२०७७ माघ ६, मंगलबार

२०२१ मा अर्थव्यवस्थामा को जित्ला, को हार्ला?

कोरोना भाइरसले संसारको अर्थव्यवस्था धराशायी बनाइदियो। दोस्रो विश्वयुद्धपछि संसारको अर्थव्यवस्थामा सबैभन्दा तेज गतिमा गिरावट सन् २०२० मै आयो।

करोडौं मानिसको कि त रोजगारी गुम्यो कि त कमाइ कम हुन गयो। सरकारहरु अर्थव्यवस्थामा भइरहेको नोक्सानी रोक्न अर्बौं डलर छुट्याइरहेका छन्। तर, २०२१ मा त्यो नोक्सानी पूर्ति हुन सक्ने अवस्था छैन। सुरुआती अनुमानमुताबिक चीनको अर्थव्यवस्था पुनः बलियो ढंगमा अघि बढ्न थालेको छ।

संसारका धनी देशलाई पनि २०२२ सम्म नोक्सानी पूर्ति गर्न कठिन छ। असमानता पनि उत्तिकै बढिरहेको छ। ६५१ जना अमेरिकी अर्बपतिको नेटवर्थ ३० प्रतिशत बढेर चार लाख करोड डलर पुगेको छ।

कोरोना भाइरसको नयाँ स्ट्रेन तथा भ्याक्सिनको दौडबीच तत्कालै कुनै जित हात लाग्ने निश्चितता छैन। धनी मुलुकले हाल उपलब्ध भ्याक्सिन बढी मात्रामा हात पारेका छन्, तर तिनका निम्ति पनि २०२१को अन्त्यसम्म हर्ड इम्युनिटीका लागि पर्याप्त मानिससम्म भ्याक्सिन पुर्‍याउनु सायद असम्भव हुनेछ।

अर्कोतर्फ, विकासशील देशहरुमा २५ करोड मानिसले अति गरिबीको सामना गर्नुपर्ने हुन सक्छ। सम्भवतः संसारका आधा कामदारले आफ्नो आजीविका चलाउने कामबाट हात धुनुपर्ने छ। महामारी रोक्न गर्नुपर्ने क्रियाकलापले सारा संसारको अर्थव्यवस्थामाथि गहिरो असर पर्न गएको छ।

कोरोना भाइरसको नयाँ स्ट्रेन तथा भ्याक्सिनको दौडबीच तत्कालै कुनै जित हात लाग्ने निश्चितता छैन। धनी मुलुकले हाल उपलब्ध भ्याक्सिन बढी मात्रामा हात पारेका छन्, तर तिनका निम्ति पनि २०२१को अन्त्यसम्म हर्ड इम्युनिटीका लागि पर्याप्त मानिससम्म भ्याक्सिन पुर्‍याउनु सायद असम्भव हुनेछ। विकासशील देशहरुमा भ्याक्सिन वितरण कमजोर छ, यस्तो अवस्थामा त्यस्ता ठाउँमा भाइरस तीव्र गतिमा फैलन सक्छ।

कोरोना जित्ने देश

महामारी नियन्त्रणमा चीन र दक्षिण कोरिया अगंपंक्तिमा छन्। यी यस्ता देश हुन्, जसले कोरोनालाई सुरुआती चरणमै नियन्त्रण गर्न सके। चीनको अर्थव्यवस्था २०२१ मा ८ प्रतिशत बढ्न सक्ने अनुमान छ।

चीनको ग्रोथ रेट महामारीअघिको अवस्थामा सबैभन्दा सफल पश्चिमी देशहरुको तुलनामा दोब्बर बढी हुन सक्ने देखिएको छ। विशेष गरी निर्यात व्यापारमा अडेको चिनियाँ अर्थव्यवस्थालाई पश्चिमी देशहरुले गरेको लकडाउनको फाइदा मिलेको छ। मनोरञ्जन, यात्राजस्ता सेवामा पश्चिमी देशबाट हुने मागमा भने गिरावट आएको छ।

तर, घरेलु सामान तथा मेडिकल सप्लाईमा माग वृद्धि भएको छ। अर्कोतिर, ट्रम्प प्रशासनले अधिक भन्सार शुल्क लगाउँदा पनि चीनबाट हुने निर्यातले पुरानो रेकर्ड तोडेको छ। पूरा एसियामा चीन आफ्नो आर्थिक प्रभाव बढाइरहेको छ।

प्यासिफिकमा एक नयाँ ट्रेड जोन तथा युरोपदेखि अफ्रिकासम्म आफ्नो ट्रेड रुट्सको छेउछाउ बृहत् इन्फ्रास्ट्रक्चर प्रोजेक्ट्सका माध्यमबाट चीनले आफ्नो दबदबा कायम राखेको छ। उसले कतिपय वस्तुमा पश्चिमी देशको सप्लाईचेनप्रतिको निर्भरता घटाउँदै नयाँ प्रविधिमा लगानी गरिरहेको छ।

आगामी पाँच वर्षमा चीन संसारकै ठूलो अर्थव्यवस्था बन्दैछ, यो मामिलामा अमेरिका पछि पर्नेछ। पहिला गरिएको अनुमानभन्दा दुईगुना तीव्र रफ्तारमा चीन ठूलो अर्थव्यवस्था बन्ने दौडमा छ।

कुनकुन देश पछि पर्दैछन्?

