 
सम्पूर्ण नेपालीबीच भावनात्मक एकताको अभियानको अभिभारा सम्पूर्ण नेपालीमाथि रहेको छ। नेपालीबीचको बलियो भावनात्मक एकताले यस देशको पुनर्एकीकरण गर्दै एकै परिवारको सदस्यको रूपमा बनाउँदै लगेको छ। संघीय शासन व्यवस्थामा गइसकेको देशको वर्तमान परिवेशले सबै नेपालीको भावनात्मक एकता नै राष्ट्रिय एकता दिवसको लक्ष्य हुनुपर्छ।

विचार / अन्तर्वार्ता

पृथ्वी-एकता अभियान र मधेसको भावनात्मक एकता

प्रकाशित: सोमबार, पुस २७, २०७७ ०७:२४
  • देशमा प्रजातन्त्र आइसकेपछि पृथ्वीको योगदानलाई सम्मान गर्दै योगी नरहरिनाथले पृथ्वी-दिवस वा राष्ट्रिय एकता दिवस मनाउने चलन चलाएका हुन्।
  • पृथ्वी-एकता अभियानपूर्व नेपालको वर्तमान भूगोलभित्र कति राज्य थिए? यसको उत्तर सहज यसकारण पनि छैन कि त्यतिबेला कुनै एक राज्यले अर्को राज्यमाथि आक्रमण गर्ने चलन थियो। जसले राज्यको संख्या कम हुन्थ्यो।
  • सबै किसिमको विविधताबीच पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका तराई-मधेसका मूल बासिन्दाबीच भावनात्मक एकताको सूत्र पृथ्वीनारायण शाहको एकता अभियान नै हो। 
  • मधेसको बासिन्दा वा आफूलाई मधेसी भन्ने भावनाको एकतासूत्रका सूत्राधार पनि पृथ्वीनारायण शाह नै रहेकाले उनीप्रति फरक किसिमको श्रद्धा रहेको पाइन्छ।

सिफारिस