२०७७ माघ ६, मंगलबार

अनुष्का शर्माले छोरीलाई जन्म दिइन्, विराटले गरे यस्तो अपिल

काठमाडौँ। बलिउड अभिनेत्री अनुष्का शर्माले छोरीलाई जन्म दिएकी छिन्। क्रिकेटर विराट कोहलीसँग २०१७ डिसेम्बरमा विवाह गरेकी अनुष्काले पहिलो सन्तानको रूपमा छोरीलाई जन्म दिएकी हुन्। मुम्बईस्थित ब्रीच क्याण्डी अस्पतालमा उनले छोरी जन्माएकी हुन्। 

विराटले सामाजिक संजालबाट आफूहरूलाई पुत्री लाभ भएको र अनुष्का र छोरीको स्वास्थ्य अवस्था राम्रो रहेको जनाएका छन्। विराटले छोरी पाएको एकदमै खुशी रहेको भन्दै केही समय गोपनियतामा ध्यान दिन सबैमा आग्रहसमेत गरेका छन्। 

विशेष गरी मिडियाहरूलाई उनले यस्तो सन्देश दिएका हुन्। 

अनुष्काले गत अगष्टमा आफू आमा बन्न लागेको बताएकी थिइन्। अनुष्का र विराट दुवै जनाको तस्बिर सेयर गर्दै २०२१ को जनवरीमा आफ्नो घरमा नयाँ सदस्यको आगमन हुने र आफूहरू पनि तीनजना हुने बताएका थिए। 

अनुष्काले अन्तिमपटक अभिनेत्रीको रूपमा शाहरूख खान तथा कटरीना कैफसँग चलचित्र जीरोमा देखिएकी थिइन्। त्यसपछि उनले पाताललोक नामको वेब सिरिज निकालिन्, जुन निकै लोकप्रिय भयो तर नेपालमा भने विवादित बन्यो। उनी निर्माता रहेको चलचित्र बुलबुल पनि डिजिटल प्लेटफर्ममा प्रदर्शनमा आएको थियो।

मनोरञ्‍जन

अनुष्का शर्माले छोरीलाई जन्म दिइन्, विराटले गरे यस्तो अपिल

प्रकाशित: सोमबार, पुस २७, २०७७ १७:३८
  • २०१७ डिसेम्बरमा विवाह गरेका थिए। 
  • मुम्बईस्थित ब्रीच क्याण्डी अस्पतालमा छोरी जन्माएकी हुन्। 

सिफारिस