अमेरिका, बेलायत तथा कन्टिनेन्टल युरोपियन धनी मुलुकका लागि आगामी समय उतिविधि राम्रो देखिँदैन। २०२० को गर्मीयाममा सामान्य सुधारपछि यी देशहरुको अर्थव्यवस्थाको चक्का पुनः रोकिएको छ। कोरोनाको दोस्रो लहर र लकडाउन मुख्य कारण बन्न पुगेको छ।

अमेरिकामा रोजगारी र ग्रोथमा महामारीको ठूलो असर  परेको छ। नतिजामा कारोबार र उपभोक्ताको विश्वास निकै तल ओर्लिएको छ। आगामी वर्ष यसमा केही सुधार आए पनि २०२२ मा यी देशहरुका अर्थव्यवस्थामा सामान्य स्थितिको तुलनामा ५ प्रतिशत संकुचन आउन सक्ने अनुमान छ।

पश्चिमी देशहरुमा चलेको मन्दीका कारण विकासशील देशबाट आयात गरिने कच्चापदार्थको माग छैन। यिनले धनी देशबाट ऋण पाउन सक्ने अवस्था पनि छैन न त लकडाउन बढाउन नै सक्छन्! ब्राजिल, भारत तथा दक्षिण अफ्रिकाजस्ता तीव्र आर्थिक वृद्धि गरिरहेका देशलाई पनि यो अवस्थाबाट बाहिर निस्कन कठिन छ।

उता, विकासशील देशहरुले २०२१ मा सबैभन्दा बढी नोक्सान व्यहोर्नुपर्ने आशंका गरिएको छ। यी देशहरुसँग भ्याक्सिन किन्न सक्ने पर्याप्त पैसा छैन, यिनका सार्वजनिक स्वास्थ्यअवस्था कमजोर भएका कारण संक्रमितले उपचार पाउन कठिन छ। यी मुलुकका सरकारहरुले आवश्यक ‘सब्सिडी’ दिन सक्ने अवस्था पनि छैन।

किन यी देशहरुमा यस्तो अवस्था आयो त? विगतको समयमा यी मुलुकहरुमा मध्यमवर्गको संख्या ह्वात्तै बढ्यो। करोडौं कामकाजी मानिसहरु आफ्नो गाउँ र सहरमा रहेका सुकुम्बासीहरु घर फर्कन बाध्य भएका छन्। किनकि, यिनका लागि कामको अभाव हुन गएको छ। यसले ठूलो संख्यामा गरिबी र भोकमरी उत्पन्न हुने अवस्था सिर्जना गरेको छ।

नयाँ विभाजन

महामारीको आर्थिक असर समाजको बनोटका आधारमा फरकफरक देखापरेको छ। जो मानिस पूर्णसमय काम गथ्र्यो र राम्रो तलबसुविधा पाउँथ्यो, उसले राम्रै रकम बचत गरेको छ किनकि उसको खर्चमा कमी आएको छ।

अमेरिकीका ठूला धनी मानिस जो सेयरमा लगानी गर्थे, तिनलाई केही समय गाह्रो परे पनि अहिले त्यो बजार पुनः गुल्जार हुन थालिसकेको छ। विशेषगरी अमेजन, नेटफ्लिक्स तथा जुमको बजार आगामी समय पनि जारी रहने छ।

जसको रोजगारी गुम्यो वा कारोबार ठप्प भयो, तिनका लागि आगामी समय कठिन हुन सक्छ। यस्तो अप्ठेरोमा युवा, महिला, तथा अल्पसंख्यक बढी परेका छन्।

अब के गर्ने त? आपसी सहयोग नै महामारीको समयमा सबैभन्दा काम लाग्ने तरिका हो। तर, महामारीका बीच अन्तर्राष्ट्रिय सहयोग कमजोर भयो।

सम्पत्तिको पुनः वितरण तथा अधिक करका माध्यमबाट हुने आम्दानीले पश्चिमी देशका सरकारको हात बलियो हुन सक्छ। यसबाट पीडितलाई मद्दत गर्न सकिन्छ। तर, मौजुदा मन्दीको समयमा यो काम राजनीतिक हिसाबले मुश्किल देखिन्छ।

यो महामारीको परिणाम सामाजिक उथलपुथलमा हेर्न सकिन्छ। सायद यसपटक हामी कोभिड-१९ का कारण पैदा भएको असमानताको निराकरण हासिल गर्न सक्नेछौं। यसो गर्न सकियो भने, अधिक सुन्दर संसार बनाउन मद्दत मिल्नेछ।

(स्टिभ सिफरेज, युनिभर्सिटी अफ लन्डनमा सिटी पोलिटिकल इकोनोमी रिसर्च सेन्टरका अनररी रिसर्च फेलो हुन्। बीबीसीबाट)

विचार / अन्तर्वार्ता अन्तर्राष्ट्रिय

२०२१ मा अर्थव्यवस्थामा को जित्ला, को हार्ला?

प्रकाशित: सोमबार, पुस २७, २०७७ ११:५४
  • दोस्रो विश्वयुद्धपछि संसारको अर्थव्यवस्थामा सबैभन्दा तेज गतिमा गिरावट सन् २०२० मै आयो। करोडौं मानिसको कि त रोजगारी गुम्यो कि त कमाइ कम हुन गयो।
  • संसारका धनी देशलाई पनि २०२२ सम्म नोक्सानी पूर्ति गर्न कठिन छ। असमानता पनि उत्तिकै बढिरहेको छ।
  • चीनको ग्रोथ रेट महामारीअघिको अवस्थामा सबैभन्दा सफल पश्चिमी देशहरुको तुलनामा दोब्बर बढी हुन सक्ने देखिएको छ। विशेष गरी निर्यात व्यापारमा अडेको चिनियाँ अर्थव्यवस्थालाई पश्चिमी देशहरुले गरेको लकडाउनको फाइदा मिलेको छ।

सिफारिस